हरितालिका तीज साँझ २०७२ मा अर्को खुशी थपियो, एक जनालाई हवाई टिकट उपहार

उपस्थित दर्शकहरुलाई निशुल्क टिसर्ट उपहार

Published Date: September 9, 2015
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा  नेपालका चर्चित कलाकारहरु गायिका सुनिता दुलाल, गायक विजय लामा र नायिका शुष्मा अधिकारीको उपस्थितिमा आयोजना गर्न लागिएको “हरितालिका तीज साँझ २०७२” कार्यक्रममा अर्को खुशीको खवर पनि  थपिएको छ । कार्यक्रममा उपस्थित प्रत्येक दर्शकलाई एक एक वटा टिसर्ट उपहार दिइने छ भने कार्यक्रम प्रवेशकोलागि दर्शकहरुले लिने  टिकटलाई लक्की ड्र गरी एक जनालाई नेपाल जान आउने हवाई टिकट उपाहार दिइने भएको छ ।
पर्वत सेवा समाज इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल (अनेकस) र इजरायली म्यानपावर एजेन्सी याद वे यादको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा तेलअभिवस्थित केन्द्रिय वस पार्कको चौथो तल्लामा रहेको FlyEast Travels को प्रायोजनमा उपस्थित दर्शकवृन्दलाई एक एक  वटा टिसर्ट र लक्की ड्र मार्फत एक जनालाई हवाई टिकट उपहार दिन लागिएको हो । आयोजकले दर्शकहरुले १०० शेकेल तिरेर खरिद गरेको टिकट कार्यक्रम हलमा प्रवेश गरेपश्चात पनि सुरक्षित राख्न अनुरोध गरेका  छन् ।
bannarत्यस्तै मातृभूमीमा परेको प्राकृतिक विपदको पृष्ठभूमीमा भूकम्प पिडितहरुको सहयोगकालागि आयोजना गरिएको कुरालाई जोडदिंदै आयोजकले   इजरायलमा रहेका सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुलाई सामाजिक कार्यमा हातेमालो गर्दै उपस्थितिकोलागि हार्दिक अपिल गरेका छन् ।
नेपाली नारीहरूको महत्वपूर्ण चाडको रुपमा लिइने यस पर्व तीजलाई यथाशक्य व्यवस्थित गरी मनाउन विगतका वर्षहरुमा आयोजकहरुबाट भइआएका कमी कमजोरीहरुलाई यस पटक विषेश ध्यान दिदै यो बर्षको तीजलाई इजरायलवासी नेपालीहरुमाझ  अविश्मरणिय वनाउने कोसिस स्वरुप कार्यक्रमलाई अनुशासित तथा त्रुटीरहित वनाउनकोलागि यो पटक विशेष ध्यान दिइएको कार्यक्रम व्यवस्थापक विपिन तामाङले बताएका छन् ।
निशुल्क दरको समेत व्यवस्था गरिएको उक्त कार्यक्रममा आफ्नो माइतीको आँगन सम्झी उपस्थित भइ दर खादै रमाउदै कार्यक्रमलाई अविस्मरणिय वनाउन कार्यक्रम संयोजक भोजराज क्षेत्रीले सम्पूर्ण इजरायलवासी दिदीबहिनीहरुमा हार्दिक निमन्त्रणा गरेका छन् ।
त्यस्तै नेपालबाट आउदै गरेका राष्ट्रिय कलाकारहरु सुनिता दुलाल, विजय लामा र सुष्मा अधिकारीले कार्यक्रममा उपस्थितिकोलागि सम्पूर्ण इजरायलवासी नेपालीहरुलाई हार्दिक अनुरोध गरेका छन् ।


----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...