कुवेतमा नेपाली चेलीहरुको दर्दनाक अवस्था, मरेकाको लाश र जिउदाको सास कसरी स्वदेश फर्काउने ? – सुजन के सि सार्थक

Published Date: November 8, 2014

– सुजन के सि सार्थक

खाडी मुलुक कुवेत तिन दशक देखी नेपाली कामदारहरुको आकर्षक गन्तब्य बने पनि नेपाल सरकार र सम्बन्धित निकाय संग अभिलेख नभएकाले नेपाली कामदारहरुको संख्या यकिन नभए पनि झन्डै ५५ हजार नाघिसकेको नेपाली दूताबास कुवेतको अनुमान छ । त्यस मध्य ७० प्रतिशत घरेलु महिला कामदारहरु रहेका अनुमान गरिएको छ। नेपालबाट सुन्दर सपना र उज्जल भबिश्यको सपना बोकी कुवेत छिरेका नेपाली चेलीहरुको अवस्था सोच्न पनि नसकिने अत्यान्तै दयनिय र दर्दनाक स्थितीमा रहेको छ। बैदेशिक रोजगारिका सिलशिलामा दु:ख पाउनु, अलपत्र र बिचल्लीमा पर्नु, दलालबाट ठगिनु यसको एक पक्ष हो पनि भन्ने गरिन्छ । तर कुवेत नगरिमा नेपाली महिलाहरुको दुर्दशा नै छ । करिब २०० नेपाली महिलाहरु नेपाली दूताबासको शरणमा छन। २ दर्जन जती जेलको छिडीमा अन्धकारमय जीवन बिताउदै आफ्नो परिवार अनी आफन्तको सम्झनामा चाडै स्वदेश फर्कने आशामा दिन गन्दैछन। ९ महिलाको बेबारिसे शव कुवेतको अस्पतालमा थन्किएका छन् । जिबन र मृत्‍यु संग संघर्ष गर्दै ५ बर्ष देखी अस्पतालमा सुतेकी शान्ती माया दोङ देखी डेड दर्जन कुमारी आमाहरु र उनिहरुका बिना बाबुका शिशुहरु नेपाल फर्कन नसकेको अवस्थामा छन ।
नेपाली दुताबास कुवेतका सचिब पुष्प राज भट्टराईका अनुसार ९ नेपाली महिलाका शव कुवेतको अस्पतालमा थन्किएका छन् । तर अहिलेसम्म न मृत्युको कारण थाहा भएको छ न त उनीहरूका आफन्तको नै पत्तो लागेको छ । मृत्यु भएका महिलाका राहदानी पनि छैन र अहिले सम्म उनिहरुको खोजिमा दुताबासको संपर्कमा कोही पनि आएको छैन । अर्को कुरा पासपोर्ट अर्काको प्रयोग गरी आफ्नो फोटो टासेर छिमेकी मुलुकको बाटो आएको हुनाले पासपोर्ट,फोटो,मान्छे र ठेगाना फरक भएकोले दूताबासलाई समस्या परेको छ । भाषाको पनि समस्या हुन्छ । अरबी भाषामा लेखेको नाम र पासपोर्टमा भएको नाम थर नमिलेका कारण पनि काम अगाडि बढदैन । अर्को कुरा दूताबासले झेलेको ठुलो समस्या हो खर्चको।साहुको घरबाट भागी गैरकानुनी बने पछी मृत्यु भएकाहरुलाई शब पठाउन लाग्ने खर्छ साहुले तिर्न मन्दैनन्। त्यसैले शवलाई स्वदेश पठाउन नसकिएको हो । अस्पतालमा थन्किएका १५ वटा शव मध्य दूताबासको पहलमा ६ जान माहिलाको शव नेपाल पुगी सकेका छ।दूतावासका अनुसार शान्ति सार्की, शान्ति दर्जी, अमृता सेन्च्यु,सानुमाया कस्नी कामी, सविना नेपाल,सरस्वती अवास,निलिमा योङगहाङ लिम्बू र कविता विश्वकर्माको शव कुवेतको सरकारी अस्पताल ‘फरेन्सिक मेडिसिन’मा राखिएको छ।आबाश्यक कागजात र आर्थिक अभाबका कारण अस्पातलमै फ्रिज भएका नेपाली चेलीहरुका शब नेपाल सम्म पुगे पनि सम्बन्धित परिवार सम्म पुग्ने सम्भावना कमै देखिन्छ । नेपाली दूताबास कुवेतले शव नेपाल पठाउनको लागि आबश्यक खर्छ पठाउन सम्बन्धित निकायलाई पत्रचार गरिसके पनि यो प्रकृया अगानी बढने नबढनेमा अझै अन्यौल नै छ।
