अतितको सम्झनामा – विष्णु प्रसाद भट्टराई, अर्घाखाँची, हाल इजरायल

Published Date: October 30, 2014

 

bsnu

यो घटना २०४६ र २०४७ साल तिरको हो । जब कि म १३, १४ बर्षको मात्र थिएँ । मलार्इ रेप (बलत्कार) केशको अभियोग लगार्इएको थियो । जो मेरो केशमा फसेकी युबति थिर्इन उनि १२, १३ बर्षकी मात्र थिर्इन । त्यतिबेला म पढार्इमा फस्ट सेकेण्ड त आउदैन थिएँ तर त्यति कमजोर पनि थिर्इन । उनि मेरो असल मित्र, असल साथी मात्र थिर्इन । के केटा केटी बिच असल मित्रता हुन्छ  भने यौन प्यासको लागि मात्र हुन्छ त ? जब हामी माथि अभियोग लगार्इएको थियो  कि त्यतिबेला हामी लार्इ सेक्सको बारेमा कुनै ज्ञान नै थिएन र त्यसको बारेमा अनभिज्ञ नै थियौं । मलार्इ ति युवतीलार्इ ५० (फिप्टी)  रूपैंया दिएर उनको अस्तित्त्व र अस्मिता लुट्यो भन्ने अभियोग लगार्इएको थियो ।

मेरो घर अर्घाखाची, सन्धिखर्कको नजिकै छ र म सन्धिखर्कको भगवति मा. बि. मा कक्षा आठमा पढ्थें । मेरो घट्नाले हावाको गति लियो र सन्धिखर्क लगाएत आसपासका सबै गा. बि. स. स्कूलहरूमा फैलियो । अर्घाखाची ब्यापक नै भयो । बोली फुटेको बच्चाहरूले समेत फिप्टी, फिप्टी भनेर भन्न थाले । दुर्इ, चार जना जम्मा भएको ठाउमा सिर्फ हाम्रो मात्र चर्चा परिचर्चा हुन्थ्यो । हामी संग आफु लार्इ निर्दोष साबित गर्नको लागि आँसु सिवाए त्यति बेला केही पनि थिएन । मेरो मात्र हैन उनको पनि शायद मेरो भन्दा बढी आँसु अवश्य बगेहोलान् । अझ उनि त महिला हुन, नारी ह्रदय स्वभावैले यसै पनि कोमल हुन्छ । उनको ह्रदयमा कति ठूलो पिंडा र चोट परयोहोला, उनको मुटु कति छिया छिया भयोहोला एक पटक कल्पना मात्र गर्नुहोस् त ?

हाम्रो आँसु हाम्रो रोदनले न कसैलार्इ केही फरक पारयो न भन्न नै छाडे । हामी आफूलार्इ कसैले नदेखोस् भनेर स्कूल जाँदा आउदा पनि एक्लै लुकेर एक डेढ घण्टा पहिले अथवा एक डेढ घण्टा पछि हिड्न बाध्य भयौं, विवश भयौं । कसैले देखि हाले भने फिप्टी, फिप्टी भनेर चिच्याउथे । बच्चा देखि बृद्द सम्मले हाम्रो घाउमा बारम्बार नुनचुक लगाउथे । जसले गर्दा हाम्रो पढार्इमा समेत धेरै ठूलो असर पर्न गयो । जब किताब लिएर पढ्न बस्यो त्यही कुराले मात्र मन पोली रहन्थ्यो । यो हुदैं नभएको अभियोग कसरी लग्यो भनेर पिंडा हुन्थ्यो  ।

हाम्रो भावना माथी हाम्रो बालमस्तिष्क माथी बारम्बार क्रुरताका साथ मानशिक बलत्कार हुन्थ्यो । हामीलार्इ त्यती बेला साथ दिने र सायद यिनीहरू निर्दोषछन् भनेर प्रष्ट्याउने कोहि पनि थिएनन् । सिर्फ साथ दिनको लागि थियो त हाम्रो आशु अविरल बगिरहन्थ्यो बगिनै रहन्थ्यो । मान्छे प्रकृतिको सर्व श्रेष्ठ प्राणी भएर पनि किन सोच्दैनन् । अरूको भावनामा ठेस पुरयाएर आनन्द लिनु नै के मानबिय गुण हो त ?

