तीजको गीत – कल्पना पौडेल(जिज्ञाशु)

admin

कला तथा साहित्य

कल्पना पौडेल “जिज्ञासु”

तीजको सबैलाई दिदै शुभकामना
दाजु भाई दिदी बैनी अभिवादन
फेरी पनि आयो बरै तीज घर आगन
माइती घर सम्झेर रुन्छ यो मन
धेरै बर्ष भै सक्यो प्रदेसमा आएको
छैन मैले तीजको दर खाएको
सन्तानको भबिस्य राम्रो होला भनेर
बसेकीछु नेपाल जाने दिन गनेर
बाध्यतामा फसेकिछु देसमा छैन रोज्गार
स्रम  शोषण दमन हिन्सा सहदै अत्याचार
यौटी चेली बेचिइन रे अर्की यौन सिकार
महिलाको जीवन बर्बाद भयो बेकार
ज्यान जोखिममा राखेर बिदेसिन परेको
छैन अझै गरीबको दु:ख हरेको
नयाँ सत्ता फेरीए नेताहरु मोटाए
देस बनाउने युबालाई बिदेस पठाएँ
ढुकुटी कुम्ल्याउदा नि छैन तिन्लाई अमन
गरीबलाई बस्ने खाने दिनै आएन
फर्कौ अब प्रदेसी आफ्नै देस बनाउन
सकिएन प्रबासमा कहिल्यै रमाउन