कस्तॊ नकचरॊ पुरूष र साहिली (बास्तबिक कथा भाग २)- श्याम रॊक्का

Published Date: October 30, 2014

shyयो भन्दा अघिको भाग पढ्नु भएको छैन भने कृपया यहाँ क्लिक गरेर पढ्नुहोला ।

– श्याम रॊक्का,इजरायल

गत भागमा साँहिलि रूदैँ रूदै लिफ्ट चढीन् भन्ने सम्म पढ्नु नै भयॊ तेसपछि…………. साँहिलीले अश्रुधारा सम्हाल्न नसकी रूदैरूदै डीपार्चरका लागी अन्तिम प्रतिक्षालयमा बसिरहेकी थिइन् अनि अरू छेउछाउका नचिनेका नेपालीहरूले सम्झाइरहेका थिए “नरॊउ नानी, हामी सबै घरपरीवार छाडेर प्रबाशीदै छम नेपालमा के नै गर्न सकिन्छ र ? दिनरात राजनैतिक कचिङ्गल, अशान्ति ,बन्द हड्ताल बाहेक केही छैन बरू अलि समय प्रवासमै दुःख भएनि अलअलि धन त कमाइएला पछि नेपालमा पनि सामान्य भए पछि फर्कीहालिन्छ….इत्यादि” भन्दै तर साहिँलिको मन भने नेपाल छाड्नुको पीरले भक्कानिरहेको थिएन् उहि नकचरॊ बाहुनका स्वार्थपुर्ण परिचयात्मक कार्यक्रमलाई उनि पत्याइरहन सकिरहेकी थिइनन् …………..केहिबेरपछि त्यहाँ उहि बाहुन ड्राइभर आइपुग्छ र लाजपचायरै भएनि छेउमै बसि सम्झाएँ झैँ अनि नानाभाँति फकाउने कुरा गर्न थाल्छ अन्य नेपालीहरू दंग पर्छन् र प्रश्नपनि गर्न पछि पर्दैनन् ,तपाइहरू के के नाता पर्ने हॊ ? अघिदेखि खुबै रॊइरहेकी छिन् बिचरी ! साहिली लाजले मुन्टॊ लुकाइरहन्छिन् अनि बाहुनले प्याच्च फट्कारी हाल्छ ,उनि मेरी श्रीमती र हाम्रा साना बच्चाहरू नि छन् त्यही बच्चाहरूलाई छाड्नुपर्दा उनलाई असह्य भैरहेको छ………………ति बाहुनका कुरा सुनेर साँहिली अवाक् हुन्छे यत्तिकैमा प्लेन चढ्ने द्वार खुल्छ सबै प्लेनतर्फ लगेज घिच्याउदै लाग्छन् ……
[model.jpg]छुट्टीमा नेपाल आउदाँ र त्यतिखेर जाँदा नि एउटै प्लेन परेछ अनि साहिँलीले ति बिगतका पश्चातापपुर्ण घटनाहरू झलझली सम्झिन्छिन् र ति बाहुनका अनेकन स्वार्थमा लिप्त कुराहरू सम्झेर र अनायसमै जवानीका जॊसमा हॊस नपुर्याउँदा स्वयंले कुमारीत्व गुमाएका लाजले र रिसले साहिँली ति बाहुनका छेउमा नबसी अन्यत्र सिटमा गएर बस्छिन्……………….
गल्फकन्ट्री पुगेसी साहिलीसंग मॊमाइल थिएन अनि उन्ले ति स्वार्थी बाहुन ड्राइभरलाई कल गर्ने कुनै रूचि नै गरिनन् बरू जाने बित्तिकै कसरी आफु गर्भवति भएका कुराहरू घरमालिकलाई भन्ने भनेर डराइरहेकी थिइन्………….उता बाहुन अनि स्वार्थमा लुसुप्त ,लुच्चाले मर्दाङगिनी देखाउन पाइहाल्यॊ अनि लुटिहाल्यॊ जत्तिखेर पुरूषलाई अति चरम सुखकै खाँचॊ थीयॊ अब उसलाई त साँहिलिका बारेमा कुनै प्रबाह नै भएन क्यारे कुनै बेला अनुहार देखाएन बरू साहिली कामगर्ने घरमा सामान अर्डर हुँदा त्यही कम्पनिका अरू ड्राइभर पॊ खाद्यान्न लिएर आउथेँ त…..साँहिलले मनमनै धिक्कार्थिन धन्य पुरूष……….यत्तिखेर साँहिली गर्भबति भएकी दुइमहिना नाघिसकेका थियो । एकदिन उन्लाई अचानक अत्याधिक ज्वरॊ आयॊ र अरबिक परिवार सम्पन्न भएकाले प्रायः साधारण उपचार घरमै गराँउदा रहेछन् अनि डाक्टर बॊलाइए र हल्का चेक गरी के-के ५०० एम.जी .का कडा, कडा एन्टीबायॊटीक दबाइहरू खानदिएछन् त्यसको केहिदिनमै साहिलीको स्वास्थमा क्रमिक सुधार देखियो भने उता “मिसक्यारेट”गर्भपतन समेत भयो जुन पीडा एउटी नारीले मात्र बुझ्न सक्छिन् जसका बारेमा कुनैपनि दर्दनाक शब्दमा बर्णन गर्दा नि कमी नै हुन्छ यस बारेमा साहिलिले साहुहरूलाई पत्तै दिइनन् ……..मनमा अत्याधिक दुःख भएतापनि ति बाहुनको बास्तबिकता सम्झेर त ,”कुच्चाले बाडार्नुपर्ने कसिङगर हुरीले उडाएझैँ” भए अब साँहिलि पुनः पहिलेकै अबश्थामा फर्किइन् ।