उनको र मेरो घर पनि नजिकै थियो र हाम्रो बारम्बार जम्काभेट पनि भर्इ नै रहन्थ्यो, तर पनि हामी केही पनि बोल्दैनथ्यौं । डर, त्रास र भयले हामी लार्इ छोप्थ्यो । हामी लार्इ यो कसरी यस्तो हुदै नभएको अभियोग लाग्यो भन्ने कुरा गर्न सम्म पनि सक्दैनथ्यौं । यहाँ तक की हाम्रो मुख बाट एक अर्काको लागि एक शब्द सम्म पनि निस्कदैनथ्यो, सिवाय आशु मन भक्कानिएर आउथ्यो । त्यही आशु भित्र छुपेको थियो हाम्रो निर्दोषताको प्रतिविम्ब तर कसैले पनि बुझेनन् र बुझ्ने कोशिस सम्म पनि गरेनन् । हामी एउटै स्कूल एकै कक्षामा पढथ्यौं र हाम्रो भावना माथि हाम्रा साथीहरू बाट मात्र हैन हाम्रा शिक्षकहरू बाट पनि हामी माथि मानशिक तनाव र बलत्कार हुन्थ्यो । खास त्यो ठाउमा उभिएर कसैले सत्य तथ्य कुरा बुझ्ने प्रयास सम्म गरेको भए हाम्रो सुनौलो भविष्यको शैक्षिक निर्माणमा केहि हद सम्म प्रगति र उन्नती हुने थियो की ??? हाम्रो भावना माथि वारम्वार मानशिक बलत्कार हुदा हम्रो ह्रदय पल पल तोड्दा पनि हामी सिर्फ अविरल आशुको वर्षा बर्षाउथ्यौं । प्रति सोध गर्न सक्ने क्षमता हामीमा थिएन । पल पल हाम्रो आत्मा लार्इ निर्ममताका साथ हत्या गरिन्थ्यो र लगातार गरि नै रहन्थ्यो ।

स्कूल देखि कलेज सम्म, मेला देखि भेला सम्म, पनेरा देखि गार्इगोठालाहरू सम्म सबैको ओठहरूमा हाम्रै चर्चा परिचर्चा हुन्थ्यो । हाम्रै कुरा काटिन्थ्यो र हामी लार्इ नै घृणाको पात्र बनार्इन्थ्यो । हामी लार्इ देख्यो की घोर पारेर फिप्टी, फिप्टी भनि चिच्याउथे । बच्चा त बच्चै हुन तर बुद्दिजीवि भनाउदाहरू, शिक्षितहरू, पाका बुज्रुकहरू जो उनिहरूले पनि हाम्रो घाउमा नुन चुक लगाउदा आनन्द आउथ्यो होला । उनिहरू लार्इ पनि त हाम्रो पिंडा र आशु हेर्ने मौका खेर फाल्ने मन त थिएन होला नी ???

