Loading...

कामदार पक्राउको विषयले ‘लहरो तान्दा पहरो थर्किने’ त होइन ?

Published Date: July 6, 2015

Sampadkiyeहाल अन्दाजी ३० लाखको हाराहारीमा नेपाली युवा जनशक्ति वैदेशिक रोजगारीमा होमिएको छ । मुलुकको अन्यौलपूर्ण राजनितिक अवस्था र त्यसकै कारण मौलाउदै गएको गरिवी, असुरक्षा दण्डहिनता लगायत मुलुकको समकालिन परिस्थितिका कारण नेपालीहरु वैदेशिक रोजगारीमा जान वाध्य छन् । त्यस्तै सिमित अवधीको करारमा विश्व वजारमा होमिएका नेपालीहरु करार अवधि सकिएपछि पनि ठूलो संख्यामा गैरकानूनी रुपमा ति मुलुकहरुमा लुक्दै छिप्दै रोजागारी गरिरहेका छन् । मुलुकको अस्तव्यस्त अवस्थाका कारण स्वदेश फर्किनेसम्मको कुरा उनीहरुलाई हाउगुजी भइसकेको छ, र त जसो तसो गैरकानूनी रुपमै भएपनि विदेशी भूमीमा लुक्दै बस्न बाध्य छन् ।  हुन त मुलुकको अवस्था राम्रो भइदिएको भए, सरल र सहज जीवनशैली भएको भए नेपालीहरुलाई किन  पराई माटो प्यारो लाग्थ्यो होला र । देशमा गक्ष अनुसारको रोजगारी अवसर नभएकै कारण आफ्नो र परिवारको चुलिदा इच्छा आकांक्षाहरुलाई पुरा गर्ने अहम जिम्मेवारी बोकेर नेपालीहरु परदेशिन वाध्य छन् । देशको परिस्थितिदेखि कहाली लागेर जस्तोसुकै जोखिम मोलेर भएपनि विदेशको वसाई लम्व्याउन विवश छन् ।

विशेष गरी अमेरिका, वेलायत, युरोप, अष्ट्रेलिया, इजरायल, खाडि मुलुकहरु लगायतका विश्वका विकशित मुलुकहरुमा नेपालीहरु गैरकानूनी रुपमा पनि रहदै आइरहेका छन् । कोही रोजगारीको शिलशिलामा करार अवधि सकिएर गैरकानूनी भएका छन् त कोही विद्यार्थी भिसामा गएर समयावधि सकिएर, कोही पर्यटक भिसामा गएर त कोही साइकिल यात्रीको रुपमा गएर समेत नेपालीहरु ति मुलुकहरुमा गैरकानूनी रुपमा बस्दै आइरहेका छन् ।

इजरायल क्षेत्रफलको हिसावले अत्यन्तै सानो मुलुक हो । उत्तर दक्षिण फैलिएर रहेको इजरायलको उत्तरबाट दक्षिणपुग्न करिव ४ घण्टाको यात्रा काफी छ । करिव ७ मिलियन जनघनत्व रहेको इजरायलमा हाल १ लाखको हाराहारीमा विदेशी कामदारहरु कार्यरत रहेको अनुमान गरिन्छ ।  उक्त संख्याको करिव २० प्रतिशत कामदारहरु गैरकानूनी रुपमा रहेको बताइन्छ । त्यसमा हाल अनुमानित ४ हजार नेपालीहरु इजरायलमा कार्यरत रहेका छन् भने गैरकानूनी रुपमा इजरायलमा रहने नेपालीहरुको संख्या पनि कम आकलन गरिएको छैन् ।

यसै सन्दर्भमा केही दिनदेखि केही व्लगरहरु तथा विभिन्न अनलाइन सामाजिक सञ्जालहरुमा भाइरलको रुपमा फैलिएको इजरायलमा रहेका गैरकानुनी नेपालीहरुलाई संगिता वलीले पक्राउ गराएको भन्ने विषयलाई लिएर सामाजिक सञ्जालहरुमा  व्यापक वहस हुदै आइरहेका छन् । पक्राउ पर्नेहरु र आफूहरुलाई जानी जानी पक्राइएको भन्ने आरोप लागेकी संगिता वलीविच आजसम्म पनि वाक युद्द जारी छ भने त्यसलाई मलजल गर्न एक पछि अर्को पराकम्पन जस्तै आइरहेका प्रतिक्रियाहरु कम छैनन्  । माफ गर्नुहोला हामी गैरकानूनी रुपमा वस्ने कुनै पनि नेपालीहरुको भावनामा ठोस पुर्याउन चाहादैनौ । तर, सुन्दा हास्यास्पद विषय, कुनै गैरकानूनी कामदारहरु अनि त्यसरी वस्नेहरुलाई काम लगाउने इजेन्सी वा विचौलियाहरु अनि उनीहरुलाई रोजगार दिने रोजगारदाता यि सबै पक्ष कानूनी रुपमा अवैध हुन् । यस्ता किसिमका विषयहरुमा सामाजिक सञ्जालहरुमा ठूलठूला वहस हुनु एउटा हाँस्यास्पद विषय हो । अध्यागमनद्वारा पक्राउ परेका गैरकानूनी भनिएका (उनीहरुको कानूनी हैसियत के छ हामीलाई थाहा भएन) महिलाहरु पक्राउ पर्नु, उनीहरुलाई पक्राइनु वा आफै पक्राउ पर्नु यि सबै पक्ष नितान्त निजि विषयहरु हुन, यस्ता विषयमा सामाजिक रुपमा वहस चल्नु आफैमा अराजकता पनि हो । यस प्रकृतिको अवस्थामा न पिडक हुन्छ न त पिडित नै अनि यस्ता विषयहरुमा कसले र कसरी कुन रुपमा कानूनत न्याय दिलाउन सक्ला र ? यस्ता प्रकृतिका घटनाहरु सके आपसी मिलेमतोमा नसके विभिन्न सामाजिक संघ-संस्थाहरुसँगको सहयोगमा सुल्झाइनु पर्थ्यो । तर त्यसो हुन सकिरहेको छैन् भने यसमाथि सामान्य पहल समेत नगरी आफूहरुलाई प्रहरी लगाएर पक्राएको बताउदै व्लगर तथा सामाजिक सञ्जालहरुसम्म पुग्ने पक्षको ठूलो कमजोरी भएको मान्न सकिन्छ । यस्ता विषयमा सामाजिक सञ्जालमा गई न्याय पाउने आशा गर्नु केवल मुर्खता शिवाय अरु केही हुन सक्दैन् ।