[TelAvivbeach.jpg]

२,३ बर्ष भैसकेपछि साहिलीलाई अरबिक कन्ट्रि वाक्क लाग्दैथियो यत्तिकैमा सहिलिका जीबनमा नयाँ खुशी र अबसर हातपरे ,त्यस परिवारका बुढी हजूरआमासँग इजरायली सिटीजन रहेछ अनि ति बृद्दासँगै उनलाई हेरचाह गर्ने गरी इजरायलमा सधैँभरी बस्ने भनि गल्फ कन्ट्रिबाट प्रस्थान गर्ने अबसर पाइन् जस्अनुशार इजरायलमा उनि तेलअभिब शहरकै याफॊ छेउमा बस्दै साँझपख समुन्द्र छेउछाउमा घुम्न लैजान्थिन् अनि उता गल्फमा १२ देखि १५ हजार रूपैयाँमात्र कमाइरहेकी थिइन् भने इजरायल प्रबेस हुनासाथ उन्ले ५५० यु.एस डलर थाप्न थालिन अनि छुट्टीपनि हप्तैपिच्छे र सधै झै समुन्द्र छेउमा देखिने अर्ध नग्न महिला पुरूषहरूलाई हेरेर उहि गल्फ राज्यका बुर्खाभित्र अनुहार लुकाउने संस्कार र इजरायली बासिन्दाहरूका ऒपन शरीर र माइन्डका बारेमा दाँज्दै अचम्मित भइ रमाउँदै थिइन् ,अनि खुब चर्चामा थिए इजरायलमा नेपालिहरूले इजरायली संग र इजरायलीहरूले नेपालीसंग परस्पर बिबाह गर्ने प्रचलन वा नेपाली महिला र पुरूष नै इजरायलमै बिबाहगरी बच्चा जन्माइ इजरायलमै बस्न पाउने निहित स्वार्थले अधिकांश नेपालीहरूका बिबाह पनि इजरायलमै गैह्रकानूनी र गुपचुपमा हुदैँथिए । यस्तैमा एकदिन साँहिलिकै एकजना केटीसाथीले पनि इजरायलमै इन्डियन तन्दुरी रेष्टुरेन्टमा नेपाली केटासँग बिहे गर्ने भइछिन् र निम्ता मान्न साहिँलि पनि विवाहको मध्येतिर पुगिन् अनि भिडभाड नेपालीपाराका गीत बजेका दॊपट्टा सारी चॊलिमा सजिँएकी दुलही अनि संगै टाइसुट र कालॊ रेब्यान चश्मामा लेबल नझिकी लगाएका दुलाहा देखिन् अनि नजिकै गइन् र बधाइ तथा गिफ्ट दिँदै दुलाहाका अनुहारमा हेरेपछि……..अरे……… उनि झसङ्ग ,पानिपानी,निलिकाली र खङग्रङ्ग भइन् साँहिलिका हातबाट गिफ्ट भुइमा झरे………………. किनकी दुलाहा त उहि साहिलिकै कुमारित्व भंग गर्ने पहिलेकै नकचरॊ पुरूष ड्राइभर बाहुन नै पॊ रहेछ ।

क्रमशः
(पुनश्चः साहिँली भन्ने पात्र इजरायलमा नै कार्यरत छिन् तर उन्का नाँउ अर्कै छ र यस बास्तबिक कथा पनि उनि सा.ले.प. मात्रै भएका र मेरा नाम कताकता पत्रिकातिर देखेकीले उन्ले नै मलाइ भेटेर सबै बृतान्त बताइ छापीदिन हुनपनि अनुरॊध गरीकी हुन् र यस्लाइ अलि भुमीका र फुलबुट्टा भने मैले थपेँ ,पक्कै पनि यस कथाबाट केहि सुधारचेतना जगाउनेछ भन्ने आशातित छु ।
अब कथाले साँहिलीका जीबनमा कस्ता भुकम्प ल्याउलान् त के ति बाहुनकॊ नबदाम्पत्य जीबन शुखमय हुन्छ त ? प्रतिक्षा गर्नुस अर्को भागमा)


----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...