​नारीहरुको प्रेरणा रेहाना (कविता) भगवती वस्नेत , इजरायल

admin

कला तथा साहित्य

 

भगवती वस्नेत, इजरायल

आफ्नो स्वभिनमानको रक्षा गर्दा
आफ्नो स्वतन्त्रको बचाउमा
तिमीले कठोर यातनाको मृत्युबरण गर्नु पर्यो
तिमीले पठाएको अन्तिम भावनाले
सम्पूर्ण नारीको मनमा उज्यालो छर्नेछ
बलात्कृत भएर
सडक गल्लीमा फ्याँकिएर होइन
नारी आफ्नो अस्तित्व जोगाएर
हाँसी हांसी फाँसीमा चढ्न सक्छे
भन्ने एक उदाहरण तिमी रहाना
नारीको दिलमा गहिरो छाप छोड्ने तिमी रेहाना
तिमी सम्पूर्ण नारीको प्रेरणा हौ
चेतना हौ !

तिमी भन्छ्यौ
आमा, म माटो भित्रै कुहिन चाहन्न”
मेरा सम्पूर्ण अंगहरु दान गर्न चाहन्छु
मेरो कल्कलाउदो शरीरका अंगहरु
कसैको शरीरमा चलायामन होउन्
१९ बर्ष स्वतन्त्र हजुरको काखमा रमाए
यो जीवन यति नै रहेछ आमा !

७ बर्षको कालकोठरीमा बित्यो
मलाई कुनै पश्चाताप छैन
मैले एकशब्द क्षमा याचना मागिन्
मृत्यु पश्चातको अर्को संसारमा
अरुहरु आरोपित हुनेछन
जुनबेला आरोपपत्र दायर गर्ने
तपाइँ र म मात्र हुनेछौ आमा
इविन जेलको चिहानबाट
मेरो अन्तिम पत्र हजुरलाई !

नारीको अस्मितालाई भुइँको धुलो सम्झने
नरपिचासहरु हो
तिमीहरु अब होसियार बन
नारी अबला छैनन्
ज्यानको आहुति दिएर
सैतानहरुलाई खरानी बनाउने
साहस छ नारीमा
नारी सक्तिलाई कम आँक्ने
तिम्रा गिद्दे नजरहरु झिरमा उनिने छन् अब ।