Loading...

मताधिकार प्रयोग गर्नबाट वञ्चित गराउने एनआरएन इजरायलले अरु के के सुविधा दिन्छ सार्वजनिक गरोस् !

सम्पादकिय

Published Date: May 24, 2015

Sampadkiyeइजरायलमा हाल अन्दाजी ४ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिन्छ । ४ हजार नेपालीहरुको विचमा करिवन ४० वटा संघ संस्थाहरु यहाँ मौजुद छन् र सरसर्ती हेर्दा आफ्नो नियमित ओभरटाइम सहितको काम भएका र इजरायलको सुदुर उत्तर किरियात स्मोना, दक्षिण विरसेभा आसपासका केही क्षेत्रहरुमा कार्यरत नेपालीहरु छोडेर भन्ने हो भने इजरायलको राजधानी जेरुशलेम र तेलअभिव आसपासका कुनै संघ संस्थामा अवद्द नभएका नेपालीहरु भेट्न गाह्रो छ भनिन्छ । इजरायलमा नयाँ नेपाली कामदारको प्रवेश हुन नसक्दा यहाँ रहेका यति विघ्न संघ संस्थाहरुमा कतिपय संघ संस्थाहरु सदस्यता कोरम पनि नपुग्ने हालतमा छन् । त्यसैले त एउटा संस्थाका प्रतिनिधी वा सदस्यहरु अर्को संस्थामा आवद्द भएकै छन् ।  अर्को संस्थासँग जोडिएकै छन् । त्यो वाध्यात्मक जस्तै भइसकेको छ  । कतिपय संघ संस्थाहरु यस्ता छन् जसको निश्चित उद्देश्य र विधान केही पनि छैन् । आखिर किन खोलिन्छन् यसरी यस्ता संघ संस्थाहरु यस विषयमा फेरी कुनै दिन अलि गहिरिएर विश्लेषण गरौला ।

संघ संस्थाको कुरा गर्दा सबैभन्दा पहिले एनआरएनएकै कुरा उठ्छ । एनआरएनए विश्वभरी छरिएर रहेका गैर आवासिय नेपालीहरुलाई संगठनात्मक रुपमा एउटै मालामा एकिकृत गरी मुलुकको सर्वाङ्गिण बिकास र प्रवर्धनमा टेवा पु-याउनको निम्ती विशेष भुमिका खेल्ने गरी स्थापना गरिएको विदेशमा रहेका नेपालीहरुकोलागि नेपाल सरकारद्वारा मान्यता प्राप्त एक मात्र अन्तराष्ट्रिय संस्था हो । नेपाल सरकारले एनआरएनलाई सामान्यतया यही भाषामा परिचय गराउन सिकाएको छ । तर, यसको तथ्य र व्यवहारिकतामा कति मेल छ त्यसलाई छोडौ ।

एनआएएन राष्ट्रिय समन्वय परिषद इजरायलले  हाल पुन सदस्यता नविकरणकोलागि आह्वान गरेको छ । यस अघि पनि एनआरएनले सदस्यता र नविकरणको नाममा हजारौ शेकेल इजरायलवासी नेपालीहरुबाट उठाइसकेको छ । के यसरी उठाइएको लेवी वापतको रकम बराबरको मात्र भएपनि एनआरएनए इजरायलले यहाँ रहेका नेपालीहरुलाई सेवा सुविधा दिन सकेको छ त ?  एनआरएन इजरायलले प्रत्येक दुई बर्षमा नयाँ कार्यसमिति चयन गर्ने भन्दै सर्वसाधारणबाट सदस्यता र नविकरणको नाममा पैसा उठाउदै आएको छ । यो पटक पनि एनआरएनले २ महिना अघिदेखि नै सदस्यता लिन वा नविकरण गर्न पटक पटक सुचना जारी गर्दै आइरहेकोमा पछिल्लो पटक केही दिनअघि मात्र एनसिसि इजरायलले सदस्यता लिन २२ दिन मात्र बाँकी भन्दै पुन सुचना जारी गर्दै आगामी जुन १२  सम्ममा सदस्यता नविकरण गरेमा  पुरानै सदस्यता नम्बर कायम रहने र संघको पञ्जिकृत सदस्यको हैसियतमा पाउने सबै अधिकार र सुविधाहरू पाउने र जुन १२ सम्ममा नबिकरण नगरेमा ती सम्पूर्ण अधिकार बाट बञ्चित रहने बताएको छ । एनआरएनएले इजरायलवासी आफ्ना सदस्य नेपालीहरुलाई के त्यस्तो सुविधा दिदै आइरहेको छ ति सबै कुरा सुचनामा लेख्न त सम्भव थिएन, तर एनआरएनए इजरायलले के कति सुविधा दिइरहेको छ र दिनेछ त्यो विषयमा कुनै माध्ययमबाट सार्वजनिक गरे सम्पूर्ण इजरायलवासी एनआरएनहरु अनुग्रहित हुने थिए की ?

