Loading...

इजरायलवासी नेपालीको आँखामा हमास-इजरायल युद्द

Published Date: October 29, 2014

इजरायल र हमासविचको द्वन्द अहिलेको सर्वाधिक चर्चाको विषय बनेको छ अन्तराष्ट्रिय समुदायमा । युद्द चर्चा नेपालीहरुमा पनि परेको छ । त्यस्तै युद्दका कारण तनावग्रस्त इजरायलमा कार्यरत नेपालीविच यसै विषयलाई लिएर फेसबूकका वालहरुमा चर्का चर्का वहस हुने गरेको देखिएको छ । कतियपय वुझेर वहस गरिरहेका छन् भने कतिपय हल्लै हल्लामा पनि वहस गर्ने गरेका छन् । वुझेर गर्नेहरुले गर्ने गरेका वहसहरुको आ-आफ्नै तर्क वितर्क होलान तर नवुझेर यस्ता किसिमका स्टाटस, तस्विर अनि भिडियोहरु अपलोड गर्नेहरुलाई इंगित गर्दै नेपालस्थित इजरायली राजदूतावासले आफ्नो आधिकारिक वेवसाइट र  फेसबूक मार्फत वुझेर मात्र आफ्नो स्टाटस अनि फोटो, भिडियोहरु अपडेट गर्न सुझाएको छ ।
त्यस्तै पछिल्लो समयमा इजरायलवासी नेपालीहरुमा इजरायलद्वारा हमासमाथि गरेको कारवाहिको विरोधमा लेखक, स्तम्भकार, साहित्यकार, कलाकार लगायत वुद्दिजिवीहरुद्वारा नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यलयमा धर्ना दिइएको प्रसंग अनि संसदभित्र  नेपाल सरकारले पनि प्यालेस्टाइनको पक्षमा आवाज उठाउनु पर्ने भनेर गरिएको वहस उत्तिकै चर्चामा रहेको विषय हो  भने नेपालका स्थापित लेखक, स्तम्भकारहरुद्वारा छापा माध्यमहरुमा छापिएका आलेखहरु पनि  इजरायलमा कार्यरत नेपालीहरुविच निकै चर्चाका विषय वन्ने गरेका छन् । फेसवुकमा देखिएको यस किसिमको समर्थन र विरोधहरु देख्दा लाग्छ नेपालीहरुलाई यी दुई शक्तिले केही दिनको समयसिमा दिएका छन् कुनै एकको समर्थनकोलागि र केही दिनमा उनीहरुलाई निर्णय  सुनाउनुपर्ने छ, अनि कसलाई समर्थन गर्ने र विरोध गर्ने भन्नेमा आपसमा मतभेद खडा भएको छ ।
समस्टिगत रुपमा भन्नुपर्दा हमास-इजरायल युद्दको जड अहिले आएर हामीले खोज्नु मुर्खता हुन जान्छ किन भने यी दुवै मुलुकको स्थापनादेखि नै सुरुभएको ऐतिहासिक विवादको विषयमा छोटकरीमा प्रस्तूत गर्न असंभवप्राय नै छ । तरपनि नेपाली छापाहरुमा छापिएका विश्लेषणात्मक आलेखहरु इतिहाससँग जोडिएर लेखिएका छन् यसले गर्दा इजरायल-प्यालेस्टाइनविचको विवाद हामी इजरायलवासी नेपालीहरुको पहुँचभन्दा वाहिरको कुरा भएकाले पनि  हामीलाई त्यसरी प्यालेस्टाइन परस्त भएको लागेको पनि  हुन सक्छ । त्यसरी गरिएका विश्लेषणहरुमा लेखिएका कतिपय प्रतिक्रियाहरु हेर्दा तर्क विशेष नभई अनुशासनको घेरालाई तोडेर व्यक्तिगत रुपमा गाली गलौजमा उत्रिएको पनि दिखियो ।  गतिविधिहरु हेर्दै  स्थापित लेखक स्तम्भकारहरुद्वारा लेखिएका यस विषयका आलेखहरु इजरायल-प्यालेस्टाइनविचको इतिहासमा टेकेर गरिएको वैचारिक विश्लेषण मात्र भएकाले अर्काको विचारको सम्मान गर्दै सम्मानपूर्वक दिन सक्ने तर्क राखेर प्रतिक्रिया दिदा उपयुक्त हुने हामीलाई लागेको छ  ।
