कला तथा साहित्य

गजल -कल्पना पौडेल “जिज्ञासु” इजरायल

By admin

November 13, 2014

-कल्पना पौडेल “जिज्ञासु”

बादलुमा छुप्दैछ नि किन आज जून पनि फिका देख्छु भित्ता भरी रङाएको चुन पनि सोच बिचार  भावनाले बन्दोरैछ सम्बन्ध त्यो पराइ लाग्छन आजकल मलाई आफ्नै खुन पनि आफन्तले दिएको घाऊ बल्झिएर दुख्या बेला बचन बाण जस्तै लाग्ने बासुरिको धुन पनि

सबै भन्दा ठुलो दौलत रैछ माया ममतानै मुल्य हिन लाग्यो आज हिरा मोती सुन पनि जस्को लागि आधा जीवन सँघर्षमा बिताए बुझेन खै निष्ठुरीले लगाएको गुन पनि