यो नगरिमा मरेका चेलीबेटीको लास मात्रै थुप्रिएको होइन। यहाँ जिउदाको झनै समस्या छ । कुवेत सरकारले हालै खोलेको आममाफी(एम्नेस्टी)को सदुपयोग गर्दै करीब तीनहजार गैर कानुनी नेपाली कामदारहरु स्वदेश फर्किए पनि अझै २०० महिला कामदारहरु दूतबासको शरणमा छन । दूताबासको सेल्टरमा रहेका महिला कामदारहरुको बिभिन्न किसिमका मुद्दाहरु भएकोले उनिहरु सबै आममाफीको सदुपयोग गरी स्वदेश फर्कन बाट बन्चित भएका हुन।
दूताबासको सेल्टर मात्रै होईन कुवेतको जेल पनि नेपाली चेलीहरुले भरिएका छन । नेपाली दूताबास कुवेतको स्थापना हुँदाको सयमा जेलमा रहेका करिब २०० नेपालीहरु मध्य आधिकांश कामदारहरु दूताबासको पहलमा नेपाल फर्की सकेका छन।सहकर्मी फिलिपिनी साथीको हत्या गरेको अभियोगमा मृत्‍युदन्डबाट अर्को बर्ष नेपाल फर्कने कानुनी प्रकृया पुरा गरेकी डोल्मा शेर्पा लगाएत दुई दर्जन नेपाली चेलीहरु जेलको अन्ध्यारो कुनामा पिजडामा चरी थुनिए झै थुनिन वाध्य छन। करिब पाँच बर्ष देखी कुवेतको फर्मानिया अस्पातलमा अत्यान्तै चिन्ताजनक रुपमा जीवन र मृत्‍यु सँग संघर्ष गरी राखेकी शान्ती माया दोङलाई नेपाल फर्काउने कुरा पनि कुरैमा सिमित रहेको छ । कुवेत देखी नेपालको लागि सिधा हावाइ सुबिधा नभएको कारण र ठुलो रकमको आबश्यकता परेकोले उद्दार हुन सकेको छैन। नेपालबाट उनको परिवारहरुले उनलाई शिघ्र स्वदेश फर्काउन अनुरोध गरे पनि अझै आशामै दिनहरु बितेका छन।तर कहिले पुग्ने भन्ने कुरा भगवानको जिम्मामा भने झै भएको छ।
यो कुवेतको मरुभुमिमा झुटा र अस्थाइ मायाजालमा परेका नेपाली महिलाहरुको बिचित्रको संसार छ । भन्दा र सुन्दा लाजै मर्दो भए पनि तितो सत्य भन्नै पर्दा डेड दर्जन कुमारी आमा र उनिहरुका शिशुहरु कुवेतमा कानुनी प्रकृया मिचेको गम्भिर आरोपमा बिचल्लित अबस्थामा न यता न उता भएका छन । कतिपयले कुवेतबाट पैसा होईन कुमारीमै छोरा कमाएर फर्के। कतिले बच्चा कुवेतमै छोडेर भागेका छन।कति महिलाहरुले शिशुको बाबु बताउने मान्छेले आफ्नो नभएको बताउछन भने कती चेलीहरुले आफु बलात्कारमा परी बच्चा जन्मेको भन्दै काखी च्यापेर हिडन वाध्य छन। हालै कुवेत सरकारले खोलेको आममाफीमा दूताबासले १२ जना बच्चा र तिनीहरुका आमालाई नेपाल फर्कनको लागि ट्रावल डकुमेन्ट दिएको छ । तर उनिहरुलाई नेपाल फर्कन सहज छैन । यो उनी महिलाहरुको बिचल्लीको कुरा मात्रै होईन नेपाल र नेपालीको स्वाभिमानको कुरा देखिन्छ तर पनि केही गर्न सक्ने स्थिती देखिदैन। यिनीहरुका समस्याको समाधान गर्न पहल नभएको पनि होईन। तर यिनीहरुका समस्याहरु निकै जटिल छन ।यस्ता समस्याको निराकरण गर्न नेपाली दूताबस कुवेतले स्थापना काल देखी नै पहल गरेको छ । तर यहाँ नेपाली घरेलु महिला कामदारहरुको यती धेरै समस्या छन । केही मलम लगाउन भन्दा केही हुन सकेको छैन । दूताबासका कार्मचारीलाई यस्तै महिला कामदारहरुका समस्या समाधान गर्न भ्याइ नभ्याइ छ । जेलमा भाग दौड गर्दा र भागेर दूताबसको शरणमा पुग्ने महिलाहरुको मालिक खोज्दा दूताबास ३ बजे बन्द हुने भए पनि सचिब लगाएतका कर्मचारीलाई ७-८ बजाउनु पर्छ । कुवेतमा अलपत्र परेका लास र सास भएका महिलाहरुलाई नेपाल पठाउन नेपाली दूताबासले अहोरात्र खटेर काम गर्दा पनि सबैलाई पठाउन सकेको छैन।

