आठौं नेफ्टा अवार्ड कतारमा गरिदै, क्लाप पड्काएर अवार्डको घोषणा

Published Date: June 23, 2015

neftaआठौं नेफ्टा अवार्ड कतारमा हुने भएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले शनिबार राजधानीमा अवार्ड घोषणा कार्यक्रम गर्दै आठौं नेफ्टा अवार्ड कतारमा हुने जानकारी गराएको हो ।

कार्यक्रममा कलाकारले केक काटेर तथा चलचित्रसम्बन्धी विभिन्न संस्थाका अध्यक्षले क्लाप पड्काएर अवार्डको घोषणा गरे ।

सो कार्यक्रमा संघका तर्फबाट चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलाई स्वागत गरिएको थियो । अध्यक्ष राईले नयाँ पुस्तालाई समेत अवार्डको निर्णायकमा राख्न सुझाव दिए । आयोजक संस्था प्राविधिक संघका अध्यक्ष मनोज केसीले अवार्डलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने बताए । केसीका अनुसार १ वैशाख २०७१ देखि ३० चैत २०७१ सम्म प्रदर्शनमा आएका नेपाली चलचित्र अवार्डमा सहभागी हुनेछन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...