इजरायल-हमास युद्दबारे केही नेपालीहरुमा भएको गलत वुझाई

Published Date: October 29, 2014

युद्ध भन्ने बित्तिकै डर लाग्दो शब्द, तर पनि हामी नेपाली यो शब्द बाट अपरिचित छैनौ । १० बर्षे लामो गृहयुद्ध बाट तर्सिएका हामी नेपालीलाई मध्यपूर्वको इजरायल र प्यालेस्टेनी इस्लामिक अतिवादी समुहविचको अहिलेको युद्द चानचुने लाग्ने कुरै रहेन् । त्यतिमात्र होइन अहिले इजरायल र हमासविचको युद्दप्रति विश्व समुदायको ध्यान केन्द्रित छ  भने  रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेपालीहरुविच सामाजिक सञ्जाल फेसबूक मार्फत विभिन्न किसिमका तर्क वितर्कहरु चलिरहेका  छन् ।
फेसबूकमा छरिएका स्टाटसहरु र  केही संचारमाध्ययममा इजरायलले गाजापट्टीमा अप्रेसन प्रोटेक्टिभ एज शुरु गरेको सम्वन्धामा  केही गलत वुझाई वा गलत विश्लेषण भएको हुनसक्ने हामीले वुझेका छौं । इजरायलले १२ जुनमा अपहरण पछि हत्या भएका ३ किशोरहरुको हत्याको वदला लिन हमासमाथि आक्रमण गरेको या  ३ जना किशोरहरुको हत्याको वदलामा इजरायलले प्यालेस्टाइनमा रक्तपात मच्चायो भन्ने जस्ता  समाचार छापेको देखियो ।
१२ जुनमा पूर्वी जेरुशलेमको हिब्रोन क्षेत्रबाट ३ विद्यार्थीहरुको  स्कुलबाट घर फर्कने क्रममा अपहरण भएपछि त्यसको १८ दिनपछि उनीहरु मृत अवस्थामा फेला परे । इजरायल प्रहरीले यो १८ दिनको अवधि भर उनीहरुको खोजिकोलागि धेरै कोसिस गर्यो भने हत्या भएपश्चात पनि अपराधीको खोजी कार्यलाई अझ वढावा दियो ।  अपहरणमा प्यालेस्टेनी इस्लामिक अतिवादी समुह हमासको हात रहेको इजरायलले दावी गर्दै आइरहेको छ भने  हमासले हालसम्म हत्याको जिम्मा लिइसकेको छैन ।
यता इजरायलले ३ किशोरहरुको अपहरण र हत्या भए पश्चात संदिग्ध अपराधीहरुको खोजिको क्रममा आकाश पाताल एक वनायो । यस क्रममा इजरायली सुरक्षा वलले पूर्वि जेरुशलेमको हिब्रोन र रमल्लाहा जुन प्यालेस्टनी भुभाग पर्दछ त्यहाँबाट हमास समर्थित संस्था ब्रोदरहुड लगायतका ठाउँहरुमा छापा मारी ५० भन्दा वढि हमासका नेता तथा समर्थकहरु पक्राउ गर्यो । पक्राउ पर्नेहरुमा करिव २ बर्ष अघि लामो समयदेखि हमासको कव्जामा रहेका इजरायली सैनिक जवान गिल्लाद सरितको रिहाईको वदलामा रिहा गरिएका हमासका गेही नेताहरु फेरी पनि समातिय  । अन्य समयमा पनि  बेला बेलामा इजरायलमाथि रकेटहरु फालेर इजरायललाई हैरान वनाइरहने हमासले आफ्ना नेता तथा समर्थकहरु समातिय पश्चात आक्रोसित हुदै इजरायलमाथि रकेटको बर्षात गर्न थाल्यो । दुई दिनसम्म इजरायलले मात्र रक्षात्मक अवस्थामा बसेर  धैर्य गरेकै हो । तर, हमासले रकेट आक्रमणको गतिलाई वढाउदै लगेपछि इजरायलले करिव १२ दिन अघि ८ जुलाई मंगलवारदेखि हमास विरुद्द अप्रेसन प्रोटेक्टिभ एज शुरु गरेको हो ।
