सन्दर्भः कपिलवस्तु दिवस – लक्ष्मण पुरी

Published Date: October 30, 2014

kapilba– लक्ष्मण पुरी

नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चल अन्तर्गत रहेको कपिलवस्तु जिल्ला भगवान गौतम बुद्धको जन्मस्थलको रुपमा रहेको तथ्य विदितै छ । इशापूर्व ५६३ मा राजा शुद्धोधन र माता मायादेवीको कोखबाट तत्कालिन शाक्य गणराज्य (आजको कपिलवस्तु)मा सिद्दार्थ गौतमको जन्म भएको थियो । जसले गर्दा पनि यसले ठूलो ऐतिहासिक महत्व बोकेको छ ।

नेपालको कूल क्षेत्रफलको १७३८ वर्ग मि. मा फैलिएको यस जिल्लाको पूर्व तर्फ रुपन्देही, उत्तर तर्फ अर्घाखाँची, पश्चिम तर्फ दाङ र भारतको उत्तर प्रदेश तथा दक्षिण तर्फ भारतको उत्तर प्रदेश रहेको छ । सन् २००१ को जनगणना अनुसार करिब ४ लाख ८१ हजार रहेको छ । मधेसी समुदायको बाहुल्य रहेता पनि यहाँ मिश्रित बसोबास रहिआएको छ । करिब १९.४ प्रतिशत मुसलमान, १२.६ प्रतिशत थारु समुदाय, ९.२ प्रतिशत यादव समुदाय तथा करिब ८.४ प्रतिशत पहाडी ब्राम्हणहरुको मुख्य बसोबास रहेपनि अन्य विविध जातजातिको समेत बसोबास रहदैं आएको छ । अवधि, भोजपुरी, थारु एवं नेपाली मुख्य भाषा रहेको यस क्षेत्रको कृषि नै प्रमुख पेशा रहदैं आएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग प्रत्यक्ष जोडिएको भएपनि मानव विकास प्रतिवेदन अनुसार यो जिल्ला जीवनस्तरका रुपमा निकै दयनीय र पिछडिएको अवस्थामा रहेको छ । विश्व सम्पदा सूचीमा समेत सूचीकृत “लुम्बिनी” अन्तर्गतको यस ऐतिहासिक जिल्लाको जीवनस्तरलाई विश्लेषण गर्दा गौतम बुद्धको प्रकाश मुनिको अँध्यारोका रुपमा चित्रित गर्न सकिन्छ ।

इस्वी सन् १८९६ डिसेम्बर १ तारिखका दिन एकजना जर्मन अर्कोडोलोजिष्ट डा. एन्टोन फुहररले सर्वप्रथम अशोक स्तम्भ पत्ता लगाई बुद्धको जन्मस्थल कपिलवस्तु भएको दावी गरेको र आजसम्म पनि सोही स्तम्भ नै प्रमाणको रुपमा रहेकाले डिसेम्बर १ तारिखलाई कपिलवस्तु दिवसका रुपमा विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।

करिब १३८ भन्दा बढी ऐतिहासिक सम्पदा र पुरातात्विक वस्तुहरुको संग्रह रहेको यस जिल्लाको ऐतिहासिक महत्व जति छ देशको पर्यटन क्षेत्र विकासमा समेत यसको महत्वपूर्ण स्थान रहने तथ्य कसैबाट लुकेको छैन । लुम्बिनी गुरुयोजना अन्तर्गत विकासको अग्रसूचीमा परेपनि कपिलवस्तुको अवस्था भने सन्तोषजनक समेत छैन । करिब ४४ प्रतिशत मात्र साक्षरता दर रहेको यस सुगम जिल्लाको जीवनशैली अत्यन्तै लज्जास्पद एवं दुःखद अवस्थामा रहेको छ । अधिकांश मधेस बाहुल्य जनताको बसोबास रहेको यस क्षेत्रका जनता पिछडिनुको कारण शिक्षाप्रतिको उदासिनता, परम्परा, रुढीवादिता, अन्धविश्वास, गरिबी आदि प्रमुख रुपमा रहेको छ । साथै अपराधको आडमा गरिने राजनीति, समुदाय विकास प्रतिको उदासिनता यस क्षेत्रको प्रमुख चुनौती रहेको छ । विगत देखि नै मधेसी जनप्रतिनिधिहरुले नै प्रतिनिधित्व गर्दै आएपनि यस क्षेत्रको विकासमा भने कुनै उल्लेखनीय सुधार आएको छैन । सरोकार वाला व्यक्ति एवं संस्था, राजनीतिज्ञ, राजनीतिक दलहरु एवं सरकार समेतको पर्याप्त ध्यान नपुग्दा विश्वभरिका बौद्धमार्गीहरुको पवित्रस्थलको रुपमा विकसित भैरहेको यस पवित्र जिल्लाको यस अँध्यारो पक्षले विश्व समुदायमा कस्तो सन्देश जाने हो चिन्ताको विषय बनेको छ ।