खासगरेर पछिल्लो दशकमा इजरायलमै रहेर इजरायल-प्यालेस्टाइन सम्वन्धलाई  नियाल्ने मौका पाएका हामी इजरायलवासी नेपालीहरुले इजरायलको दोष नदेख्नु गलत नहोला । तर इजरायलवासी नेपालीहरुले वुझ्नुपर्ने कुरा के छ भने अन्तराष्ट्रिय स्तरबाट हमास-इजरायल युद्दलाई नियाल्ने आँखा तपाई हाम्रो आँखा भन्दा फरक छ । किनभने उनीहरु यी दुवै पक्षविचको युद्दको पृष्ठभुमीवाट वर्तमानमा प्यालेस्टाइनी पक्षमा भइरहेको जनधनको क्षतिको आधारमा बोलिरहेका छन् । ठिक त्यसै गरी नेपालमा पनि इजरायली आक्रमणको विरुद्दमा प्रदर्शन अनि विभिन्न संचारमाध्यमहरुबाट इजरायलद्वारा गाजापट्टीमा ज्यादतीपूर्ण आक्रमण गरेको व्यहोराका समाचारहरु प्रसारण भइरहेका हुन् ।
हामी इजरायलमै छौं हामीले इजरायलका संचार माध्यमहरु अनि इजरायली जनताका आवाज सुनेका छौं त्यसैले हामीले इजरायल ठिक गरिरहेको छ भन्ने देखिरहेका छौं त्यसैले नेपालमा उठेका इजरायल विरोधी आवाजहरु अपाच्य बनेका हुन् । हामीले यस विषयमा बोल्नु भन्दा अघि थाहा पाउनु जरुरी के छ भने इजरायललाई प्रमुख रुपमा सहयोग गर्दै आइरहेको अमेरिका, युरोप, वेलायत लगायतका विकशित मुलुकहरुमा मात्र होइन इजरायलको प्रमुख व्यपारीक केन्द्रको रुपमा रहेको तेलअभिवमै पनि गाजापट्टीको आक्रमण रोक्न माग गर्दै हजारौको संख्यामा रहेका प3दर्शनकारीहरुले  प्रदर्शन गरे, संयुक्त राष्ट्रसँघले पनि पटक पटक युद्दअपराध भन्दै युद्द रोक्न माग गर्यो केही लागेन भने नेपालमा प्रदर्शन वा यसको विरोध गर्नुको कुनै तुक छैन  । नेपाल जस्तो अविकशित र निरिह राष्ट्रका प्राणी हामी मात्र प्यालेस्टाइनमा इजरायल र हमासको दोहोरो युद्दको मारमा परेका ति अवोध शिशु, वृद्दवृद्दा, सर्वसाधारणहरुको मानव संवेदनालाई नियालेर युद्द अन्त्यको कामना मात्र गर्न सक्छौं । साँच्चै ती अवोधलाई गोली वारुदको खेल किन भइरहेको छ भन्ने नै थाहा छैन् । हामीलाई यसले ठिक गर्यो वा उसले ठिक गर्यो, अथवा हान्नु पर्छ, मार्नु पर्छ, सिध्याउनु पर्छ जस्ता शव्दहरु प्रयोग गरेको सुहाउदैन । हामी अहिंसा परो धर्मको गुञ्जनसँगै आँखा खोलेका निरिह राष्ट्रका शान्ति प्रेमी नेपालीहरु अन्तराष्ट्रियस्तरमा कसैको समर्थन वा विरोध गर्ने अवस्थामा छैनौं ।  हामी मात्र युद्द रोकियोस् अनि जुनसुकै देशका नागरिक भए पनि सर्वसाधारण नागरिकको बाँच्न पाउने अधिकार नखोसियोस् भन्ने कामना गर्न सक्छौ मात्र कामना !

 



Recent Post
Recommendation
आजको भिडियो
Loading...