कला तथा साहित्य

म अनि मेरो नारी मन – लिला रिजाल (सुवेदी), इजरायल

By admin

November 13, 2014

लिला रिजाल सुवेदी

सधै झैं यसपाली पनि दैलो ढकढक्याउदै आएछ “नारी दिवस” म अनि म भित्रको नारी मन उस्तै भरोसा , उस्तै जीबन दृष्टि बोकेर नारी स्वतन्त्रतताको आवाज उठाउन निस्केको छ | बत्तिस दन्त देखाएर फिस्स हास्दै कहिले मान्छेहरुको भिडहरुमा पुग्छ त कहिले शान्त बनपाखामा घाँसको भारी बिसाउदै कान्लाहरुमा सुस्केरा हाल्दै ,कहिल्यै नओभाएका आशुहरु संग रुझ्छ उही भूमिका दोहोर्याएर जसरि पहिले पुगेको थियो | सत्ते ती पाखण्डीहरुलाई पछारीदिउ भन्छ यो बिचलित मन लुटिएको अस्मिता पाउन यो बिचलित मन लुटिएको अस्मिता पाउन बिच सडकमा टायर बालेर त कहिले अदालतको दैलो खटखटाउँदै आक्रान्त बनेको छ यो मन उजुरी हालेर थकित मुद्रामा संसद भवन घेरेर बसेको हुन्छ त कहिले पक्षघात भएर सडकमा लडेको छ | हेर्दा हेर्दै कारवाही सकिन्छ रित्तो अनि उस्तै उस्तै गरि इतिहास दोहोरिन्छ | फगत एउटा प्रश्न बोकेर दुइ चार जनाको भेला अनि यो कुर्लिएको यो मन अचारित्रिक प्रमाणपत्र थमाउने निर्लज्ज आडम्बरी समाज शरम हराएका मान्छेहरु संग टाउको हल्लाउदै जाबो अलिकति इज्जत सम्मानको खातिर कहाँ सम्म पुगेंन र बर्षौ भईसक्यो हिडेको हिडेइ छ । हिसाब किताब खोज्दै कुनैदिन त मिर्मिरे संगै हत्या बलात्कारको परित्याग गरेर यथार्थ भन्दा माथि उठेर मेरो रित्तो रित्तो नारी मन आशाको किरण सल्बलाउदै फर्कने छ  । सायद यसपाली त फर्कदै होला म ब्यग्र प्रतिक्षामा छु |