थुप्रै खेतीयोग्य जमीन, पर्यटकीय स्थलहरु, पुरातात्विक एवं ऐतिहासिक सम्पदाहरु, प्रसिद्ध सिमसार तालहरु हुँदाहुँदै पनि यस क्षेत्र पिछडिनु अत्यन्तै लज्जाको विषय बन्न पुगेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको टड्कारो आवश्यकता हुँदाहुँदै पनि तदारुकता नदेखाउनु, ऐतिहासिक सम्पदाहरुको उचित प्रवद्र्धन, संरक्षण एवं संवद्र्धन नुहुन, जीवनस्तर विकास एवं सामाजिक परिर्वतनप्रति स्थानीय समुदायमा कुनै तात्विक परिवर्तन नदेखिनु, साम्प्रदायिक मतभेद कायम रहनु यस क्षेत्रका मुख्य समस्या रहिआएको छ । अझ भारतसँग रहेको खुला सीमाका कारण अपराधिक गतिविधि, तस्करी, गुण्डागर्दी, सामाजिक हिंसा त यस क्षेत्रको विशेषता र पर्याय नै बन्न पुगेको छ । केही संकिर्ण व्यक्तिहरु, राजनीतिक दलहरुका कारण बेला–बेलामा भड्किने साम्प्रदायिक हिंसा एवं जातीय हिंसाले यहाँको जीवन निकै असुरक्षित एवं कष्टकर बन्दै गएको छ । केहि समय अघिको विभत्स कपिलवस्तु घटनाले त बुद्धको आप्mनै आँगनमा हिंसाको नमीठो तीर रोपिएको छ जसको पीडा आम कपिलवस्तुवासीले कहिले भुल्न सक्ने छैनन्  ।

अर्कोतर्फ भारतको हेपाहा प्रवृत्तिले पनि कपिलवस्तु ओझेलमा पर्ने संभावना बढ्दै गएको छ । सूचना प्रविधिको बलियो पकड रहेको भारतबाट अतिरंजित तरिकाले गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्ने सूचना विश्व समुदायमा सम्प्रेषित भैरहेको छ र कपिलवस्तुकै सीमा छेउमा नक्कली कपिलवस्तु खडा गरी तीब्र प्रचार प्रसार गरिरहेको छ । यस तर्फ भने नेपाल सरकारको पर्याप्त ध्यान गएको छैन । भारतको सूचना सञ्जालसँग नेपालले प्रतिस्पर्धा गर्नु निकै कठिन छ, तसर्थ समयमा नै सचेत भएर यस्ता क्रियाकलापको प्रतिवाद नगर्ने हो भने विश्वमान चित्रमा अलि अलि बचेको नेपालको प्रतिष्ठा र सामरिक महत्व पनि ओझेलमा पर्दै जाने निश्चित छ ।

विश्वलाई शान्तिको सन्देश दिने गौतम बुद्धको आप्mनै आँगन, आप्mनै देश अशान्तिको संक्रमणबाट गुज्रिरहेको छ । आप्mनै आँगन हिंसामय भएपछि विश्व समुदायलाई कुन आधारले शान्तिको सन्देश दिन सकिन्छ ? तसर्थ देशभित्र रहेका सम्पूर्ण विभेदहरुलाई बिर्सेर नेपाल र नेपाली एक्यबद्ध भई विश्व समुदायलाई एकताको सन्देश दिएर सामुहिक विकासमा अघि नबढ्ने हो भने हामीले आज सम्म पाएको प्रतिष्ठा पहिचान समेत समाप्त भए जानेछ । तसर्थ लुम्बिनीको मात्र विकास होइन, यस क्षेत्रको जीवनस्तरमा समेत गुणात्मक परिर्वतन हुनेगरी एकीकृत रुपमा विकास एवं शान्तिको अभियान चलाएर मात्र कपिलवस्तु दिवसले सार्थकता पाउनेछ । कपिलवस्तु नेपालको एउटा जिल्ला मात्र नभई विश्व मानचित्रमा नेपालको पहिचान दिलाउने ऐतिहासिक स्थल पनि हो । तसर्थ यसलाई संकिर्ण रुपमा नलिई आम नेपाली जनसमुदाय एक्यबद्ध भई कपिलवस्तुको विकास, प्रवद्र्धन एवं व्यवहारिक रुपमा नै शान्तिको सन्देश विश्वभर फैलाउनु आवश्यक भैसकेको छ । यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुको निस्वार्थ सेवा यसले खोजेको छ । हामीले जे गरेपनि भावी पुस्ताकै लागि गर्ने हो । शान्त एवं समुन्नत समाज निर्माण नगरी हामी भावी पुस्ताको जीवन सुखद बनाउन सक्दैनौं । तसर्थ इमान्दार भएर सम्पूर्ण सरोकारवालाहरुले यस क्षेत्रको विकासमा ठोस योगदान पुÂ¥याउदैं यस दिवसलाई एउटा अभियानकै रुपमा मनाऔं । कपिलवस्तुको नाउँमा भैरहेको भारतीय हस्तक्षेप एवं भ्रमहरुको विरोध गरौं । नेपालको सामरिक महत्वलाई विश्वमै चिनाउँ ।

अस्तु !!!

 

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...