हे मानव सत्य खोज – बसन्त मोहन अधिकारी, चितवन (हाल यूएई)

Published Date: October 30, 2014

– बसन्त मोहन अधिकारी, चितवन (हाल यूएई)

bant । सबैमा उस्तै र एकै यो प्राण रुपि स्वास रहेको छ । यस जगतका सृष्टिकर्ता परमप्रभुले कसैमाथी अन्याय गर्नु भएको छैन । हेर त न्यायगत समानतामा सबैलाई उहि र उस्तै अदृष्य प्राण रुपि स्वास सानो देखी ठुलो सम्म बराबर अशमा प्रदान गर्नु भएको छ । आजका हामी तमाम मानव पनि यहि समानता र अधिकारका कुरा गर्छौ यसैको अप्राप्तीमा क्रान्ति, युद्ध, हत्या हिंसा सम्म गर्छौं । चाहे पुरुष हौ या नारी हुन् सबैमा भगवानले उस्तै र उतिकै उहि प्राण रुपि स्वास समान रुपमा प्रदान गर्नु भएको छ । साथै तमाम गरिव र धनी मानवहरुमा पनि परमप्रभु स्वास उतिकै मात्रामा विराजमा हुनु हुन्छ । यसैले धनि, गरिव, नारी, पुरुष, किरा, जनवार, पन्छि सबैलाई जिवन्त रुप दिने परम प्रभुलाई नकसैले देख्छ । नकसैले बाड्न सक्छ । तर सबै चराचर जगतले जिवन रहे सम्म समान रुपमा चाहेर र नचाहेर पनि ग्रहण गरिरहेकै हुन्छ । उहि यो समान अंशको स्वास रहे सम्म रहने हामी अरुकै अधिनका क्षणिक जीवन धारी मानव कदापी ठुलो सानो र उच्च निच हुनै सक्दैनौ । जव हामी स्वयमले आफ्नो अधिनमा यो जीवन उत्पती गर्न, चलाउन र अन्य गर्न सकौला तव मात्र उच्च र महान अनि सानो र ठुलो भन्न मिल्छ । यो हाम्रो जीवन अरु कसैले स्वयम हामीलाई नसोधीकन लिएर आएको छ र केहि दिन परिक्षामा राखेर नसोधीकन लिएर जान्छ भने यो दर्ुइ दिन अरुले प्रदान गरेको जीवनमा हामी मानव के को घमण्ड गरिरहेका छौ – न यो हाम्रो हो न अमर रहन्छ । न हामीले कमाएको धन भोली साथमा लान सकिन्छ । हामीसंगै जाने त हामीले गरेका धर्म र पापहरु हुन् । जुन कार्यका साक्षि स्वयम हाम्रो आफैसंग भएको पबित्र आत्मा हो ।