अर्को गम्भिर विषय अझ यो आपसी मिलेमतोमा सुल्झाउनु पर्ने विवाद विभिन्न ब्लगरहरु सामाजिक सञ्जालहरु हुदै नेपाली राजदुतावाससम्म पुग्नुले राष्ट्रको प्रतिनिधिको रुपमा रहेको नेपाली राजदुतावासको मर्यादामाथि नै ठुलो ठेस पुगेको अनुमान गर्न सकिन्छ । त्यसो त यो विषयको समाधानकोलागि नेपाली राजदूतावासले अध्यागमन विभागको सहयोग लिएर कानूनत विवाद सुल्झाउने कोसिस गर्ला तर यस्ता किसिमका विषयहरु इजरायल सरकारसम्म पुग्नु भनेको राष्ट्रकै वेइज्जत हुनु त हो नै त्यसमा पनि यसले इजरायलमा गैरकानूनी रुपमा रहदै आएका अरु नेपालीहरुको पनि उजागर गर्ने पक्का छ, त्यसैले यो विषयले लहरो तान्दा पहरो थर्किने मोड लिएको त होइन  ?

मानविय हिसावले भावनालाई जोडेर हेर्दा केही समय जुन हैसियतले बसेपनि समयावधि लम्वाउदा गैर कानूनी हैसियतले बस्ने नेपालीहरुले केही आर्थिकोपार्जन गर्न पाउने विषय रहेपनि  सम्वन्धित मुलुकको कानून विपरित रहनुलाई अपराध मानिन्छ । त्यस्तै यसरी रहँदा पक्राउ पर्ने डरका कारण तनावपूर्ण जिन्दगी जीउनुपर्ने वाध्यता एकातिर रहन्छ भने अर्को तिर जोखिमपूर्ण काम पनि जसो तसो गर्नुपर्ने हुन्छ । कानून विपरित रहँदा स्वास्थ्य विमा पनि नरहने अवस्था अनि यसरी तनाव र जोखिमपूर्ण काम गर्नुपर्दा एक पटककोलागि पाएको यो अनमोल जिन्दगी दाउमा लगाउनुपर्ने वाध्यता  रहने हुन्छ  भने आफन्तहरुलाई संधैको चिन्ता त हुन्छ नै । अझ त्यो भन्दा जड कुरा पछिल्लो समयमा नेपालीहरु जुन सुकै विकशित मुलुकहरुमा गएपनि जसो तसो लुग्दै छिप्दै बस्ने गरेको तथ्य विदेशी हरुसमक्ष उदांगिदै जाँदा उनीहरुमा नेपालीहरु माथिको विश्वास घट्दै गएको त छनै अझ यसले नेपाली जनताको साँख गिर्ने मात्र होइन सार्वभौम सम्पन्न मुलुक नेपालको छातीमाथि नै दाग लाग्दै आइरहेको छ । यस्ता किसिमका गतिविधिले हाम्रो देश नेपालको शिर सँधै निहुरिन वाध्य वनाइरहेको छ ।  यसरी गैरकानूनी रुपमा विदेशी भुमीमा रहनु र यसरी रहने पक्षलाई काम लगाउने र काम लगाउन सहयोग गर्ने तिनवटै पक्ष स्वत: गैरकानूनी हुन् । यस्ता क्रियाक्लापमा संग्लग्नहरु ढिलो चाँडो कानुनको फन्दामा परेरै छाड्ने भएकाले सकेसम्म कसरी सकिन्छ कानुनत प्रक्रिया पुरा गरेर मात्र विदेशी भूमीमा बस्ने कोसिस गर्नु अतिउत्तम हुन्छ । अन्यथा दिनानुदिन नेपाल र नेपालीहरुप्रतिको विश्व समुदायको विश्वास अझ घट्दै जानेछ । यसले न हामी नेपालीलाई फाइदा पुर्याउछ नत हाम्रो देश नेपाललाई नै । त्यसैले एउटा स्वतन्त्र मुलुकको स्वतन्त्र नागरिकको हाम्रो असली भुमिकालाई विदेशीहरुको सामु उदांगो नपारौं । ति मुलुकहरुमा हामीलाई कानूनी तवरले बस्न नदिए हामी शरणार्थी अवश्य होइनौं, हाम्रो मुलुक हाम्रो गास वास र कपासको सुरक्षा गर्ऩ अझै सक्षम छ सबैले एक पटक गहिरिएर  मनन् गरौं ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...