बरिस्ट पत्रकार -लघुकथा- लिला रिजाल, इजरायल

Published Date: November 8, 2014

Aug 29, 2012

– लिला रिजाल, इजरायल

कुनै  संस्थानको आयोजनामा “आजको बदलिँदो  परिबेषमा पत्रकारहरुले भोग्नु परेका  समस्या तथा /खेल्नपर्ने भूमिका“ बिषयमा अन्तरक्रिया कार्यक्रम भइरहेको थियो  । हल खचाखच भरिएको  देखिन्थ्यो  । मञ्चमा बिराजमान संघ संस्थाका प्रतिनिधि,प्रमुख अतिथी, बरिस्ट  पत्रकार प्रफुल्ल मुद्रामा  बसिरहेका थिए ।  प्रमुख अतिथीको तर्फ बाट बरिस्ट (ठुला) पत्रकारले  भाषण सिद्दिएपछि  केहि सहभागीले  मागेपछि    उनले आफ्नो निजी  फोन न. अनि ठेगाना दिए । यसै बिचमा एकजना युवा पत्रकारले निकै चासो राखेर सोध्न खोजे उनलाई ठेगाना दिएर “म हतारमा छु  तिमी  मेरोमा  एकपटक जसरी  पनि  आउनु“ भनेर आफ्ना सबै लेख संग्रहहरु  जिम्मा लाएर त्यहाँ बाट हिंडे ।
“ठुला पत्रकारको निम्ता“ यसलाई अवसरको रुपमा ठानेर   ठेगाना बोकेर  युवा पत्रकार सुन्दर भबिष्यको कल्पना गर्दै उनीकहाँ  भेट्न हिडे ।  ती युवा पत्रकारिताको बिद्यार्थी थिए । उनलाई आफ्नो लेखनमा पूर्ण विश्वास थियो । पाठकलाई भगवान मान्थे । सुरुमा त ती ठुला पत्रकारले उसलाई भेट्ने समय नै दिएनन् केहि दिन कुरेरै  भए पनि भेटि छाडे ।
“सर म तपाई जस्तो लेखक  बन्न  चाहन्छु बताइ दिनोस न म के गरौँ   ?
“जति पनि सम्मानित पत्रकारहरु छन  तिमी  उनीहरुलाई अध्यन गर ।“
(युवा पत्रकार असन्तुस्ट हुँदै ) ”सर तपाई मेरो निम्ती आदर्श  हुनुहुन्छ तपाई जस्तै बन्ने मेरो उद्देष्य हो ।“
(यो कुरा सुनेर ठुला पत्रकार हाँसे) “साँचो कुरो सुन्न चाहन्छौ तिमी  ?  ल सुन – यो दुनिया कपि पेस्ट्को जमाना छ, तिमीलाई एडिट  गर्न आउछ कि आउदैन ? यदि जान्दैनौ भने तिमीले केहि गर्न सक्तैनौ ।’
युवा पत्रकार- ‘कसरी ? ‘
ठुला पत्रकारले भने –“मसंग टाइम  हुदैन र  फेरी भए पनि कुनै एउटै  कुरामा अत्याधिक समय खर्च  कसले गरोस्  ? त्यसकारण म एउटा राम्रो लेखकको लेख पढ्छु र एक दुइ शब्द एडिट गरेर त्यो बिषयमा आफ्ना कुरा राख्छु ।“
युवा पत्रकार (अशान्त मुद्रामा )“ सर यो त क्रिएटिभ भएन  नि !
ठुला पत्रकार – “सुन एउटा कुरा – तिमी  जस्ता हजारौं मान्छे ठुलो  अभिलाषा  बोकेर आउने गर्छन … ।
अब एउटा कुरा अझै भन्छु सुन – “हेर हामी भनेका एउटा टेप रेकर्ड्का चक्का  हौँ जहाँ एकै किसिमको बाजा बजिरहन्छन  अझै पनि तिमीलाई मेरो क्रिएटिभिटी खोज्नु छ भने मेरो ब्लग पढ्नु अब चोइस तिम्रो के बन्न चाहन्छौ ?

समाप्त



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...