Loading...

हल्लै हल्लामा सिमित इजरायलको रोजगारी, पैसा असुल्न सक्रिय बिचौलियाहरु

Published Date: March 17, 2015

Sampadkiyeनेपाली कामदार विशेषत महिला कामदारहरुको लागि आकर्षक कमाई हुने उत्तम गन्तव्य मानिदै आएको मध्यपूर्वको इजरायलको रोजगारी बन्द भएको करिव ६ बर्ष पुगिसकेको छ । गएका केही साता हरुमा जस्तै ६ बर्षको यो अन्तरालमा रोजगारी अवरुद्द हुदाताकाका दिनहरुमा पनि एवं रितल रोजगारी खुल्यो भन्ने हल्लाहरु धेरै पटक सुनिए, त्यो पनि उनै नेपाली म्यानपावर एजेन्सीहरु जो इजरायलको रोजगारीको अवस्था यो हालतसम्म पुर्याउनुको मुख्य जिम्मेवार मानिन्छन् उनीहरुबाट नै । उनीहरुले इजरायल आउने आशामा बर्षौदेखि इजरायलको रोजगारीको बाटो कुरेरै बसेका हजारौं प्रतिक्षारत नेपालीहरुबाट पेश्की वापत पैसा असुल्न यस्ता किसिमका अनर्गल हल्लाहरु चलाउने गरेको तथ्य आइनै रहे, हामीले यी यस्ता गतिविधीहरुबाट जोगिन सर्वसाधारणलाई यथाशक्य सचेत पनि गराइरह्यौं । समय बित्दै गयो यी यस्ता हल्लाहरु फगत हल्ला सावित भए अनि हल्लामै सिमित रहे पनि ।

इजरायलको रोजगारी पूर्णरुपमा अवरुद्द हुदै आइरहेको आधा दशकभव्दा वढि भइसकेको छ । गएको दुईबर्षदेखि इजरायल र नेपालविच पुन इजरायलको रोजगारीलाई सरकारले सरकारलाई (government To government) प्रक्रियाबाट खुल्ला गर्ने सैद्दान्तिक सहमती बनेसँगै विभिन्न संचार माध्ययमहरुमा बेला बेलामा सम्झाना गराउने गरी समाचारहरु सम्प्रेसण हुदै आइरहेका छन् । जव जव संचार माध्ययमहरुमा यी खवरहरु छाउछन् तब तब इजरायलको रोजगारी खुल्ने बाटो हेरेर बसिरहेका तमाम नेपालीहरुलाई झक्झकाउने गर्दछ र कतिपय बास्तविकता खोज्नतर्फ तर्फ लाग्दछन् भने कतिपय हल्ला फिजाउने गिरोहको शिकार पनि वन्ने गरेका छन् । तर, कुरो त्यही गएर पूर्णविराम लाग्ने गर्दछ, अझै खुलेको छैन, प्रक्रिया धेरै अगाडि वढिसकेको छ भन्नेमा ।

पछिल्लो समयमा इजरायलको रोजगारीको कुरा गर्दा कतिपय नेपाली म्यानपावर एजेन्सीहरुले इजरायलको रोजगारी पुन एवम् रितल सुचारु हुन्छ भन्ने अनर्गल प्रचार गर्ने गरेको पनि सुनिने गर्दछ । जति हल्ला गरेपनि इजरायलको रोजगारी पहिला जसरी खुल्ने सम्भावना नै नरहेको अहिलेको अवस्था छ । सरकारी अधिकारीहरु भन्छन् – “इजरायलको रोजगारी पहिले जसरी नै खुल्नुपर्छ भन्नुको तात्पर्य इजरायलको रोजगारी कहिल्यै नखुलोस् भन्ने हो भन्ने वुझे हुन्छ” ।

त्यस्तै पछिल्लो समयमा पनि इजरायलको रोजगारी खुल्यो, यति कोटा  पायो, अथवा भित्रभित्रै कामदार छनौट भइरहेको छ भन्ने अफवाहहरु सुनिन थालेका छन् । हामीलाई पनि यस बारेमा धेरै ठाउँबाट सोधपुछ भइऱहेको छ । कुरा सुन्दा हो कि भन्ने पनि लाग्ने गर्छ जो कसैलाई । तर, इजरायलस्थित नेपाली राजदूतावास स्रोतले भने त्यो कुरालाई अनाधिकारीक हल्ला मात्र भएको बताउदै इजरायलको रोजगारी यथासिघ्र खुलाउन नेपाल सरकारले  पहल जारी राखेपनि त्यसले ठोस रुप लिन नसकेको बताएको छ ।

