प्रबासको दशै,म र मेरी आमा – बिनोद श्रेष्ठ

Published Date: November 8, 2014
बिनोद श्रेष्ठ “क्रान्ति “, दुबइ

भैातिक बिकासको चरम बिन्दुमा रहेको यो परदेशी भुमिमा जति नै शुख पु्र्बक रहेको भए पनि मैले आफ्नो गाउँघर, आफ्नो मातृभुमि चाडबाड र परिवारलाइ पटक्कै माया मार्न सकेको छैन । आफ्नै देशमा दश नङ्ग्रा खियाएर स्वाभिमानि नेपाली बन्छु, भन्दा पल्लोघरे घिसिङ दाइ अनि मामाको छोरा बिक्रमले डलर, रियल अनि दिरामको धनले टिनको छानाको देख्दा ,साथि संगि रमझममा अनि साहुले घर घेर्दाको डाहाले जमदार साबलाइ त्यै भएको सानो घर, परिवार बन्दगी राखी , ६ महिने दुधे बालक ,साथै प्राण भन्दा प्यारी श्रीमति जुनु अनि उमेरले ६० नाग्धै गर्दाको मेरी बुढी आमा लाइ चटक्कै छोडि खाडी तिर लाग्नु भन्दाको बिकल्प अरू कै थिएन। सदाको संगि साथि , चाडबाड, त्यो कलकलाउँदो झरना, देव देबिस्थान , सदाबाहर हरियालि शितल बहलाउने वन जगल , साथै गंगा सरी बगिरहने दरैादीलाइ बाइ बाइ गर्दै लागे खाडी मुलुक तिर…………..

अनेकैां तिता मिठा सपना अनि आशाहरू बोकी पारिवारिक पिडा बिच बस्नु पर्दाको क्षण सायद अघिल्लो जुनिको पाप काट्दै गरेको आभाष हो कि जस्तो हुन्थ्यो मलाइ….तैपनि ति तिता मिठा सपना,पिडा अनि ब्याथाहरूको परिजालोलाइ निम्ट्उनु मेरो पहिलो कदम थियो । टन्नलापुर घाम अनि तातो हावाको वेग सगै बिदेशि बसाइमा जीबनले सहि मोड लिन सकेन ,फलस्वरूप जीबनमा खुशीले स्थान पाएन । एकातर्फ कामको बोझ, अर्को तर्फ हाकिमको प्रेशरले कहिले जागिरबाट छुटु छुटु जस्तो हुन्थ्यो । तर छुटु पनि कसरी ? ……..कुनै दिन काम नगरे माम लगाउन गाह्यो हुन्थ्यो ।

हातमा ठेला अनि ४८ डिग्री सेल्लियसको धुपमा काम ………….उफ !

हिजो मात्रै ठुलो छोरी बिनिकाले लामो शब्दमा एकै साथ बाबा हजुर कहिले आँउनु हुन्छ । तल्लो घरको सोनमको बाबाले सोनम लाइ साइकल ल्याइदिनु भाको छ। अनि बाबा प्रतिज्ञाले नि मलाइ लुगा देखाउदै थि। मलाइ स्कुलमा हरी मास्टरको छोरोले जहिले नि पिट्छ,बाबा,। मलाइ पनि क्यानटिनमा समोसा खान मन लाग्छ। मलाइ त निनिले हेर्नुस् त के पठाइदिनु भाँ को छ, काठमाडैां बाट,अङ्गुर भाको चप्पल, बहिनीलाइ पनि छ। अजाले पिङ् हाल्दिनु भा छ। भन्दै फोन गर्दा आफैमा हराए। न म सगँ उनलाइ सम्बोधन गर्ने कुनै शब्द थियो न उत्तर नै,, भाबुकतामा डुब्नु बाहेक अरू केही थिएन।

गरिब हुने रहर कसलाई पो हुन्छ ,गरिब र बेरोजगारी को हत्कडी फुकाउने उदेश्यले म जस्तो हरेक परदेशी नेपाली हरुको दुख,पिडा र बेथाहरु मेरो भन्दा फरक,पृथक र कम भएपनि पल पल आफ्नो घर परिवार र जन्मभूमिको याद मा बग्ने आसु र परदेशी हुनुको पिडा सायद सबैमा उस्तै हुन्छ होला।

त्यो तवल चैातारी , मेरी जीबन संगिनी, दुइ छोरीहरू बुनु र बिनिका अनि मेरी आमाको शीतल काखँ, त्यो परारै सालको दशैमा बिकास नरेन्द्र अनि कबिन्द्र ज्वाइको घर भित्र अदुवाको टुक्रो चपाउँदाको याद झलझलि झल्कन्थ्यो।जुनुले हात समाउदै डो-याएको त्यो दिन, लेख्न पनि लाजै मर्दो थियो। डाक्टर भाइ बिकास डाक्टरकै प्रतिक्षामा बस्नु पर्दाको समय थियो त्यो। गरिबी पारिवारीक जन्मले हो कि जब म खानामा हुन्थे, अनि वाह !…..मेरी आमाले बनाउनु भएको गुन्द्रुकको अचार साथमा ढिडोको यादले मुखै रसाउदथ्यो। एक दिनको रागाँको छोइलाले बर्षे दिनको स्वादलाइ मार्थ्यो। नाङ्ला भरी मासुको सुकुटी बनाउँदाको क्षण जिबित छ। जब म रातमा हुन्थे,छोरी बुनु बिनिका अनि जुनुको साथको अनुभबमा घरी दायाँ कोल्टे त घरी बायाँ कोल्टे फेर्दै लामो, सासमा भित्ताको घडिमा आँखा चल्थ्यो। कि जिबन यहीँ बाट नै चलेको छ ,उफ् !………. कति लामो रात पनि…….!………….निन्द्रा सागर पनि खै कता मरेछ ? एक सर्को धुवा लगाउँछु , साथमा कपि कलम …. चिठ्ठी लेख्न सुरू गर्थे मेरीलाइ…??????

