इजरायलको सुरक्षा अवस्था विग्रियो, मंगलवार मात्र ५ वटा आक्रमण, ३ को मृत्यु दर्जनौ घाइते
इजरायली मुस्लिमको पनि समर्थन
एनआइ न्यूज इजरायल
इजरायलमा प्यालेस्टेनीहरुको आतंक अत्यन्तै तिब्र हुदै गएको छ । यसै क्रममा आज जेरुशलेमको पूर्वी तल्पियोट र गेउला बस्तीमा भएको सृंखलावद्द आक्रमणमा परी ३ जना इजरायलीको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन् ।
त्यस्तै तेलअभिव नजिकै रहेको रानानामा भएको दुई वटा आक्रमणमा १ जना गम्भिर घाइते भएका छन् भने ३ जना घाइते भएका छन् र एक सामान्य घाइते भएका छन् । त्यस्तै आजै इजरायलको उत्तरी भेगमा रहेको किरात आटास्थित IKEA मा पाँचौ आक्रमण भएको छ ।
इजरायली मगेन्दाविद आदोमका अनुसार जेरुशलेममा बसमा भएको आक्रमणमा भएको आक्रमणमा परी १८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।
आक्रमण लगत्तै प्रहरी घटनास्थल पुग्दा दुईजना आक्रमणकारी वसभित्रै रहेको अवस्थामा फेलापारी उनीहरुलाई त्यही सुट आउट गरेका छन् । इजरायली प्रहरीका अनुसार जेरुशलमकै गेउला क्षेत्रमा वस स्टेसनमा भएको चक्कु प्रहारबाट ३ जना घाइते भएका छन् । आक्रमणकारीलाई प्रहरीले सोही ठाउमै सुट आउट गरेको थियो ।
यसैबिच रानानास्थित एक वस स्टेसनमा भएक चक्कु प्रहारबाट एक इजरायली घाइते भएका छन् । आक्रमणकारीलाई स्थानियले पक्राउ गरी कुटपिट गरेका थिए ।
गएको महिनाको अन्तिम सातादेखि इजरायल र प्यालेस्टेनीविचको तनाव वढ्दो देखिएको छ । यसविच जेरुशलेम, वेस्टबैंक र गाजापट्टीमा झडप हुने क्रियाक्लापहरुमा पनि वृद्दि हुदै गइऱहेका छन् भने चक्कु प्रहार हुने घटानाहरु पनि मौलाउदै गइरहेको छ । प्यालेस्टेनीहरुद्वारा शुरुवाट गरिएको ‘हिट एण्ड रन’को यस रणनितालाई इजरायली मुस्लिमहरुले पनि नैतिक समर्थन गरेको जनाउदै मंगलबार हड्तालको आह्वान गरे । उनीहरुले प्यालेस्टेनीको समर्थनमा बिशाल र्याली निकालेका हुन् ।
यस पटकको प्यालेस्टेनी रणिनितक युद्दमा इजरायली मुस्लिमहरुको समेत भौतिक उपस्थिती रहेका कारण यसले ठूलो रुप लिन सक्ने अनुमान लगाउन सकिन्छ भने इजरायल सरकारले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अझै कठोर रणनीति अपनाउने संकेत देखाएको छ ।
