भुकम्प पिडितहरूको सहयोगार्थ तेलअभिवमा नेवारी खाजा तथा खानाहरू विक्री गरिदै

Published Date: May 5, 2015

एन आई न्यूज इजरायल,

सहयोगी मनमात्र भए पुग्छ । देश रोएको छ आज, सारा नेपालीहरू पनि देशसंगै स्तव्ध भएका छन् । पिडितहरूको घाउमा केही भएपनि मल्हम लगाउने चाहनासंगै इजरायलवासी नेपालीहरू  एकसाथ राहत संकलनमा जुटेका छन् ।
त्यतीमात्र होईन इजरायलमा रहेका नेपाली दिदिवहिनीहरूले “नेपाल भुकम्प पिडित सहयेाग सँकलन अभियान २०७२ इजरायल” लाई समर्थन गर्दै सहयोग पुर्याउने उध्येश्यले यही मे १५ र १६ तारिख इजरायलको तेलअभिवस्थित लेवेन्स्की पार्कमा नेवारी खाजा तथा नेपाली खानाका परिकारहरू  विक्री गर्ने भएका छन् । सो परिकारहरू विक्री गरेर आएको मुनाफा रकम नेपाल भुकम्प पिडित सहयेाग सँकलन अभियान २०७२ इजरायल मार्फत पिडितहरूलाई पठाउने आयोजक दिदिवहिनीहरूले जनाएका छन् । पिडितहरूको सहयोगार्थ संचालित उक्त खाजा घरमा इजरायलमा रहेका नेपालीहरू तथा इजरायली नागरिकहरूलाई समेत अनुरोध  गरिएको छ ।imagesSESSQRIK
नेवारी खाजा तथा नेपाली खानाको परिकारहरू यस प्रकार रहेको छ ।
नेपाली खाना ( मासु सहित ) —प्रतिप्लेट -२५ सेकल
रोटी तरकारी —प्रतिप्लेट—१५ सेकल
समय बजी छोर्इला, भटमास, अण्डा, चिउरा, तरकारी —-प्रतिप्लेट -२० सेकल
वारा + छोईला + अचार —- प्रतिप्लेट————–१५ सेकल
म.म प्रतिप्लेट————१५ सेकल
कोक पानी लगायत अन्य आईटमहरू समेत रहनेछ ।
समय :—-दिउसो ३ वजेदेखी ९ वजे सम्म



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...