यु १९ विश्वकप क्रिकेटमा नेपाल ग्रुप अफ डेथमा

Published Date: November 26, 2015

Nepali_National_Cricket_teamबंगलादेशमा हुने आइसीसी अण्डर नाइन्टिन बिश्वकपमा नेपाल कठिन समुहमा परेको छ । बुधबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले सार्वजनिक गरेको खेल तालिकामा नेपाल ग्रुप अफ डेथमा परेको हो ।
नेपाल रहेको समुह डी मा उपाधि दावेदार अष्ट्रेलिया, भारत र न्युजिल्याण्ड रहेका छन । अस्ट्रेलिया तीन पटक र भारत दुई पटकको च्याम्पियन हो । नेपालले समुहको आफ्नो पहिलो खेलमा नयुजिल्याण्ड , दोस्रो खेलमा अष्ट्रेलिया र अन्तिम खेलमा भारतसंग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा समुह ए मा रहेको घरेलु टोली बंगलादेश र दक्षिण अफ्रिकाबीच प्रतिष्पर्धा हुनेछ । स्क्टल्याण्ड र नामिबिया पनि यसै समुहमा रहेका छन । समुह बीमा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र क्यानडा रहेका छन भने समुह सीमा वेष्ट इण्डिज, जिम्बाबे, इङल्याण्ड र फिजी छन । अण्डर नाइण्टिन बिश्वकप २२ जनवरी देखि १७ फेब्रुअरी सम्म हुनेछ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...