कपिलवस्तुको चन्द्रौटामा पत्रकार भेटघाट कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले माघ ८ भित्र नयां संविधान जारी गर्न अव कुनैपनि तागतले रोक्न नसक्ने बताउनुभयो ।
एमाले उपाध्यक्ष समेत रहनु भएका गृहमन्त्री गौतमले विगतमा जस्तै डर त्रास देखाएर कोही नतर्सने बताउनुभयो ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकिकृत माओवादीले संविधानसभालाई विफल बनाएर अराजकता मच्चाउन खोजेको बताउनु भएको छ ।
उहाँले एमाले र कांग्रेसले ल्याएको साझा दस्तावेजलाई संविधानसभामा लगेर माघ ८ मा संविधान जारी गरेर छाड्ने बताउँदै माओवादीको अभिष्ट पुरा हुन नदिने स्पष्ट गर्नुभयो ।
झापाको दमकमा विहिवार विहान पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले देशलाई अप्ठेरो पार्ने, षड्यन्त्र भइरहेकाले यसलाई परास्त गर्न आफुहरु लागिपरेको बताउनुभयो ।
सहमति बेगर संविधान जारी हुँदैन भन्ने र सहमतिमा आउन नचाहाने प्रबृत्तिले संविधान जारी हुन नदिने खेल भएको स्पष्ट भएको उहाँको जिकिर थियो ।
