कला तथा साहित्य

आमा नजन्माउ कपुतहरु – भगवती बस्नेत, इजरायल

By admin

November 13, 2014

भगवती बस्नेत, इजरायल

आमा नजन्माउ कपुतहरु

आमा नजन्माउ कपुतहरु

आमा नजन्माउ अब ती कपुतहरु

तिम्रो अस्मितामा धावा बोल्नेहरू

तिम्रो दशधारा दुधको अपमान गर्नेहरू

तिम्रो छातीमा टेकेर चण्डी नाच देखाउनेहरू

अक्षुण्य शक्तिको रुप

आफैंले टेकेको

सर्वेश्वरी धर्तीलाई जसले सराप्छ !

नाङ्गो विचार प्रतिपादन गरेर

बिखण्डनको नारा घन्काउँछौ ?

बिना कर्तब्य अधिकार चाहिन्छ-

स्वतयत्तता होइन बिभाजन चाहिन्छ-

तिम्रो बाउको बिर्ता हो र नेपाल !

जे माग्यो त्यो पाइन्छ ?

अर्काको बुइ चढेर मच्चिन नखोज

उन्मादको नशामा बिखन्डन नरोज ।

आफ्नै आमालाई बेश्या भन्ने तिनै राहुहरु

साँच्चै नै मानवताका खोल ओडेका मातृ हत्याराहरु

आफ्नै सन्तानको कुव्यवहार देखेर

कतिसम्म मुर्छित बाँच्न सक्छ्यौ, आमा !

अब त्यस्ता कुपुत्रहरु नजन्माउ

जो तिम्रै समिपमा तिम्रै लागि

नैतिक र चारित्रिक देशप्रेमी हुन् सकेनन् !