पिडा
राकेश कार्की, लस एन्जेलस
सक्ने विदेशीए पिंडा बोकेर नसक्ने छुटे पिंडामा डुबेर पिंडाको प्रत्याक्षपण गर्ने हाउंगुजी नबुझे झैं गर्छन् सप्पै बुझीबुझी
देशभरी बासमा पिंडा ओछए भोको गांसमा पिंडा कोच्याए कपास च्याति च्याति नाङ्गै बनाए बिरालाको छाला ओढी मुसा खेलाए
बिदेशी भुमीको पिंडा कस्लाइ थाहा स्वदेशमा झन् शारीरीक मानसिक यातना नेपाली मारी नेपालीले पिंडा कस्लाइ दिलायो स्वाधिनता खोसी आंशु रगत किन पो पिलायो
नेपाली मार्ने नेपालीले के नेतृत्व गर्ला ? सकुन्जेल मार्ला नसके आफू पनि मर्ला नेपाली को पिंडा बुझ्ने कोही त नेपाली होला नत्र, आफू आफू जुधि मरो नेपाल देशै मला