यसलाई चिन्नु नचिन्नु आ आफ्नो खोजीमा निर्भर पर्छ । यसै प्राण स्वरुप मानव जिवनमा भगवानले उमेरको क्रमिकतासंगै चैतन्य स्वरुप चेतना पनि प्रदान गर्दै रहनु हुन्छ । जुन अरु चराचर उत्पतिमा प्रदान गरिएको छैन । यसैले यस चराचर जगतको उतम प्राणि मानव हुन पुगेको हो । जुन कुरा प्राण रुपी मानवसंग आत्मा स्वरुप भएर बसेको छ । जुन आत्माले हाम्रो शरिर सुतेँ पनि, जागाँ बसे पनि हर राम्रा नराम्रा र घटित कार्य टिपीरहेको हुन्छ । हामी निदाएको बेलामा हाम्रै आँखाले नदेखे पनि र अरुको आँखा छले पनि हामी स्वयम भित्रको आफ्नो आत्मा कहिल्यै ढाँट्न र छल्न सक्दैनौ । जस्तो कि हामी निदाएको बेलामा पनि राम्रोसंग सुते नसुतेको र सपनामा देखेको कुरा समेत भोली पल्ट हामीलाई जागाँ अवश्थामा त्यहि मानव आत्माले बताई दिन्छ । ल हेर त हामी मानव सुते पनि एक अदृष्य शक्ति जिवीत जिव हामीसंग रहेछ । यसैले त उसले हामी सुते पनि सबै देखेको र जानेको छ । भोली पल्ट हरेक बिहान रात भरि सुतेको, नसुतेको र सपनाको कुराहरु बताई रहेछ । यस्तै हामी आफु चोखो देखीन अरुले नदेखेका कयौ कुराहरु होइन भनि भन्छौ तर आफ्नै आत्माले स्वयम हामीलाई भन्छ तैले फलानालाई ढाटिस् । हो यहि फलानालाई ढाटिस् भन्ने र गलत गरिस् भन्ने नै स्वयम मानव भित्रको जिव नै भगवान स्वरुप पबित्र आत्मा हो । तर आजका मानव आफ्नो शरिरको मनमा उब्जिएको लोभ, मोह, घमण्ड, इष्र्या, डाहा, र वासनामा तिप्त भै स्वयमको त्यो राम्रो नराम्रो छुट्याउने पबित्र आत्मासंग नसोधीकन क्षणिक सुख भोग्ने लालसामा अनेकौ अपबित्र कार्यहरु गर्छन । तर हरेक मानव यस्ता कार्य गरिसके पछि पछुताएर भन्छन् धत् मैले गर्न नहुने कार्य गरे । बेक्कार गरेछु भन्छन् । जति बेला धेरै ढिलो भैसकेको हुन्छ । आफ्नो क्षणिक स्वार्थ पुर्तीसंगै अरुलाई रुवाई रहेको हुन्छ । मानव सधै यहि नेर चुक्छ । यहि मानव मन र आत्मामा फरक छ । यो मानव मनले राम्रो नराम्रो जे पनि चिताउँछ र क्षणिक सुख भोग भन्छ तर आत्माले सत्य असत्य बताएर प्रेम र विश्वासमा मानव जीवन र जगतकै भलो हुने कार्य गर भन्छ । हरेक मानवलाई उसको आत्माले राम्रो नराम्रो सबै बताई दिन्छ तर र्सवप्रथम उँ आत्मालाई नसोधी उतमता हुने र क्षणिक सुख भोग्ने कार्य गर्छ र पछि पछुताउँछ । स्वयम आफु भित्रको आत्मालाई मानवले सोध्दैनन् मात्र यो मनबाट उब्जीएको साथै इन्द्रियहरु र जनेन्द्रीयहरुको माग अनुसार क्षणिक सुख भोग्न आतुर हुन्छ । जब भोग्छ तब अनि मैले पाप गरे, गल्ती गरे अब अरुले देखे र थाहा पाए भने बर्बाद हुन्छ भन्दै आफ्नो खोक्रो उतमता राख्न त्यहि पाप छोप्न अरु पाप कार्य गर्छ । भनिन्छ नि एक पाप छोप्न सय पाप गर्नु पर्छ र सय पाप छोप्न हज्जार पाप गर्नु पर्छ । आजको यस रोदन र दुखद पुर्ण जीवनको कारक तत्व यहि आचरणका मानवको बाहुल्यता हो । यो भ्रष्टचार, बलत्कार, हत्या हिंसा र युद्ध आजका यहि आचरण भएका मानवले निर्माण गरेका हुन् । शुरुमा मानव स्वयम खराब हुदैन । यहाँका वातावरणको शिक्षा र सगतले प्रभाव पारेको हुन्छ । आजका मानव यहि क्षणिक सुख भोग्न र उच्च देखिन यस वातावरणको शिक्षामा दौडीरहेकाछन् । जसको प्राप्ति पश्चताप हो । परिणाम एक दिन यो सुख शान्ति रुपि घरको अन्त्य हुनेछ । जस्तो कि आज कयौ घर र जीवन बर्बाद र बिखण्डन भैरहेकाछन् । डाक्टर स्वयम भन्दैछन् नब्बे प्रतिशत मानवमा धेरै थोरै डिर्पेशन छ । यो सबै गलत सोचाई र आचरणबाट प्राप्त हुने मानसिक रोग हो । आज यस मानवले स्वयमलाई नराम्रो संगतमा फसाएर स्वयमको असल सुखमय पबित्र आत्मा रुवाएको छ । यहि बिकशीत स्वरुपले संसार बिनासको पल लीएर आउँने छ । आज यहाँ भएका तमामा बिर्कीती यहि मानवले भित्राएको हो । स्वयम हामी मानव आफ्नो प्रेम र विश्वासको पबित्र आत्मा छाडेर रिस, इष्र्या डाह लोभ मोह घमण्ड ,वासनामा लिप्त भैरहेका छौ जसको प्रतिफल यो दुःख, पिडा र आत्मा असन्तुष्टि हो । यसैले तमाम मानव कतै दृष्यमा त कतै अदृष्यमा रोईरहेकाछन् । यो पवित्र आत्मा यो शरिरको अन्त्य भए पनि सधै यस संसारमा रहि रहन्छ तर त्यो कुरा मानवले आफ्नो अन्तिमपलमा मात्र थाह पाउँछ । त्यसैले अबका शिक्षितवर्गले यो शभ्य सभ्यतामा यस पबित्र आत्मालाई अगाल्न र चिन्न सकेकमा सुनमा सुगन्ध हुने थियो । यहि अज्ञानताको कारण आज तमामा मानव भौतारिएकाछन् । आजका मानव यहि भौतिक शरिरको मात्र शिक्षित छन् तर पबित्र आत्माको सत्यता नचिन्दा स्वयम छटपटीमा बाँच्दै अरुलाई रुवाई रहेकाछन् ।

