कला तथा साहित्य

”नव नेपालको कल्पना” – आचार्य प्रभा

By admin

November 12, 2014

– आचार्य प्रभा

नव नेपालको मुहार फेर्न धर्तिको माटो खनि रहनु पर्दैन पहाडलाई ताछेर समतल गर्नु पर्दैन तराइलाई अग्ल्याएर चुचुरो बनाइ रहनु पर्दैन ऊ जस्तो छ,त्यस्तै रहन देउ त… र उस्को मुहार परिमार्जित गर्न हाम्रा स्वार्थरुपी पहाडलाई ढालेर निस्वार्थ समतल मैदान बनाउनु पर्दछ हाम्रा कुनियत,कुबिचाररुपी मैदानलाई ढाक्नलाई सदबुद्धी र सुबिचारको पहाड अग्लाउनु पर्दछ, जसरी भीर,कन्दराहरुमा पनि सुनाखरी,लालिगुरांश हाँसेकाछन , हाम्रा अधरहरुले पनि त्यसरी नै निस्वार्थ हाँसो हाँस्नु पर्छ, जसरी… खोला,नाला,झरना हरुले आफ्नो संगीतले धर्तिलाई मुग्ध बनाएको छ त्यसरी नै हाम्रा बांसुरी,सारङिको धुनले देशभक्ती गीतको लयमा बज्नु पर्दछ . ”नया नेपाल”फेरिनुको अर्थमा हाम्रा कलकरुपी मुहार नै फेरिनु पर्दछ जुन मुहारमा छल,कपट,हत्या, हिशाको कालो रङ पोतिएको छ, त्यो रङको अस्तित्व नै मेटिनु पर्दछ अनी…… सम्भव होला, पुराना अवशेषलाई बिनाश गरेर “नव नेपालको” उपमा दिन तब….. सार्थक होला बिगतका धमिला इतिहासलाई मेटाएर नयाँ इेतिहासको कथा कोर्न त्यस्तै “नव नेपालको” कल्पना गर्न ।