ग्रिस आउँदै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् !! – रेशमलाल पौडेल
adminकला तथा साहित्य
– रेशमलाल पौडेल
हामी दैनिक जस्तै सुन्ने गर्छौ बिभिन्न बहानामा नेपालबाट दलालहरुको फोस्रो आश्वासनमा फसेर नेपालीहरु ग्रिस छिरिरहेका छन । युरोपिएन युनिएन सम्बद्द ग्रिस जस्मा पहिलो पाइला टेक्नको लागि १०-१२ लाख नेपाली बिना कारण बिना सोधपुछ दलाललाई बुझाउने गरिन्छ । हिजो भर्खर जस्तो लाग्छ मुस्किलले १०-१५ नेपाली भएको देशमा आज एक्कासी करिब करिब १०० भन्दा बढि नेपाली रहेको हाम्रो तथ्याङ्कमा जानकारी आएको छ । दैनिक जसो नयाँ नयाँ नेपालीहरु आउने क्रम जारी छ र उनिहरुका ठुला ठुला सपनाहरु एक्कासी चट्याङ जस्तै चकनाचुर भएको अनुभुतीले हामी केही पुराना भनाउदा नेपालीहरुलाई उनिहरुको पिंडा सुन्दा सुन्दा हैरानी मात्र होइन तनाब पनि सिर्जना गरेको छ ।
प्रत्येक दिनको छट्पटी पिंडा अनि सजिलै घर फर्किन नसकिने उनिहरुको अवस्थाले गर्दा उनिहरुमा शरीरिक कमजोरी त छदै छ मानसिक तनाबमा पनि उल्झिएको हामी पाउने गर्छौ । उनिहरुको भनाइ यस्तो हुन्छ …. कोही साथी हरु बिच बाटोमै हराउनु भयो ।…. कती साथीहरु बोर्डर क्रस गर्दा कता छुट्नु भयो । …..धन्न बचेँर आइयो । …… अब त कहिल्यै बिदेश जानु कसैलाई भन्ने छैन । आदी आदी कुराहरु सुन्दा सुन्दा हामी दिक्क छौ । जमिनसँग जोडिएको देश मध्ये टर्कीबाट बिभिन्न माध्यमले ग्रिस छिर्न खोज्दा कतिले बिच बाटोमै ज्यानै गुमाएको कुरा पनि सुन्नमा आएको छ । यस्मा सबैको उत्तिकै कम्जोरी छ । आखिर हामी नेपालीहरु किन बुझ्ने कोसिस गर्दैनौकी ग्रिसको अवस्था कस्तो छ यहाँ आउन उचित छ कि छैन ? काम पाउने सम्भावना कत्तिको छ ? आदी इत्यादी कुराहहरु आफ्नै तबरले बुझ्न खोजेको भए न त तपाईंहरुले पैसा गुमाउनु पर्थ्यो न त जीवन नै जोखिम मा राखेर बिदेश हिंड्नु पर्थ्यो ? यो दु:खद समय निम्तिनुमा दलालसँगै तपाईंहरुको पनि उत्तिकै कमजोरी छ ।
राम्रै भन्नु पर्छ ग्रिसमा भर्खर एउटा संस्था गैर आबसिय नेपाली सँघ ग्रिस को स्थापना भएको छ । र यसले निबर्तमान अध्यक्ष श्री यम बहादुर शाहीको अधक्ष्यतामा २ बर्ष तदर्थ समिती मार्फत आफ्नो कार्यकाल पुरा गरी पहिलो रास्ट्रिये सम्मेलन मार्फत श्री कृष्ण प्रसाद पोखरेल को अध्यक्षतामा गैर आबसिय नेपाली सँघ ग्रीसको नयाँ कार्य समिती चयन गरेको छ । तपाईं कोही नेपाली यदी कुनै देशमा जाँदै हुनुहुन्छ भने त एक पटका त्यो देशमा रहेका सँघ संस्था बारेमा बुज्ने कोसिस गर्नुहोस् । त्यो देशको नक्सा हेर्नु होस् । त्यो देशको भाषा के छ बुझ्ने कोसिस गर्नुहोस् नत्र तपाईंहरु फेरी पनि फसिरहनु हुने छ र हाम्रो अनुरोध तपाईंहरुलाई कम्तिमा पनि जानकारी लिएर मात्र हिंड्नु होला ।
आफै बेरोजगारको चपेटामा फसिरहेको देश ग्रिस जुन देशमा तपाईं रोजगारको लालचामा दलालहरुको मिठो अनी कपटी बोलिमा फसेर १०-१२ लाख बुजाउन खोज्दै हुनुहुन्छ भने तपाईंहरु एक पटक रोकिनुहोस् अनी त्यो ब्यक्ति जो तपाईंहरुलाई हाका हाकी ठग्न खोज्दै छ त्यसको कठालोमा समाएर आफ्नो पैसा बचाउनुहोस् । यदी कसैले बुझाइसक्नु भएको छ भने छिटो भन्दा छिटो फिर्ता लिनुहोस् ।
यसै बिशयलाई लिएर हामी ग्रिस रहेका नेपालीहरुले निकट भबिष्यमा नै नेपालमा एउटा कार्यक्रम राख्ने सोंचाइ बनाएका छौ । गैर आबसिय नेपाली सँघ ग्रिसका बर्तमान अध्यक्ष श्री कृष्ण प्रसाद पोखरेल संस्था कै माध्यमबाट छिट्टैनै एउटा ग्रिसको बस्तुगत अवस्था र चुनौतीको बारेमा सम्पूर्ण नेपालीहरुलाई जानकारी गराउने उदेस्यले एउता बृहत कार्यक्रम नेपालमा गर्ने सोचाइ बनाउनु भएको कुरा पनि तपाईंहरुलाई अबगत गराउन चाहन्छौ । ग्रिसमा पहिलेदेखि बिभिन्न तबरले नेपालीहरुका हरेक दु:ख सुखमा हरेक रुपले सहयोग गर्दै आउनु भएका गैर आबसिय नेपाली सँघ ग्रिसका बरिस्ठ उपाध्यक्ष श्री राम प्रसाद सुबेदी पनि अहिलेको बर्तमान पारिबेशदेखि अत्यन्तै चिन्तित हुनुहुन्छ । सुन्दर देश ग्रिस भित्रका तिता अनी दर्दनाक पिंडाहरु बिच पनि नेपाली नेपाली बिच माया ममता आज सम्म बिचलित हुन पाएको छैन त्यो एउता राम्रो पक्ष्य हो । तैपनि नेपालीहरुको कष्टकर जीबनस्तर अनी बढ्दो समस्याप्रति सम्पूर्ण ग्रिस निवासी नेपालीहरु चिन्तित हुनुहुन्छ ।
तपाईंहरु यदी कोही ग्रिसको बारेमा जानकारी लिन चाहनुहुन्छ भने NRNA को अधिकारिक website www.nrn.org.np खोल्नुहोस् अनी ग्रिसमा क्लिक्क गर्नुहोस् र त्यहाँ दिएका संपर्क ईमेलमा जती बेला पनि सम्पर्क गरेर यो देशको बारेमा जानकारी लिन सक्नु हुनेछ । हाम्रो उदेस्य तपाईंहरु इल्लिगल तबरले कसैका लह लहैमा लागेर जीबनकै जोखिम लिएर लाखौं लाख खर्च गरेर ग्रिस आउन खोज्नु भएको छ भने एक पटक सोच्नुहोस् यती मात्र हो ।