Loading...

धिरे धेरे से .. मा सोनम र ऋतिकले निःशुल्क काम गरे (भिडियो सहित)

Published Date: September 9, 2015

Hritiknsonamएजेन्सी, बलिउड अभिनेत्री सोनम कपुरलाई फिल्म आशिकीको ‘धिरे धिरेसे मेरी जिन्दगीमे आना…’ साह्रै मन परेको थियो । सन् १९९० मा सुपर हिट फिल्म आशिकीको यो गीतको यतिबेला नयाँ भिडियो बनाइएको छ ।  जसमा ऋतिक रोशन र सोनम कपुरले मोडलिङ गरेका छन् । यो गीतको भिडियो यतिबेला निकै चर्चामा छ । नयाँ भिडियो समसामयिक दृश्य र जीवन शैलीलाई समेटेर तयार गरिएको छ ।

टी–सिरिजले यो गीतको नयाँ भिडियोमा अभिनय गर्न प्रस्ताव राख्दा सोनमले एक पैसा पनि पारिश्रमिक लिइनन् । आफूलाई सो गीत साह्रै मन परेको हुनाले सित्तैमा सो गीतमा मोडलिङ गर्न उनी राजी भइन् । यो गीतमा मोडलिङ गर्न पाएकोमा उनले गीत तथा भिडियो निर्माण संस्था टी–सिरिजलाई धन्यवाद दिएकी छन् ।

यस्तै, अभिनेता ऋतिक रोशनले पनि यो गीतमा मोडलिङ गरेको पारिश्रमिक लिएनन् । टी–सिरिजले बलिउडमा ठुला ब्यानरका फिल्म निर्माण गर्छ । यसरी गीतमा योगदान दिएका ऋतिक र सोनमलाई आउँदा दिनमा टी–सिरिजका फिल्मका मुख्य भूमिकामा देख्न सकिने बलिउड समीक्षकहरूको अनुमान छ ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...