खत्तम राजनीति गर्‍यौं भन्दै बाबुरामको साइट ह्याक गरिदिएपछी..?

Published Date: April 8, 2015

काठमाडौं : एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईको वेबसाइट ह्याक भएको छ । साइटको ब्लग पेज ह्याकरले ह्याक गरेका छन् । ह्याकरलेhacked_989336533 फेसवुक पेजमा भट्टराईको फ्यान पेजलाई मेन्सन गर्दै साइट ह्याक गर्नु वाध्यता रहेको बताएको छ ।
एनोनोमस नाम गरेको सो पेजले लेखेको छ, ‘हामीले साइट ह्याक गर्न वाध्य भएका छौ, कारण तिमीले खत्तम राजनीतिकखेल खेल्न थालेका छौं। अब हामी सिकाउँछौ, कसरी खेल खेल्ने ।’
साइटको ब्लग मेनु पेजमा अमेरिकी कलाकार एवं राजनीतिज्ञ रोनाल्ड रिगनको चर्चित भनाइ ‘सरकारको पहिलो कर्तव्य जनतालाई रक्षा गर्नु हो तर जीवनमा खेलवाड गर्नु हैन ‘ राखिएको छ । डा. भट्टराईको साइटको होम पेजमा भने कुनै असर देखिएको छैन । आजको अन्नपुर्ण पोष्टमा खवर छ ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...