एनआरएनए इजरायलले आफ्ना सदस्यहरुलाई दिनसक्ने मध्येको एउटा अधिकार दुर्लभ बन्दै गएको एनसिसि वा आइसिसीको महाअधिवेशनमा आफ्नो मताधिकार प्रयोग गर्ने हो । एनआरएन इजरायलको हकमा  अधिवेशन गरेर जनताको मतबाट प्रतिनिधी चयन हुने पद्दतीको अन्त्य भइसकेको छ । गएको पटक निर्वाचन प्रणालीबाट सदस्यहरु चयन गर्ने जोड प्रयास हुदाहुदै पनि सहमतिको नाममा टिके प्रथाले नै प्रशय पाउदा त्यसो हुन सकेन र सदस्यहरु आफ्नो अधिकारबाट वञ्चित रहे ।  आइसिसीको हकमा स्मरण रहोस् २०१३को अक्टूवरमा काठमाण्डौमा सम्पन्न महाधिवेशनमा घर विदामा गएका एनआरएन इजरायलका सदस्यता लिएका इजरायलवासी नेपालीहरुले  त्यही एउटा मताअधिकार समेत प्रयोग गर्न पाएनन् । केही साताको छोटो विदाको समयमा आफ्नो अमूल्य समय निकाली मताधिकार प्रयोग गर्न सभाहलमा पुगेका इजरायलवासी नेपालीहरुलाई इजरायलको समितिले केन्द्रमा वुझाउनु पर्ने लेवी वापतको रकम नवुझाएका कारण तिमीहरुले भोट हाल्न पाउदैनौ भनियो । त्यति मात्र होइन ‘इजरायलमा एनआरएन नै छैन्, तिमिहरु गएर गठन गर’ भन्ने जवाफ समेत त्यहाँबाट आयो, यसको  प्रत्यक्ष साँक्षी प्रमाण एनआरएन इजरायलका भुतपूर्व अध्यक्ष भुवन कुवंर छन् । इजरायलवासी नेपालीहरुबाट सदस्यताको नाममा पैसा संकलन गरेर बार्षिक रुपमा वुझाउने लेवी वापतको रकम नवुझाउदा विचरा इजरायलवासी नेपालीहरु निराश वन्दै सभाहलबाट वाहिरए । एनसिसी इजरायलको समिति भित्रको आपसी विवादको दलदलका कारण हो वा अन्य केही कारणले हो एनसीसी इजरायलले केन्द्रमा लेवी समेत तिरेनन् । आखिर यो पञ्जिकृत सदस्यता लिएर पाउने त्यही अधिकारको पनि सुनिश्चितता गर्न नसक्ने एनसिसी इजरायलले आफ्ना सदस्यहरुलाई अरु के के सुविधा दिन सक्दो रहेछ सार्वजनिक गरेर मात्र सदस्यता दिलाए सिधासादा इजरायलवासी नेपालीहरुमा अन्यौलता हुने थिएन् । अन्यथा सुविधाको नाममा सदस्यता वनाएर आफुले पाउने अधिकार के हो,  त्यो पाएँ की पाएन को अवस्थामा सर्वसाधारणलाई गुमराह हुने क्रियाक्लाप एनआरएनको नाममा नगरियोस् ।

त्यस्तै एनआरएन एनसिसी इजरायल के कस्तो अवस्थाबाट गुग्रिएको छ सायद त्यो यहाँ रहेका नेपालीहरुलाई भनिरहनु जरुरी छैन । जसरी तसरी कार्यसमिति चयन गर्ने अनि आफूले गरेका प्रतिवद्दताहरुबाट भाग्दै फेरी अर्को कार्यसमिति चयन गरी आफ्ना सदस्यहरुमाथि राजनिति गर्ने जुन प्रवृति एनआरएनए इजरायलमा छ यदि अवका दिनहरुमा पनि त्यसैको पुनरावृती हुने हो भने यसरी इजरायलवासी नेपालीको नाममा विभिन्न ललिपप देखाएर सदस्यता दिलाउने अनि उनीहरुमाथि नै राजनिति गर्ने क्रियाक्लापको अन्त्य हुनु आवश्यक छ,  अन्यथा एनआरएन आइसिसीले राष्ट्र र राष्ट्रियताप्रति जुन जिम्मेवारी वहन गर्दै आइरहेको छ त्यो प्रशंसयोग्य रहँदै आइऱहेको छ त्यसैमा पनि एनआरएनएनसिसी इजरायलका कारण नै  पानी फेरिने अवस्था नआउला भन्न सकिदैन् ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...