जीटूजी प्रकियामा सहमति वन्न नसकेका केही विषयहरुमाथि छलफल गर्न गत १५ सेप्टेम्वर २०१४ मा इजरायल सरकारबाट एउटा टोली डेलिगेसनकोलागि नेपाल गएर फर्किएपछि  गएको केही साता अघि मात्र नेपाल सरकारले पुन: सुधारिएको अर्को मर्स्यौदा इजरायल सरकारललाई पठाइसकेको छ तर, इजरायल सरकारले त्यसपश्चात अझै कुनै प्रतिक्रिय़ा जनाइ नसकेको नेपाली दूतावास स्रोतको  भनाई छ ।

उता नेपालमा यही विषयले ठाउँ लिएको अवस्था छ । यी यस्ता हल्लाहरु अनि यसकै आधारमा सेटिङको नाममा पैसाको चलखेल भइरहेका केही तथ्यहरु पनि हामीसम्म आइपुगेका छन् । यस विषयमा अनभिज्ञता प्रकट गर्छन श्रम विभागका अधिकारीहरु । करिव एक महिना अगाडि मात्र  आफ्नो परराष्ट्र मन्त्रालय, श्रम विभाग( वैदेशिक रोजगार विभाग)  र  केही नाम चलेका नेताहरूसंग समेत निकट सम्वन्ध रहेको वताउदै इजरायलवाट ३०० जनाको कोटा  नेपाल सरकारलाई आईसकेको, ५०/ ५० जनाको दरले  चरणवद्दरूपमा इजरायल पठाईने  र छनौट प्रकृया समेत शुरू भईसकेको वताउदै छनौटमा  पार्नको लागि  सेटिङ  समेत मिलाईएको एक बिचौलियाले वताएका छन् । लागत खर्चको  बारेमा उनले १० लाखसम्म लाग्ने वताउदै  २२ वर्षभन्दा मुनीका किशोरीहरूलाई पार्सपोर्ट वनाउने लगायत अन्य कागजी डकुमेन्टहरू जुटाउन लगाएको र केही रकम समेत असुल गरेको प्रमाण हामीले  पनि फेला पारेका छौ । यसै विषयलाई लिएर  हामीले एक जना आफन्तलाई  श्रम तथा वैदेशिक रोजगार विभागमा  समेत  वुझ्न  पठायौ तर श्रम विभागका एक अधिकारीले   इजरायल खुलिनसकेको र खुलेको खण्डमा  सरकारी  प्रकृयावाट कोरियाको जस्तै गरी खुल्ला प्रतिस्पर्धामा मात्र हुने वताउदै भ्रममा परेर रकम नफसाउन समेत सुझाए । यता नेपाली राददूतावासले पनि रोजगारी खुल्ला भएपश्चात खुल्ला प्रतिस्पर्धामा कामदारहरु इजरायल आउने बताएको छ ।

यसरी जसरी भएपनि इजरायलको रोजगारीमा आउन चाहाने नेपालीहरुको कमजोरीको फाइदा उठाउदै झुटकै सहारामा भएपनि उनीहरुबाट रकम असुल्ने प्रयास जारी छ, त्यसैले हामी सम्पूर्ण इजरायल आउन इच्छुक नेपालीहरुलाई कोही कसैको वशमा नपरी इजरायलको रोजगारी खुल्ला भए नभएको सम्वन्धित निकायमा वुधेर मात्र आफ्नो प्रक्रिया अगाडि वढाउन अनुरोध गर्दछौं ।

पछिल्लो पटक करिव ३ बर्ष अगाडि इजरायल सरकारले नेपाली कामदारलाई परिक्षण स्वरुप १०० वटा कोटा उपलव्ध गराएपनि नेपाल सरकारले त्यसलाई व्यवस्थित र सर्वसुलभ गराउन नसकी मेनपावर व्यवसायी र एजेन्टहरुकै मिलेमतोमा अधिकतम रकम अशुली १०८ जना कामदारहरु इजरायल पठाइएका थिए ।  इजरायलले नेपाली कामदारकोलागि दिएको अवसरलाई नेपाल सरकारले कहिल्यै पनि पारदर्शी र व्यवस्थित गर्न नसक्नु, जतिसुकै रकम तिरेर भएपनि नेपाली कामदारहरु इजरायल आउनकोलागि हानथाप गर्नु, भारतिय पासपोर्ट वनाएर भएपनि इजरायल आइरहनु, इजरायल सरकारले अरु मुलुकहरु भन्दा नेपाललाई निगरानीमा राखिरहनुले हामी नेपालीहरुले बैदेशिक रोजगारीकोलागि कहिलेसम्म यो स्वाभिमानी शिर झुकाइरहनुपर्ने हो यो प्रश्न अनुत्तरित भई स्वाभिमानी नेपालीहरुको माझ उभिइरहेको छ ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...