इजरायलका भूपू राष्ट्रपति मोसे कत्साभ दोषी ठहर

Published Date: October 30, 2014

एन आइ न्यूज इजरायल

इजरायलको भूतपूर्व राष्ट्रपति मोसे कात्साभमाथि लगाइएको बलात्कार र अन्य यौन दुर्ब्यवहारको आरोपउपर अदालतले दोषि ठहर गरेको छ । तिन जना वकिलहरुको छानबीन टोलीले गरेको अनुसन्धानपछि इजरायलको दोश्रो राजधानीको रुपमा रहेको प्रमुख शहर तेलअभिवको जिल्ला अदालतले भुतपुर्व राष्ट्रपति कत्सभलाई बलात्कार र यौनजन्य क्रियाकलापमा दोषी ठहर गरेको हो । कत्सभले भने आफू विरुद्धका आरोपहरु अस्वीकार गर्दै आएका छन् ।

कत्सभ पर्यटन मन्त्री रहँदा उनले तिन कर्मचारीहरुमाथि बलात्कार र यौन आक्रमण गरेको भन्दै उनी विरुद्ध मुद्धा दायर गरिएको थियो । कत्सभ सन् २००० देखि २००७ सम्म देशको राष्ट्रपतिको रहेका थिए । तेलअभिवको जिल्ला अदालतले दोषी ठहर गरेपछि अदालती फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरिरहेको उनी निकट श्रेतले जानकारी दिएको इजरायली संचारमाध्यमहरुले जनाएका छन् । सर्वोच्च अदालतबाट पनि उनी दोषी सावित भएमा उनलाई कम्तिमा चार वर्षको काराबासको सजाय हुन सक्नेछ ।

कत्सभ विरुद्ध लागेको आरोपले उनलाई कार्यकाल सकिनु अघि नै पद छाड्न बाध्य पारेको भएपनि इजरायलमा राष्ट्रपति संविधानिक मात्र हुने व्यवस्था रहेको हुँदा सरकारलाई भने खासै प्रभावित तुल्याएको थिएन । आफूलाई जातीयताका आधारमा मुद्धा चलाइएको दावी गर्ने कत्सभको जन्म १९४५ मा इरानमा भएको थियो र उनी सु १९५१मा ६ बर्षको उमेरमा आफ्नो आमा वुावाका साथमा अप्रावसीका रुपमा इजरायल प्रवेश गरेका थिए ।

चौबिस वर्षको उमेरमा इजरायलको नगरप्रमूख बन्न सफल भएका कत्सभ पटक पटक दक्षिणपन्थी लिकूड दलबाट मन्त्रीपरिषदमा सहभागि समेत भइसकेका ब्याक्ती हुन् ।

भूपू राष्ट्रपति कत्साभउपर गरिएको फैसलापश्चात कुनैपनि व्यक्ती कानूनभन्दा माथि छैन, यो एउटा स्वस्थ लोकतन्त्रको उदाहरण भएको भन्ने संकेत मिलेको प्रतिक्रिया दिएका थिए ।

इजरायलका भूपू प्रधानमन्त्री यहुद अल्मोर्ट पनि भ्रस्टाचारको आरोपको सामना गरिरहेका छन् ।

 

 

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...