आँखा भएर के भो र दुनिया देख्न नसक्ने हो भने । दुवै कान भएर के भो र सकारात्मक कुरा सुन्न नै सकिदैन भने । मुटु भएर के भो र निस्वार्थ प्रेमले बास पाउदैन भने । मुख भएर के भो र रामे्रा वाणी नै आउँदैन भने मधुेर मुस्कान दिन सकिदैन भने ।
नाक भएर के भो र सुगन्ध र दुर्गन्ध छुट्रयाउन सकिदैन भने । दिमाग भएर के भो र असल शिक्षा ग्रहण गर्दैन भने । दुवै हात बलिया भएर के भो र असल कार्य गर्न सकिदैन भने । दह्रा खुट्टाले के भो र काँडा पन्छाएर हिड्न सकिदैन भने । ठूलो घर भएर के भो र घरवारविहिनले आश्रय पाउेदैन भने । चैरासी व्यञ्जनले के भो र शरीरले पचाउन सक्दैन भने भोको पेटले एक गास पाउँदैन भने । प्रमाणपत्रले के भो र सही र गलत विश्लेषण गरिदैन भने । राम्रो विचारले मात्र के भो र अरुलाई संञ्चार गर्न सकिदैन भने ।
बाहिरी सुन्दरताले के भो र सम्हालेर राख्न सकिदैन भने । बहुमूल्य गहना र पोसाकले के भो र भित्री गुणले सिंगार्न सकिदैन भने। आशा मात्र भएर के भो र पर्खाइमा धैर्यता लिन सकिदैन भने । साथीहरुको भिडले के भो र दुःखमा साथ दिन सकिदैन भने । नक्कली आँसुले के हुन्छ र दुखेको घाउमा मलमपट्टी लगाउन सकिदैन भने । ओंठको हाँसोले के हुन्छ र ब्यबहारले छुरा प्रहार गर्छ भने । शक्ति र पहुँचले के भो र समाज बदल्न सकिदैन भने धन दौलतले के भो र सही सदुपयोग गर्न सकिदैन भने जिउँदो भएर के भो र सार्थक जीवन जिउन सकिदैन भने ।