दशै उत्सव सांगितिक साँझमा भाग लिन कलाकारहरु इजरायलमा

Published Date: October 22, 2015

Artist4dashainएनआइ न्यूज इजरायल

सम्पूर्ण नेपालीहरूको महान चाड वडा दशैको पावन अवसरमा इजरायलमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को दिलाउने अभिप्रायले आयोजना गरिएको ‘दशैँ उत्सव सांगितिक साँझ इजरायल २०७२’ मा सहभागी हुन कलाकारहरु इजरायल आइ पुगेका छन् ।

२३ अक्टूवर शुक्रवार आयोजना गरिदै गरेको दशै उत्स सांगितिक साँझमा आफ्नो दमदार सहभागिता जनाउन कलाकारहरु चर्चित गायक डम्बर नेपाली, नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित रियालिटी शो नेपाली ताराका फष्ट रनर अप तारा लक्सम लिम्बु र चर्चित गायक तथा संगीतकार तारा प्रकाश लिम्बु काठमाण्डौ कतार हुदै आज दिउसो करिब २:३० बजे इजरायलस्थित अन्तराष्ट्रिय  वेन गुरियन विमानस्थल  आइपुगेको आयोजक टोलिका प्रताप मादेनले बताउनुभयो ।

कलाकारहरुलाई  विष्णु लक्सम, विमला कन्डंग्वा लगायत आयोजक टोलिका सदस्यहरुले खादा तथा फुलगुच्छाले स्वागत गरेका थिए ।
Flayerपूर्वी नेपालको र्इलाम जिल्लाको विकट  महमार्इ मैनाचुली गाविस ९ स्थित जोर पोखरी प्रा.वि.को स्तरउन्नतीकोलागि आयोजना गरिदै गरेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको पनि दमदार सहभागिता रहने जनाइएको छ ।
तेलअभिवको हाहगना मार्गस्थित वेववारवर हलमा आयोजना गरिने उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुतिका साथमा इजरायलमा रहेका स्थानिय कलाकारहरूको पनि प्रस्तुती रहने भएकाले इजरायलमा रहेका सम्पूर्ण संगितप्रेमी नेपालीहरुलाई सहभागिताकोलागि आयोजकले हार्दिक अनुरोध गरेका छन् ।

कार्यक्रम शुक्रबार साँझ ९ बजेबाट सुरु हुने बताइएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...