परिचयको खोजी

News Team

कला तथा साहित्य

जीन्दगी एक मिठो कल्पना नै त हो । जहाँ  मिठो कल्पना गरिन्छ भने जीवन पनि मिठै लाग्छ । तितो कल्पना गरे तितै लाग्छ  । उसोभए किन जीबनलाई सहज ढंगले नलिने त  ? भने जत्तिकै यो संसार कहाँ सजिलो  छ र , जीवनको गाडी सहि संग हाक्न र संचालन गर्ने नाउमा  कहिले आर्थिक समस्या ,  सामाजिक बन्धन त् कहिले  पारिबारिक पर्खाल तेर्सीन्छ । त्यो पर्खाल  नाघ्न खोजे असामाजिक उपनाम दिन्छ । अनि समाजले  यो यस्तो उ उस्तो भनी कति सजिलै भनि  दिन्छ । नारी दिवस मनाउन थालेको पनि १०५ वर्ष बितिसकेछ ।  तर कतिले यो बन्धनबाट कति  बाहिर आए होलान त्यहि समाजले तोकिदिएका नियमभित्रै पनि  त्यो भित्र कति कुरूप छ के थाहा  ? समाजले त् बाहिर सतही रुपमा बुझ्ने न हो ।     यदि मान्छेले भरपुर स्वतन्त्रता उपभोग गर्न पाउने हो भने मान्छेको जीवन  कति रसिलो र सन्तोषजनक हुदो हो ।

आज   उसले  भोगेको जीबन, कल्पना गरेको संसार, बुझेको सौन्दर्यता र समाजले बुझेको सौन्दर्यतामा धेरै फरक भेटी उसले भोगेको जीबन बाट   माथि उठेर स्वतन्त्रताको  लहर नशा नशामा दौडदै थियो ।  शरीर ढाकेको घुम्टो  कुर्ता सुरुवाल उतारेर क्रमश काँटीमा झुन्ड्याई ।  बिकार युक्त हावा बाट स्वच्छ हावामा लामो सास फेरी  । फेरी एकपटक मनको कौतुहलता मेट्न  फेरी एकपटक  ढोकाको चुकुल लागेको छ कि छैन हेरी  । ऐनामा  हेरेर सम्पूर्ण शरीरको  सौन्दर्य नियाली  अगाडि देखेकी जो युवती थिई जसलाई आजसम्म कहिल्यै यसरी नियालेर हेरेकी थिइन् । पहिलो पल्ट थाहा पाई कि   उ   यती धेरै सुन्दर, निश्चल, निर्मल ,ममतामयी स्नेहमयी छ भनेर  लयालु आँखाले हेरी —सायद यो संसार येस्तै बाथरुम जस्तै स्वतन्त्र भैदिए ….