पछाडिको ढोका (लघु कथा) – लिला रिजाल, इजरायल
Sep 24, 2012
– लिला रिजाल, इजरायल
कुनै एउटा सानो शहरमा एकजना धार्मिक नेताले दु ;खी हुँदै भने – “हिजो मेरो मोटरसाइकल कहाँ हरायो होला ….. कहाँ खोजुं ….( टाउकोमा हात राखेर सम्झदै ) उफ्फ आज साँझमा पनि प्रबचन दिन जानु पर्ने छ कसरी पो जानु होला “
गुरुलाई दुखी भएको देखेर उनका चेलाले भने —‘डोन्ट वोरी गुरु, हजुर किन एती धेरै चिन्ता लिइबक्सन्छ ? म छदै छु नि ! मेरो स्कुटर लिएर गइबक्सेनी भइहाल्छ नि ! बरु यहि बहानामा सम्झन पो कोसिस गरिबक्सने हो की ! कहाँ छोडेर आइबक्सेको हो !‘
भोलिपल्ट गुरु खुसी मुद्रामा स्कुटर जिम्मा लाउदै “तपाईं लाई धेरै धेरै धन्यवाद तपाइको आइडिया काम लाग्यो नि ! मैले मोटरसाइकल भेटें ।
अहो ! ल बधाई छ हजुरलाई …कहाँ ….?
हिजो म जतिखेर “अबैध सम्बन्ध र यसले पार्ने दुस्परिणाम “बिषयमा प्रबचन दिइरहेको थिएँ । त्यहि बेला मलाई सम्झना भयो । –‘जुन दिन मोटरसाइकल हराएको थियो नि त्यो दिन म अबेर सम्म रुपाको घरमा थिएँ । एकाएक उनको श्रीमान आउनाले पछाडिको ढोका बाट निस्केर आउनु परेको थियो ।’
