Loading...

एनआरएन इजरायलको नेतृत्व कस्तालाई ?

Published Date: July 10, 2015

Sampadkiyeअहिले इजरायलमा एनआरएनए निर्वाचनको सरगर्मी ह्वात्तै वढेको छ । यो माहौलसँगै गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) इजरायलको नयाँ कार्यसमिति चयन यस पटक निर्वाचन प्रक्रियाबाट नै गर्ने भन्ने इजरायलवासी नेपालीहरुको चाहाना यसपाली पुरा हुने देखिएको छ । कुनै दिन डेथ वोडीको रुपमा रहेको एनआरएनले एकै पटक यो उचाई लिन्छ भन्ने कुरामा कसैको विश्वास थिएन । खास गरेर इजरायलमा रहेका गैर आवासिय नेपालीहरुको हक अधिकारको सुनिश्चितता, उनीहरुमा आकस्मिक रुपमा आइपर्ने समस्याहरुमा सहयात्री वनी सहयोग गर्नु र उनीहरुले दुखले कमाएको धनलाई स्वदेशमा उपयुक्त अवसरको खोजी गरी लगानी गर्ने बातावरण तय गर्नु नै एनआरएनको मुख्य उद्देश्य रहने भएपनि एनआरएन इजरायलले हालसम्म सही नेतृत्व पाउन नसक्दा नै यी सबै कुराहरु ओझेलमा पर्दै गएको एउटा  तितो यथार्थ हो । हामी पत्रकारिता गर्नेहरुमा पनि एनआरएनए इजरायलको विगत र वर्तमानदेखि वाक भएर अहिलेसम्म पनि खासै त्यस्तो उत्साहजनक उपस्थिति जनाउन नसकिरहेको अर्को तितो यथार्थ पनि हो । केही समयअघि मात्र पनि एनआरएन इजरायलमा चाहिदैन भन्ने धारणा हामीले वडो दुखका साथ अभिव्यक्त गर्न वाध्य थियौं । तर पछिल्लो समयमा एनआरएनए लाई नयाँ उँचाइ दिन उपयुक्त नेतृत्व चयन प्रक्रियाले प्रशस्त स्थान लिएपछि र त्यसमा इजरायलवासी नेपालीहरुको उत्साहजनक उपस्थिति रहने देखिएपछि हामीलाई पनि यसबारेमा चासो राख्न वाध्य वनाएको छ ।

खैरजेसुकै किन नहोस् इजरायलवासी नेपालीहरुले यसपटक फेरी एक पटक एनआरएन इजरायललाई सबै मिलेर माथि उठाउने प्रयास गरेका छन् । यसको ज्वलन्त उदाहरण निर्वाचन समितिद्वारा सार्वजनिक गरिएको मतदाता नामावलीले प्रस्ट पारेको छ । करिव ३ देखि ४ हजार संख्याको सानो झुन्डको रुपमा नेपालीहरु रहेको इजरायलमा आफ्नो दरिलो स्थान कायम गर्न नसकिरहेको एनआरएन इजरायलको यति  संख्यामा सदस्यता वितरण हुनुले इजरायलवासी नेपालीले एकपटक फेरी एनआरएन इजरायललाई माथि उठ्ने अवसर प्रदान गरेको स्पष्ट हुन आउछ । एनआरएन इजरायल निर्वाचन समितिले जारी गरेको कार्यविधि अनुरुप हाल एनआरएनको ‘नेतृत्व होल्ड’ गर्न चाहाने इच्छुकहरुले आफु उपयुक्त उमेदवारी निर्वाचन समितिसमक्ष दर्ता गराइसकेका छन् । एनआरएनमा को र कस्ता व्यक्तिहरु आउन चाहिरहेका छन् त्यसवारेमा सम्भवत अधिकांश इजरायलवासी नेपालीहरु जानकार नै होलान् । तर पनि इजरायलको विगतका कार्यसमिति, ति कार्यसमिति गठनका बेला उनीहरुले जाहेर गरेका प्रतिवद्दताहरु र  पुरा गरेका उदाहरणहरु यी सबै उनीहरुको आचरण झल्किने ‘मिरर’हरु हुन्, आम मतदाताले त्यसलाई एकपटक गहिरिएर स्मरण गरेर मात्र आफ्नो धारणा प्रस्तुत गर्ने आधार मतदान गर्नु सबैभन्दा उत्तम बाटो हो ।

