युगले कोल्टो फेरीसक्यो संसार विज्ञान र प्रविधिले साँगुरीसक्यो । महिनौ लाग्ने एउटै काम पनि एकै छिनमा हुनथाल्यो असम्भव भनिएका सबै कुरा प्रमाणित भैसके । विज्ञानले जल, जमिन र अन्तरिक्षलाई आपmनो नापमा पारिसके तर खै त हाम्रो साँेच र व्यवहारमा परिवर्तन ? अझै पनि हामी चुलो चौको र घर आगनीमै दिन बिताउँने ? सामन्ती परम्परा र समाजले थोपरेको अन्धविश्वास र कुरीतिलाई अगाल्दै जाने ? धामी झाँक्रीको आडमा बोक्सी भनी मलमुत्र अझै पनि खुवाउँदै जाने ? पाप कटाउँने ,स्वर्गमा जाने भन्दै मन्दिर मात्र धाँउने ? धर्मको नाममा ठुला ठुला यज्ञ र भोज भतेर चलाउँदै जाने ? सम्पतिको दम्भ र धाक देखाउँन छोरीलाई दाइजोसँगै विदा दिने ? कँही कत ैत दाइजो नल्याएको बहानामा बुहारीलाई जीउँदै जलाउँने अझै पनि महिलालाई मनोरञ्जन र वच्चा पाउँने साधन नै ठान्ने । विकास निर्माणका योजनामा भन्दा टपरी गाँस्ने र बत्ती कात्ने जिम्मा लगाउँने समाज र देश विकासका नीति निर्माणमा भन्दा मन्दिर धाउँन प्रेरित गर्ने । कसरी बढछ समाज र राष्ट्र अग्रगतिमा ? हाम्रो सोँचाइ यथास्थितिमा तर हाम्रो सोँच र विचारमा परिवर्तन ल्याउँनै पर्छ नेपाली समाज र राष्ट्र विकासको निम्ति एउटा निर्णय त लिनै पर्छ । अरुले पखेटा हाल्दा हामी बामे त सर्नै पर्छ । परम्पराका नाममा पाएका कुरीति ,कुसंस्कार र अन्धविश्वास चिर्नै पर्छ । धामी झाँक्री र बोक्सी होइन , विधि विधान र विज्ञानलाई मान्नै पर्छ । दाइजो तिलक र डर पोक होइन छोरीलाई जीवनोपयोगी शिक्षा दिनै पर्छ । अन्याय र अत्याचार सहेर लुकाएर होइन हामी काममा खटेर डटेर लडेरै लिनुपर्छ अधिकार ।