सुमित खड्काको देशभक्तिले ओतप्रोत ‘देशका लागि केहि गर्न मन छ” बोलको गीत बजारमा

Published Date: September 24, 2015

Songomगायक सुमित खड्काले भर्खरै “हामि युवा देशका लागि केहि गर्न मन छ“ भन्ने देशभक्ति गित बजारमा ल्याएका छन् ।

देश प्रति बफादार र देशलाइ असाध्यै माया गर्ने गायक सुमित खड्काको स्वर रहेको यो गीतमा संगीत शक्ति बल्लभको रहेको छ भने गीतमा शव्द रचना ध्रुब राज पौडेलले गरेका छन् ।

कोशी भिजन फिल्मस् इटहरीले बजारमा ल्याएको  सो गीतको म्यूजिक भिडियोको निर्देशन पंकज हरि चंचलले गरेका छन्  । त्यस्तै छायांकन बिनोद पुडासैनी गरेका छन् भने सम्पादन हेम योञ्जनले गरेका हुन् ।

मुलुकमा नयाँ संविधान जारीभएसंगै मुलुकमा भइरहेका आन्दोलन, हड्तालहरुका विचमा सार्वजनिक उक्त देशभक्ति गित मार्फत गायक सुमित खड्काले  सम्पूर्ण नेपालीलाई फुटेर होइन जुटेर जानुपर्छ भन्ने संदेश दिएका छन् । “हामी कर्मठ नेपाली युवाहरु एक जुट भइ उठे नेपालमै हिरा फल्न सक्छ” भन्दै गायकले सम्पूर्ण विदेशिएका नेपालीहरुलाई स्वदेश फर्कन आग्रह गरेका छन् ।

गीतको भिडियो हेर्नुहोस् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...