Loading...

‘सायद’ सिक्वेलले पायो निर्देशक, पुष्पराज न्यौपाने अनुबन्धित

Published Date: November 27, 2015

Sayed2 ss‘सायद’ सिक्वेलले अन्तत निर्देशक पाएको छ । दुर्गिश फिल्मसको चौंथो प्रोजेक्ट ‘सायद २’मा पुष्पराज न्यौपाने अनुबन्धित भएका छन । बलिउडमा चलेका  सिनेमाहरुमा सहायक निर्देशन गरिसकेका न्यौपानेले दुर्गिश फिल्मसबाट निर्देशकको रुपमा डेब्यु गर्न लागेका हुन् ।

सायद, होस्टेल र होस्टेल रिटन्र्सपछि दुर्गिश फिल्मसले चौंथो सिनेमा बनाउन लागेको हो । दुर्गिश फिल्मस प्रमुख सुनिल रावलले यसबारे पुष्टि गरे ।

‘सायद २’ निर्देशनका लागि आवेदन दिएका झन्डै दर्जन आवेदकमध्येबाट न्यौपाने छानिएका हुन् । न्यौपानेले बलिउडका डेन्जरस इस्क, राज ३, हेट स्टोरी २ र ३, म्याक्सिमम, राज ३ मा काम गरिसकेका छन् । सिरियलहरु घरकी लक्ष्मी बेटियाँ, गीता, मधुबाला र सावधान इन्डियामा पनि उनले निर्देशकको रुपमा काम गरिसकेको दुर्गिश फिल्मसले जनाएको छ । न्यौपानेले वातावरणसम्बन्धी डकुमेन्ट्री पनि निर्देशन गरिसकेका छन् । ‘सायद’लाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका थिए । त्यसयता कम्पनीले नयाँ निर्देशकलाई मौका दिएको थियो । सोसल ड्रामा जानराको सिनेमाको छायांकन नेपाल र जापानमा हुने भएको छ । कलाकार छनौट भने बाँकी रहेको जनाइएको छ ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...