‘म्याच फिक्सिङ’को आरोपमा प्रशिक्षक अञ्जन केसी सहित पाँच राष्ट्रिय फुटबल खेलाडी पक्राउ

Published Date: October 14, 2015

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा मिलेमतो गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ खेलाडी पक्राउ परेका छन् । थापासहित राष्ट्रिय टिमका खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप राई तथा उनीहरुसँगै प्रशिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् ।Capture

उनीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा पक्राउ गरिएको हो । ‘संगठीत रुपमा गरिएको राज्यविरुद्धको अपराध भएकाले उनीहरुलाई बुधबार पक्राउ गरी अपराध महाशाखामै राखी थप अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताएका छन् ।

करिब २ महिना अगाडिदेखि उनीहरुमाथि निगरानी थालिएको थियो ।

चार वर्षअघि विश्वकप छनोटदेखि खेलाडीहरुले मिलेमतो गरेको शंका प्रहरीको छ । सागर र सन्दीप थ्रीस्टार क्लबका खेलाडी हुन् भने रितेश नेपाल प्रहरीका तथा अन्जन र विकास पूर्वराष्ट्रिय टिमका खेलाडी हुन् । केही समय अगाडिसम्म अञ्जन थ्रीस्टारका प्रशिक्षक थिए।

२०११ मा भएको विश्वकप छनौटदेखि नै नेपाली खेलाडीमाथि खेल मिलेमतोको आशंका गरिदै आएको थियो । जोर्डनमा भएको विश्वकप छनौटको पहिलो लेगमा नेपाल जोडर्नसँग ९-० ले पराजित भएको थियो । जबकि काठमाडौंमा भएको दोस्रो लेगमा नेपालले १-१ को बराबरी नतिजा निकालेको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...