के लेखैां के …? सुखको काल्पनिक कथा लेखुँ कि लाखैा दुखको यथार्रथता !! एक छिन कोल्टे फेर्दै अतितका पाटामा फर्कन्छु । आज दिल खोलेरै मनको कुरा खोलिदिन्छु । आखिर मेरो परिवारले पनि थाहा पाउन् कि ! परदेशमा सजिलै पैसा कमाइदो रैनछ , भनेर……….
तर के गर्ने आमा मलाइ बुर्जुवा शिक्षा पढाउँदा पल्लाघरे गणेश दाइका राख्नु भाको त्यो पण्डित बारी कसरी छुटाउने त्यो पनि चिन्ताम नै छ। गुठिबाट भैसि मर्दा लिएको त्रृण जस्ताको तस्तै छ।भाइलाइ लाहुरे बनाउनी भनेर नेप्टे काका सगँ लिएको त्यो बिसहजार रूपैया पनि छ , नि….. हैन आमा …..? अनि भैसीको दुध सुक्यो ,नातिनि बुनुलाइ स्यार्लिक्स खुवाको पैशा पनि बाँकी छ, भन्दै हुनुनुन्थ्यो.. बिकास डक्टर काँ ……
आमा ! त्यहाँ बसेर मेरो योग्यताले काम पाउँने भए ,हामी जस्ता हजारैा छोराहरू बोका बाख्रा जस्तो किन बिक्री हुनुपर्थ्यो र ?नेपालमा राजनितिक पनि राम्रो छैन रे भन्ने सुनेको छु। तर आमा म राजनितिकमा अन्धो छु। राजनितिकमा त ठुलो मान्छे बन्छ रे भन्ने हल्ला थियो ,हाम्रो पालामा,,त्यै चपेटामा परे कि म…..! परिस्थितिले म जस्ता हजारैा लाखैा धकेलिएका छन् ,भन्दा नपत्याउनु होला,

बिदेश रहन त कसैको छैन मन…..कोहि ज्यान जोगाउन ,कोहि ब्यावहार मिलाउन,कोहि वितृणा मेटाउन बाध्य भै बसेका छन्। हो यो सत्य हो !मेरो बर्तमान बन्दकीमा परेको छ । भबिष्यमा सुख पाउने रहरमा खोट मेरै होला। म किन देशमा बिक्न सकिन ,जो बिकेर दिन दुइ गुना रात चार गुनाको फड्को मार्दै छ। तर के गर्ने आफ्नो सिफारिस गरिदिने कोहि थिएन।
मलाइ थाहा छ , तिमि अस्ताउन लागेकी जुन हैा। आमा ,मेरो मुख हेरेर नै मर्ने तिम्रो धोका बाहेक अरू इच्छा मरिसकेका छन्। तिमि गल्दै गएकी छैा रे ! यो संयोग जुट्छ कि जुट्दैन ,रात दिनको कामले म पनि गलिसकेको छु आमा ! एकमन त लाग्छ अहिल्यै हिडिँहालु ,दुख सुख जे जस्तो हुन्छ चाडबाड मनाइ सन्तोस सित तिम्रो छहारीमा बँसु। जुनु सगँ सगै पानी पदेरी, खोला नालाको यात्रा गरू। छोरीहरूलाइ बाबा छोरीको नाता समन्वय गराउँ। अँ आमा कान्छी छोरीले त मलाइ चिन्दैन होला है !

तर साहुको त्रृण चुक्ता भा खै ? ……

आमा तिमि नहुदा घर घेर्न आका साहुहरू जिउँदै छन्। फेरि त्यहाँ आएर हात मुख जोर्ने उपाय पनि त छैन। यो नआउने बाहना हैन , यथार्थ हो आमा ! यो दशै हजुरहरूकै साथ रमाउने रहर थियो मेरो , तर के गर्नु शरिर यहाँ ,मन त्यहाँ हुन्छ। कति स्वादिलो हुन्थ्यो , तिमिले पकाएको मिठो पिठो ,कति आनन्द आउथ्यो आँगन चैातारी, मेला पर्ब , साथी भाइ सगै हसेको, माइला बा ले भिमसेन पुजा गर्दा मैले भालेको खुट्टा समायको त्यो दिन मेरो दिमागमा झल्किरहन्छ। गोरखा बजार जादाँ भलिबल किन्न नपाउँदा आमासँग पिरेको हिजै जस्तो लाग्छ। सम्झि ल्याउँदा मन धुजा धुजा हुन्छ। साँझ विहान परिवारकै चिन्ताले सताउँछ। तिमि सम्पन्न भएकी भए किन म मुगलान आउँथे र ?
भाइ पनि लाहुर मै हराको भन्ने सुनें,,,,आमा , जुनु ,बुनु बिनिकासगँ राम्ररी दशै मनाउँनु। यो दशैमा त त्यस्तै भो आमा अर्को दशैमा रहे सम्म भेटेर ५ बर्षको तन्द्रो मेटैाला, मेरो फोटोमा टिका जमरा लगाइ आर्शिबात दिन चै नभुल्नु है।
कोशिर गर्नेछु तिम्रो काँचुली फेर्न, सम्हाल आफैलाइ झुठो बोल्दिन यो खाडी मुलुकमा बसी
मेरी प्यारी
आमा……………..



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...