नारायण गोपालको २५ औं समृति दिवस आज, यो सम्झिने मन छ म बिर्सुं कसरी ?

Published Date: December 5, 2015

Narayan-Gopal-Samrat उनको महाराजगञ्ज काठमाडौंस्थित निवासमा विशेष कार्यक्रमको आयोजना गरिएको छ भने महाराजगञ्ज चोक र  महाराजगञ्जस्थित आस्था कला केन्द्रमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएका छन् ।

स्वर सम्राट नारायण गोपालको जन्म विक्रम संवत १९९६ सालमा बाबु आशा गोपाल र आमा रामदेवी गुरु आचार्यको कोखबाट काठमाडौंको किलगालमा भएको थियो । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले करिब ३ सय गीत गाएका छन् ।
उनले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन् । उनले स्वर र संगीत दिएका अधिकांश गीतहरु कालजयी छन् । नारायण गोपालले विक्रम संवत २०२३ सालमा सर्वोत्तम संगीतकार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार पाएका थिए । नारायण गोपाललाई २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारबाट मरणोपरान्त सम्मान गरिएको थियो ।

बागीना नामक पहिलो संगीत पत्रिकाका सम्पादक समेत रहेका नारायण गोपाल साँस्कृतिक संस्थानका महाप्रबन्धक तथा सञ्चार मन्त्रालयका सल्लाहकार समेत भएका थिए । नेपाली संगीतक्षेत्रका धरोहर नारायण गोपालको पेमला लामासँग २०२७ सालमा प्रेम विवाह भएको थियो । उनको निधन २०४७ साल मंसिर १९ गते काठमाडौंमा भएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...