हेर यो शरिर र मन अनि सुन चाँदी धन अरुको हुन सक्छ तर प्रेम र विश्वासको पबित्र आत्मा कहिल्यै कसैको हुन सक्दैन । जुन निराकार छ । अटल छ र अमर छ । यसैले त भनिन्छ नि चोखो प्रेम र विश्वास अमर हुन्छ भनेर । आज जति पनि दुःख पिडाहरु उत्पति भएकाछन् त्यसको कारक तत्व त यहि अप्रेम र अविश्वास नै हो । ब्यtmिको घमण्ड, इष्र्या, डाह, लोभ र मोह हो । हिजो जड्गलमा बस्ने यो मानव आज शहरमा बसेको छ । हिजो गिठा भ्याकुर खाने मानव आज डिनर डिस्को गरिरहेको छ । हिजो नागैं हिड्ने यहि मानव आज फेशन फेशनका कपडा लगाएको छ । हिजो खाली खुट्टा जगलमा हिड्ने यहि मानव आज पजेरो र जहाजमा घुमेको छ तर पनि खै त उँ खुसि भएको – संसारमा आत्मिय प्रेम र विश्वास भन्दा सुख र ठुलो अरु केहि छैन । यो मानव शरिर र धन सम्पती त आज आयो भोली जानेछ । यहि माटोमा वा धर्तीमा रहने छ । अटल र अमर त यो पबित्र मानव आत्मा हो जो हामी मानव मरे पनि उ कहिल्यै मर्दैन । यसैले त हामी मानव मरे पछि फलानोको लास भनिन्छ । फलानो भनिदैन । ल भन्नुस त फलानो को रहेछ त – हो त्यो पबित्र प्राण स्वरुपसंग रहने आत्मा नै तिमी मानव हो । जुन हाम्रो शरीर ढले पछि पनि यहि हावामा विराजमान हुन्छ । यो मानव आत्माले सधै सत्य बाटो देखाउँछ । यसैले त जसले मानव आत्मा रुवाउँछ उसले दुःख पाउँछ ।

यो हिन्दु, मुस्लिम, क्रिश्चियन र बौद्धीष्ट धर्म होइनन् । मानव कल्याण गर्छु भन्ने जमातहरु हुन् । धर्म त एकै यो  मानव कल्याण हो । यसैले त मानवका असत्य र पाप बोली, बचन र कार्य कहिल्यै टिक्दैनन् । साथै यो निर्जीव स्वरुप मन्दिर, मस्दिज, चर्च र गुम्वामा भगवान छैनन् । कृष्ण, राम, ऐशु, महोमद वा बुद्धहरु भगवान होइनन् । उनिहरु भित्र भएको एकै स्वरुप यो पबित्र आत्मा नै भगवान हो । जसलाई उनिहरुले चिन्न र जान्न सकेँ । भगवान एकै हुन्छ र भगवान त तिमी हामी मानवको पवित्र आत्मामा बास गरेको छ । यदि मठ मन्दिरमा भगवान हुन्थे भने यो मानवले यत्रो बिधी पुजा गरेर पैसा चढाएको छ खै त भगवानले दर्शन दिएका – खै त असल र सत्य कुरा सिकाएका – झन झन मानवलाई पिडा बढेको छ । धन सम्पति भएर पनि मानव कुनै न कुनै दुःखमा परेर रोई रहेको छ । यसैले आफु र यस जगतलाई भलो गर्न अनि सुख शान्ति दिन चाहन्छौ भने स्वयम आफु भित्रको रहेको भगवान खोज । जुन भगवान स्वरुपले मानवको प्राणमा रहेर आत्मा बन्दै हर मानवलाई सत्य असत्य, राम्रो नराम्रो बताई रहेको छ । हरपल हरक्षण स्वयम मानवले गरेको राम्रा नराम्रा कार्यको साक्षि बसिरहेको छ । सोध आफैसंग आत्माले कहिल्यै झुट बोल्दैन । यहि सत्यवादी हामी निदाएको बेलामा पनि जिवीत रहने जिव यो पबित्र मानव आत्मा नै इश्वर हो । जुन आत्माबाट सधै प्रेम र विश्वासको सृजना हुन्छ । यो संसारको दुःखबाट छुट्नु छ भने स्वयम आफु भित्रको सत्य खोज तर दुःख भनेको दैनिक खान र बाँच्नको लागि गरिने कार्य साथै मानव भएर निभाउँनु पर्ने कतर्ब्य चाहि होइन । दुःख भनेको धन सम्पति भएर पनि मानव आत्मा असन्तुष्टि र आजको रुवाई हो । यो रुवाई र पिडा अन्त्य गर्न स्वयम भित्रको सत्य खोज । सत्य खोज । सत्य खोज ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...