कुवेतमा घरेलु महिला कामदारहरु अलपत्र र बिचल्ली हुनुको प्रमुख कारण स्थानीय श्रम कानुनले नसमेट्ने, उनीहरू असुरक्षित हुने,एजेन्टहरुले भिजिट भिसामा स्वदेशी र विदेशी विमानस्थल प्रयोग गरी सेटिङमा (नक्कली कागजातको भरमा)पठाउनु हो । यसरी कुवेत पुग्ने कामदारहरुको सरकार र दूताबास सँग कुनै रेकड हुँदैन। नेपाली दूताबास कुवेतले सेटिङ रोक्न र महिलाहरुको संरक्षण गर्नको लागि दूतावासले प्रमाणित गरेर पठाएको मागपत्रलाई हेरे पछी मात्रै श्रम स्वीकृति दिने र दूताबासले तय गरेको न्युनतम मापदण्ड पुरा गर्नु पर्ने योजना लागु गरेको छ । त्यस्तै दूताबासले शुरु गरेको बिमा योजनाले बिचल्लीमा परेका महिला कामदारहरुको लागि ठुलो राहत पुगेको छ । दूताबासमा श्रण लिन पुग्ने महिलाहरुलाई बस्ने,खाने ब्याबस्था,उनिहरुको मुद्दा हेर्नेकाम लगाएत नेपाल सम्म पुग्ने हावाइ टिकट बिमा कम्पानीले नै बेहोर्ने छ भने बिमा कम्पनिलेनै मृत्‍यु भए वापत ५ लाख राहात दिने छ। दूताबासले गरेको यो सर्हानिय कामलाई सबैले सलाम गर्नै पर्छ । तर हाल कुवेतमा अलपत्र सास र लाश बिमा कम्पनी सँग सम्झौता गर्न भन्दा पहिलाका भएकोले बिमाले पनि समेट्दैन। अब लाश भएका र सास भएका बिचलिमा परेका पीडित नेपाली चिलीहरुलाई नेपाल कस्ले र कसरी पुराउने ………

नेपालीहरुको कुवेत पलायन हुने यात्रा कहि नभएको जात्रा नबनोस !! सबैलाई सहज र सुरक्षित यात्राको कामना !!
sujankc2u@gmail.com



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...