तीन घर तीन परिवार लगायत सम्पूर्ण मुलुक स्तव्ध

Published Date: October 29, 2014

१८ दिनसम्म उनीहरुको विश्वासको धागो कहिल्यै टुटेन, विश्वको सर्वाधिक शक्तिशाली मलुकहरु मध्येको एउटा मुलुकको रुपमा रहेको इजरायल र राज्यप्रतिको जनताहरुको विश्वास यसकै कारण उनीहरु जीउदै घर फर्किनेछन् भन्नेमा सम्पूर्ण विकल्पहरुमाथि विश्वस्त र आशावादी रहे परिवारजन ।  तर, सोमवार राती ती परिवारले अत्यन्त कहालीलाग्दो खवर सुन्नु पर्यो । हिव्रोन नजिकैबाट उनका सन्तानहरु ३ निर्दोष किशोरहरु गिल्लाद सार, नफ्ताली फ्रैंकल र इएल इफ्र्याकको मृत शरिर फेला पर्यो ।
तीनवटै परिवारले सम्पूर्ण संसारलाई आफ्नो मुटुको टुक्रा आफ्नो वालकहरु घर फर्काइदिनकोलागि अपिल गरे, उनीहरुको वेदनामा सम्पूर्ण इजरायली मात्र होइन इजरायलका शुभचिन्तक राष्ट्रहरु र त्यहाँका जनताहरुले समेत प्रार्थना गरे उनीहरुको सलामती र घर फर्काइकोलागि । सम्पूर्ण इजरायलीहरुले एकमनले प्रार्थना गरिरहे र उनीहरु त्यतिमै मात्र चुप बसेनन्, उनीहरुको खोजिकोलागि सम्पूर्ण संयन्त्रहरु क्रियाशिल पनि  राखे । इजरायली सुरक्षा वल, इजरायली प्रतिरक्षा सेना, इजरायल प्रहरी सम्पूर्ण रुपमा केन्द्रित थियो निर्दोष ३ विद्यार्थीहरुको खोजिमा । परिवारको पनि देश, र देशको सुरक्षा संयन्त्रप्रति उत्तिकै भरोसा पनि थियो । त्यसैले त उनीहरु आफ्ना सन्तानहरु सकुसल फर्किनेमा विश्वस्त थिए तर, तर  हुने हार दैन नटार भने जस्तै भयो ती परिवारहरुलाई । आफ्नो सन्तान जिवित रहेनन् भन्ने सुन्नुपर्दा अवश्य पनि ती परिवारहरु स्तव्ध छन्, उनीहरु मात्र होइन हामीलाई पनि यो समय अत्यन्तै कठिन बनेको छ ।
खवर सुन्ने बित्तिकै तीन वटै परिवारका आफन्त तथा साथीहरु एकै ठाउँमा जम्मा भए । सम्पूर्ण आफन्तजन र साथीभाईको आँखामा आशु थियो । त्यही वेदना झल्किनथ्यो जुन वेदना आफ्नो सन्तान गुमाएका परिवारजनमा थियो । यस्तो अवस्थामा अव हामीले गर्न सक्ने के नै हुन सक्छ र शोक स्तव्ध परिवारजनलाई इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्ने मात्र हो ।
तिन किशोरहरुको अपहरण पश्चातको हत्याले उनका साथीहरु, आफन्तजन, उनीहरुले पढ्दै गरेको स्कुलका विद्यार्थी तथा शिक्षकहरु लगायत सम्पूर्ण इजरायलीहरुलाई मात्र होइन इजरायलमा रहेका सम्पूर्ण विदेशीहरुलाई समेत मर्माहत वनाएको छ । शोक स्तव्ध परिवारजनप्रति हामी पनि हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं ।
तस्विर स्रोत Ynet.net



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...