– चकेन्द्र राई
रंगी चंगी फुलहरु
थरि थरिका बत्तिहरु
सिनिक्कै सिंगारीएका घरहरु
ग्रुप ग्रुप देउसे भैलो खेल्नेहरु
कोहि रोटे पि� र लिङ्गे पिङमा मस्तछन् ।
कोहि जुवा,तास र डाईसहरुमा ब्यस्तछन् ।
आज मेरो यस्तै झझल्को आँखा भरि भरि छन् ।
अनि
पोहोर सालको मिठो यादहरु……..।
बुनु, तिमिले जानी नजानी
मेरो निधारमा टिका लगाई दिएकी थियौ ।
टपरि भरी मिठो मिठो खाने कुरा दिएकी थियौ ।
सयपत्रि र मखमली फुलको माला गला भरी
लगाई दिएकी थियौ ………..।
हो बुनु मलाई बेहुला जस्तै बनएकी थियौ…….।
तिमी चाहिं मेरो स्वास्थ्य र दिर्घायुको लागी
भोक भोकै बसेर कामना गरेकी थियौ ।
कठोर तपस्य गरेकी थियौ………..।
मेरो लागी यो भन्दा ठुलो उपाहार के हुन सक्छ र बुनु ?
मैले तिमीलाई एक मुठी चानचुने पैसा दिएको थिएँ ।
तिमी त्यति बेला धेरै खुसि भएकी थियौ ।
यसपालीको तिहार पनि खुसि साथ मनाउनु है बुनु ।
साथीहरु मिलेर
पिङहरु खेल्नु,
देउसी भैलो खेल्नु,
राम्रो राम्रो लुगा लगाउनु,
मिठो मिठो खानेकुरा खानु,
नाच्नु गाउनु र पटक्क पड्कानु,
भाई टिका मनाउनु ल बुनु…….. ।
यसपालीको तिहारमा तिम्रो हातको
टिका लगाउन पाईन नरिसाउ है बुनु…….।
यो तिहारमा तिम्रो लागी उपासना बस्ने छु ।
तिम्रो स्वास्थ्यको लागी,समृद्धिको लागी र दिर्घायुको लागी ।
म आउन नपाए पनि तिमीलाई
एक मुठी चानचुने पैसा पठाई दिएको छु ।
आमा-बाबाहरु सँग दाजुहरु सँग र दिदीहरु सँग
यसपालीको तिहार खुसिसँग मनाउ है बुनु ।।