आफ्नै विचार – विष्णुप्रसाद भट्टराई, इजरायल

विष्णुप्रसाद भट्टराई, इजरायल

Published Date: October 30, 2014

– विष्णुप्रसाद भट्टराई, इजरायल

bsnuकुनै पनि राजनैतिक दल, धर्म, संघ संगठनहरू कसैको पनि सिद्धान्त गलत हुदैन । गलत त त्यस संगठनको नेतृत्त्व पंक्तिको गलत सोचाइको । त्यो धर्मको धार्मिक अगुवाई गर्ने व्यक्तिहरूको गलत विचारको । सैद्धान्तिक पक्षको गलत व्याख्याको ।

हाम्रो देश आज गृहयुद्धको चपेटामा छ । यसको दोषी राजनैतिक नेता त प्रमुख हुन नै, यसका साथै प्रत्यक्ष थता अप्रत्यक्ष रूपमा हामी पनि दोषी छौं । किनकी हामीले गलत विचारको समर्थन ग–यौं । आफ्नै पार्टीका नेताहरूको खुलेर विरोध गर्न सकेनौं । हामी लालची अथवा लोभी बन्यौं । केहि पाउने आशामा र सोर्सफोर्स लाग्ने आशामा । यिनै  हाम्रा साना कमजोरीको फाइदा उठाउँदै गलत व्यक्तिहरू नेतृत्त्व पंक्तिमा पुगे  र पालैपालो  सत्ताको वागडोर आफ्नो हातमा लिन सफल भए । साँच्चै अहिलेको परिवेशलाई हेर्ने हो भने कुन पार्टीका प्रमुख नेताले प्रधानमन्त्रीको पद र कुर्सी सम्हालेका छैनन् रू चाहे त्यो छोटो समय किन नहोस् । कुन ठुटे नेता मन्त्री भएको छैन ? सिर्फ कुर्सी वा पदका भागवण्डा मिलेर गरे जस्तो छ छ महिना, एक एक वर्षमा सरकार अदली बदली । अनुहारहरू अदलीबदली । पालै पालो देशको सम्पत्तिको लापरवाही र हिनामिना । विकासको सिर्फ नारा मात्र, विकास भन्ने कुरा सिर्फ भाषण अनि कुर्सि हत्त्याउने पुयास मात्र । अरू केहि भएको छैन । आज पञ्चायत ढलेको पनि २० वर्ष पुगिसक्यो, देशले के हासिल ग–यो त? जनताले के पाए त? हाम्रो नेताहरूको खोपडीमा यो विचार किन घुस्दैन ? देश विकास र जनताको सेवा गर्ने पद वा कुर्सी मात्र होइन । असल विचार र स्वच्छ मन पनि त हुनु आवस्यक छ । निस्वार्थी भावना हुनु जरूरी छ ।

आज देशको ठूलो संख्यामा बौद्धिक युवा जमात विदेशमा मजदुरी गरिरहेका छन् । देश भित्र रोजगारीको कुनै अवसर छैन । जो जस्ले रोजगारी प्राप्त गरेको छ, उनीहरूको लागि पनि त्यो पर्याप्त छैन जिवकोपार्जनका लागि । चाहिने आधारभुत वस्तुहरू जुटाउन त्यो तलव प्रयाप्त छैन । त्यसैले सानो तथा ठ्ला पदमा बस्नेहरू आफ्नो पदको दुरूपयोग गरिरहेका छन् । यसको समस्याका बारेमा सोचिनु आवश्यक छ । विदेश जान चाहने युवा युवतिहरूको लागि विश्वका धनि तथा सम्पन्न राष्ट्रहरूमा रोजगारीको अवसर चालिनुपर्छ र यसको प्रयासवाट सरकारबाट हुनुपर्छ । सरल र सुलभ तरिकाबाट बैदेशिक रोजगारमा जान चहानेलाइ जान सक्ने वातावरणको तयारी गरिदिनु सारकारको दायित्त्व हुनुपर्छ । विदेशमा काम गर्ने आफ्ना नागरिकहरूको श्रप शोषण, यौन शोषण, दुरव्यवहार, शान्ति सुरक्षा सम्बन्धमा सरकारले चनाखो भइ कार्य गरिनुपर्छ । जस्ले गर्दा हामीले कमाएको धनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देशको विकासमा ठूलो टेवा पुगेको हुन्छ ।

आज हामीलाई आत्मग्लानी भएर आउँछ कि विश्वका थुप्रै देशका मानिसहरूले नेपाल जान चाहेको तर नेपालमा अशान्ति भएको र शान्ति सुरक्षाको फितलोपना महशुष गरिएको गुनासो गर्दा । हाम्रो देश विश्वको जलश्रोत दोश्रो धनि राष्ट्र हुँदाहुदै पनि खेतीपाती गर्ने समयमा बालीनाली लगाउन नसकी आकाशतिर फर्किएर हेर्दा हेर्दै निरास भएर बस्नु पर्ने वाध्यता छ । हामी सँग प्रशस्त विजुली उत्पादन गरि भारत वा चीनमा खपत गर्न सक्ने क्षमता छ । तर दुःखको कुरा हामी आफै अध्यारोमा छौ । विश्वको सर्वोच्व सिखर सगरमाथा लगायत आधा दर्जन भन्दा बढी उच्च सिखरहरू नेपालमा नै छन् । सुन्दर वन जंगल, नदीनाला, झरना, हिमालहरूले सजिएको पर्यटकलाई लोभ्याउने देश नेपाल आज ओझेलमा परेको छ । शान्तिका अग्रदुत बुद्धको जन्मस्थल नेपाल आज हत्या र हिंसाको दलदलमा छ । गृहयुद्घको चपेटामा छ । किन ? यस्को दोषी को ? राजनैतिक नेता वा तपाइ हामीनेपाली जनता ? सोच्ने बेला आएको छ । केहि गरेर देखाउने वेला आएको छ । त्यसैले सम्पूर्ण युवा युवती तथा देशप्रेमीहरू अब देशको निम्ति जाग्नु परेको छ । देशले हामी सँग नै केहि मागिरहेको छ



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...