बृहत आध्यात्मिक प्रवचको लागि आध्यात्म शिरोमणी रामकृष्ण उपाध्याय इजरायलमा

कार्यक्रमको तयारी अन्तिम चरणमा

Published Date: February 12, 2015

एन आई न्यूज इजरायल,

हिन्दु जागरण नेपाल अभियान इजरायलको  विशेष निमन्त्रमालाई स्विकार गर्दै हिन्दु जागरण अभियान नेपालका  महाअभियन्ता सुप्रसिद्द भागवताचार्य आध्यात्म शिरोमणी गुरुदेव रामकृष्ण उपाध्याय बृहत आध्यात्मिक  प्रबचन कार्यक्रमको लागि इजरायल आईपुग्नुभएको छ । शुक्रवार साँझ इजरायलको तेलअभिवमा आयोजित हिन्दु धर्मालम्वीहरुको वि्शेष धार्मिक पर्व श्री  स्वस्थानी ब्रतकथाको समापन  तथा महाशिवरात्रीको अवसरमा हुने वृहत आध्यात्मिक प्रवचनको निम्ती नेपालदेखी कतार एअरलाईन्स हुदै वुधवार साँझ ९ वजे इजरायल आईपुग्नुभएको हो ।416587bc518da90144e9a9f8085fcc1223e439214ab90ff4e26fca26f1cf8712

हिन्दु जागरण नेपाल अभियान इजरायलले उक्त आध्यात्मिक कार्यक्रमलाई भव्यरूपमा सम्पन्न गर्नको निम्ती पुर्ण रूपमा तयारी गरिसकेको जनाएको छ । इजरायलको तेलअभिवस्थित केन्द्रिय वसपार्क (तखाना मर्काजित)को तेस्रोतल्लास्थित सेल्फी हल (सेल्फी हल) मा आयोजना गरिएको उक्त आध्यात्मिक प्रवचन कार्यक्रम साँझ ५ बजेदेखि शुरु भई ११ बजेसम्म चल्ने बताइएको छ । हिन्दु धर्मालम्वीहरुको वि्शेष धार्मिक पर्व श्री  स्वस्थानी ब्रतकथाको समापन  तथा महाशिवरात्रीको अवसरमा आयोजना गरिने  वृहत धार्मिक प्रवचन कार्यक्रमबाट नेपालका मौलिक धर्मालम्वीहरु  हिन्दु वौद्द, किराँतहरू ले आध्यात्मिक लाभ लिन सकिने बताइएको छ ।62b3da988b7ef66a4fd5df4c37cb3d52b2bac48ac113b4664cdca57863aaeb36

हिन्दु जागरण इजरायलले प्रवासमा रहेर पनि मन सुद्दिकरण, आत्मसन्तुष्टी तथा सनातन धर्मलाई माया गर्दै   उक्त कार्यक्रममा उपस्थित भई आध्यात्मिक ज्ञान, भजन, कृतन लगायत विविध धार्मिक गतिविधीहरूमा सामेल हुनुको साथै टिका प्रसाद ग्रहण गरी  धार्मिक लाभ लिनुहुन समस्त नेपाली माटोका सनातनी इजरालवासी नेपालीहरूलाई हार्दिक अनुरोध गरेको छ ।

dc6b55e5d45a9f4733c140535844057485ea73eb5c94400c3d853325547afd6f

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...