– हरि मानन्धर
विजया दशमी हरेकवर्ष आउ हरेक नेपालीको ढुकढुकीमा आउ सदावहार खुशी बनेर आउ अजर र अमर बनेर आउ यसपाली त विजया दशमी सँसारलाई नै चिनाउने गरि आउ नेपाल र नेपालीको प्रतिक बनेर आउ सार्वभौम बनेर आउ स्वतन्त्र बनेर आउ मानवीय मूल्य र मान्यता बनेर आउ हर नेपालीको दिमागमा आउ लडाईको रणभुमि बनेर होइन शान्तिको प्रतिक बनेर आउ नेतृत्त्वपक्षको लालच बनेर पनि होइन हर जनताको आकांक्षा पुरा गरेर आउ विजया दशमी हर नेपालीका घरघरमा आउ अध्यारोलाई चिरेर आउ दुःख र दरिद्रतालाइ हटाई सुख र खुशी लिएर आउ गरीवका घरहरूमा पनि आउ धनीका लागि महल होइन गरीवका लागि मल्हम बनेर आउ शुभकामना छ विजया दशमी हर नेपालीको लागि एक प्रतिष्ठा बनेर आउ सुनौलो विहानी बोकेर आउ ।