नयाँ साल आयो भन्छन् – विष्णु प्रसाद भट्टराई, इजरायल
adminकला तथा साहित्य
नयाँ साल आयो भन्छन खुसी छैन मनमा
वुढ्यौलीका चिन्हहरु देखिराछन तनमा
उमेरपनि छिप्पियो की, या पाकेर हो घाममा
वुढो भनी फर्काइदिन्छ जाँदाखेरी काममा
वन्द हड्ताल भए जस्तै
उमेर पनि पर्ने भए जाममा
यमराज पनि मख्ख पर्थ्यौ
फुर्सद मिल्थ्यो काममा
असी बर्षे वुढापनि भन्छन यहाँ छम्मछम्म
उठ्न सक्ने ताकत छैन माग्छन अझ चुम्मा
केटा भन्ने देख्नै हुन्न केटी चहिन्छ रुपमा
मोतेक शेली भन्छन अझ थप्थपाउदै कुममा
दुई चार चल्ने होइन अफर गर्छन जाऔ घुम्न
आजै होकी भोलि भन्दै परिराछ रुङ्न