nepalisrael.net ले हमास-इजरायलविचको युद्दको विषयमा समाचारहरु संप्रेसण गरिरहेको छ । हामीले सम्प्रेसण गर्ने समाचारका स्रोत भनेका विभिन्न इजरायली संचार माध्ययमहरु लगायत अन्तराष्ट्रिय समाचार एजेन्सी हुन् जो हामीले प्रत्येक समाचारमा खुलाईनै रहेका हु्न्छौं, यसले गलत समाचार संप्रेसण हुनबाट हामीलाई बचाइरहेको छ । तर, विश्वका अन्य मुलुकहरुमा रहेका केही नेपालीहरुबाट विश्लेषणात्मक रुपमा सम्प्रेशण हुने आलेखहरु, इजरायलमा रहेका कतिपय नेपालीहरुले  बिभिन्न अन्तराष्ट्रिय समाचार माध्यमहरु अथवा इजरायली टेलिभिजन च्यानलहरुबाट सुनेका समाचारलाई गलत अर्थ लगाएर अथवा अर्थ नबुझी  नेपालमा रहेका न्यूज मिडियाहरुलाई रिपोर्टङ गर्दा गलत सन्देश सम्प्रेषण भएको हुनसक्ने हाम्रो वुझाई छ । यसमा हामी यति भन्छौं यस किसिमका समाचारहरु आफ्नो व्यक्तीगत स्वार्थका खातिर वा हाँसो मजाकमा सार्वजनिक रुपमा प्रचारप्रसार गर्दा त्यसले अवश्य पनि राम्रो नतिजा दिंदैन । त्यसैले कसैले पनि कुनै किसीमको भ्रामक कुराहरु आफ्नो ब्लग या फेसबुकमा सेयर नगर्नु होला । यसले गलत प्रचार मात्र नभएर तपाँईको आफ्नै ब्यक्तीगत जीवनमा पनि नराम्रो असर पर्न सक्छ । युद्ध जस्तो सम्बेदनसिल बिषयमा लेखिएका कुराहरु चाहे त्यो तपाईको आफ्नो प्रोफाईलमा किन नहोस् सम्बन्धित निकायले निगरानी राखिरहेको हुन्छ । गलत कुरा लेखिएको पुष्टि भएमा जिन्दगी भर जेल सजाय पनि भोग्नु पर्ने हुन्छ । हामि जानि राखौ कि हाम्रो जस्तो फितलो निती भएको राष्ट्रमा हामी छैनौ र हामीले आफ्नो राष्ट्रको बारेमा लेखेका छैनौ भनेर ।
युद्दको सम्वन्धमा अहिलेसम्मको अवस्था हेर्दा नेपालीहरुमा असुरक्षित वातावरण भने देखिदैन् । इजरायल सरकारले यहाँका नागरिकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभुती गराएको छ भने इजरायलमा कार्यरत नेपाली लगायत विदेशी कामदारहरुमा पनि कुनै किसिमको डर त्रास देखिदैन् ।  इजरायलकालागि नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाईले केहीदिन भित्रै युद्द अन्त्य हुने विश्वास लिएको बताउदै हालसम्म कुनै पनि नेपाली कामदारहरुमा अप्रिय अवस्था नआएको र सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको नेपाल इजरायल डट नेटलाई  जानकारी दिनुभएको छ  ।  उहाँले इजरायल सरकारवाट जारी हुने सुचनाहरु र होम फ्रन्ट कमान्डलाई पछ्याउदै अनुसासित भई सावधानी अपनाउन भने अनुरोध गर्नुभएको छ ।  महामहिम प्रसाईले सम्पूर्ण नेपालीहरुलाई संयमित हुन आग्रह गर्दै  सामाजिक सञ्जाल फेसवुक लगायकका सार्वजनिक ठाउँहरुमा समाचारहरु पोस्ट गर्दा अनावश्यक रुपमा नेपालमा रहेका घरपरिवार आतंकित हुने गरी नगर्न समेत अनुरोध गर्नुभएको छ ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...