मेरा सारा आशुहरू त्यतिबेला नै पोखिएर सकिएछन् क्यारे त्यसैले होला अहिले जति दुःख र कष्ट पर्दा पनि रून चाहदा पनि मेरा आखाहरूमा आशुहरू आउदैनन् । त्यसैले मलार्इ चिन्ने सबैले भन्छन् बिष्णु भट्टरार्इ तँ त साह्रै  रूखो छस् यार भनेर । त्यसको ३, ४ बर्ष पछि एस.एल.सी. सकेर कलेज भर्ना भएँ कति उमंग, कति खुसी थियो मन कलेज जान पार्इने उत्साहले तर मेरो खुसी मेरो उमंग पहिलो दिन मा नै धरासार्इ भयो चकनाचुर भयो । म कलेजमा छिर्दा छिर्दै नै सबै जनाले मलार्इ त्यही नजरले त्यही घृणाको दृष्टिले हेर्न थाले । मलार्इ स्थानीय कलेजका सबै जनाले चिन्दथे । अनि म एक बर्ष कलेज नै गर्इन, कहिले कता त कहिले कताको आय आर्जनको काम काजमा लागें र त्यो एक बर्षमा म आफूलार्इ यति कठोर र निर्दयी बनाएँ की म हर चुनौतीको डटेर सामना गर्न सक्ने आत्म बल र आत्म बिश्वास आफू भित्र जगाएँ । बिष्णु भट्टरार्इ भने पछि यस्ले त जे पनि गर्छ दया माया भन्ने शब्द नै छैन भन्ने भएछु म त । एक बर्ष पछि म पुनः कलेज गएँ लुत्ते बिष्णु भट्टरार्इ भएर होर्इन कलेजकै (वाध्यताले) दादा बनेर । त्यतिबेला म यस्तो भर्इ सकेको थिएँ की मेरो तर्फ नराम्रो दृष्टिले हेर्ने आखा फुटाउन सक्ने क्षमता र मलार्इ उठार्इने औंलाहरू लार्इ काट्न सक्ने आत्मबल म भित्र राम्ररी पलार्इ सकेको थियो ।

अनि मैले त्यस केशको शुरूवात कहाँ बाट किन र कसरी भयो, यो झुट्टा अभियोगको सुरूवात गराउनेहरू लार्इ उचित दण्ड दिनै पर्छ, दिनै पर्छ भनेर गहिरो अनुसन्धान गर्न तर्फ लागें । जव केशको गहिरार्इमा पुग्दा त आफ्नै पैताला मुनिको जमिन भासिए जस्तो पो लाग्यो । जसले यस्तो चक्रब्युहू रचे ति मेरा आफन्त पर्ने एक दमै नजिकका नातेदारहरू नै रहेछन् । उनिहरूले नै निकालेको मनगणन्ते झुट्टा कहानीले हाम्रो जीवनमा कति ठूलो असर परयो । त्यसको कल्पना गर्दा पनि अहिले मलार्इ आत्म ग्लानी हुन्छ । यो कुराले अहिले पनि कुनै प्रसंगमा फिप्टी फिप्टी भन्ने शब्द अयो भने मेरो मन कता कता सिरिंङ हुन्छ र भित्र आत्ममा कता कता मुटु पोलेर आउँछ । अतितको तितो क्षणहरू एक साथ आखा वरिपरी पाउँछु । मेरो अतितको सम्झनाले हाल मलार्इ अर्कै बनार्इ दियो । वास्तविक कुरा चाहि अनुशन्धान बाट यो प्रष्ट हुन आयो कीः आजकालको सानो उमेर देखी नै सँग सँगै मिलेर सबै काम गर्ने र हरेक कुराको प्रगति उन्नति गरेको देख्न नसक्ने, भलार्इ र माथिल्लो स्तरमा पुगेको देख्न नचाहनेहरूले कुनै न कुनै निहु वा बहाना बनाएर सधैं तलको तलै पारी आफू भन्दा माथी उभो लाग्ला की भन्ने डरले मनगणन्ते झुट्टा कहानी रचिएको रहेछ र ठट्टा गरेर एक शब्द भन्दा भन्दै हल्लै हल्लाको भरमा फैलिएको सानो कुरा मात्र पो रहेछ । तसर्थ अर्काको जीवनमा आघात पर्ने खालका ठट्टा गर्ने कुराहरू तत्काल बन्द गरी सकिन्छ भने आर्काको सेवा सहयोग गर्नु नै ठूलो धर्म हो र केहि पनि सहयोग गर्न सकिदैन भने बरू चुप चाप लागेर बस्नु नै बेस हो । यसरी ठट्टा गर्ने कुराहरूले बाल्यकालको जीवनमा आफू निर्दोष हुदा हुदै पनि कति ठूलो दुःख कष्ट र मर्म भोग्न बाध्य हुनुपरयो भन्ने यो कुरालार्इ मनन् गरी कहि कतै यस्ता वाहीयात् काम कुराहरू कतै बाट कसै लार्इ पनि नहोस भन्ने बाणी सहितको सन्देश दिन चाहान्छु ।  -धन्यवाद् ।।।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...