गजल (गजल संग्रह सौगातबाट) – सरस्वती महत, नेपाल

Published Date: November 13, 2014
सरस्वती महत, नेपाल
सरस्वती महत, नेपाल
तिमी र म जन्मिएको धर्ती उही माटो उही,
भेदभाव किन गर्छौ मर्दा जाने माटो उही ।

हा़डमासुको शरीर हेर काटे वग्छ रगत उस्तै,
पिउने पानी तिम्ले अनि मैले ऱाने आँटो उही ।

कोही गरिव दुखी होलान् कोही धनी तर…
पौरखले गरिखाने सिंगो धर्ता पाटो उही ।

सृस्टिका सन्तान सबै जगत् जननीका,
नारी पुरुष दुई जातको हुन्छ नातो उही ।

तेरो मेरो भनी संधै खिचातानी गर्छौ किन,
अन्त्यष्टिमा बाँधी लाने बाँसको भाटो उही ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...