सबैलाई थाहा छ इजरायलमा एनआरएनको नाममा जतिनै उफ्रेपनि भ्यागुतालाई पोखरीको डिलबाट बाहिर निस्किन प्राय आसम्भव नै छ । तरपनि नेतृत्वले चाहे त्यही पोखरीभित्र पनि धेरै गर्न सकिने बातावरण वन्न सक्छ, हो त्यही आधार तय गर्नकैलागि हामीले सही र सक्षम नेतृत्व चयन गर्ने हो । त्यसकोलागि अहिले हामीले उमेदवारहरुले प्रस्तुत गर्ने घोषणापत्र कुर्नु पर्ने नै हुन्छ । उनीहरुले जाहेर गर्ने प्रतिवद्दताहरु आम मतदाताका विश्वासका आधारशिला हुन् । त्यस्तै इजरायलमा रहेका नेपालीहरुको हकमा इजरायलको रोजगारी अत्यन्तै झन्झटिलो र तनावपूर्ण अनि समुहमा नभई एक्लै काम गर्नुपर्दा अलि वढी नै समस्याहरु आइपर्ने हुन्छ । त्यसकै कारण यहाँ काम गर्ने कामदारहरुलाई जस्तकोसुकै समयमा पनि सहयोग गर्न सक्ने नेतृत्व एनआरएनमा चाहिएको छ । इजरायलवासी नेपालीहरुले त्यसरी समस्यामा पर्ने जो कोही नेपाली कामदारहरुलाई परेकोबेला जुनसुकै समयमा पनि फोन उठाई आवश्यक परे सहयोगकालागि त्यस ठाउँसम्म पुग्न सक्ने समय निकाल्न सक्ने नेतृत्व खोजेका छन् । हामीले नेतृत्व चयन गर्दा यो कुरालाई पनि ध्यान दिनुपर्ने देखिन्छ । फोन गर्यो फोन उठ्दैन, समस्या पर्यो समस्या समाधानको सामान्य कोसिससम्म पनि गर्न नसक्ने नेतृत्व एनआरएनए इजरायलको हकमा उपयुक्त हुन सक्दैन् । अझ भन्ने हो भने प्रत्यक्ष उपस्थित भई नियमित वैठक बस्न समेत समय निकाल्न नसकी फोन र स्काइप कन्फेरेन्सको भरमा बैठक वसेर इजरायलमा रहेका नेपालीहरुको समस्यालाई समाधान गर्ने ठूल्ठूला गफ दिने नेतृत्व एनआरएनए इजरायलले फेरी व्यहोर्नु नपरोस् एनआरएन इजरायललाई मर्यादित वनाउदै यहाँ रहेका इजरायली आइडी वाहक नेपालीहरु, रोजगारीकालागि रहेका कामदारहरु, अध्यनको शिलशिलामा रहने विद्यार्थीहरु, तालिमको शिलशिलामा रहने प्रशिक्षार्थीहरु सम्पूर्णलाई समेटेर अगाडि वढ्न सक्ने नेतृत्वको एनआरएन इजरायललाई आवश्यक छ र त्यस्तो नेतृत्व चयन गर्ने सम्पूर्ण जिम्मेवारी अहिले आम मतदाताहरु समक्ष आइपुगेको छ, त्यसैले सम्पूर्ण एनआरएनए इजरायलका मतदाताहरुलाई हामी मेरो, आफ्नो र चिनेकोको भरमा होइन उसबाट एनआरएनले उपयुक्त नेतृत्व पाउन सक्ला या नसक्ला भन्ने कुराको हेक्का राखेर मात्र मतदान गर्न अपिल गर्दछौं ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...