दर्शकले चक्लेट नहेरिदिएको भन्दै फेसवूकमा अभिनेत्री पुजनाको गुनासो

Published Date: December 8, 2015

अभिनेत्री पूजना प्रधानले आफ्नो फिल्म ‘चकलेट’ नचलेको भन्दै दर्शकसँग गुनासो गरेकी छिन् । आफ्नो फेसबुक टाइमलाइनमा स्टाटस लेख्दै उनले आफूले राम्रो फिल्म बनाएको तर नचलेको स्विकार गरेकी हुन् ।

स्टाटसमा पूजनाले नेपालीलाई राम्रो कथाको राम्रो फिल्म भन्दा हावाको कथा भएको फिल्म नै मनपर्ने रहेछ भनेर आक्रोश पोख्दै राम्रो मनले राम्रो कामका लागि फिल्म बनाएको तर दर्शकको साथ नपाएको उल्लेख गरेकी छिन् । पूजनाको यो आक्रोश यतिमा मात्र सिमित रहेन उनले आजदेखि फेसबुक पनि नचलाउने भन्दै यसैलाई अन्तिम स्टाटस भनेकी छिन् । फिल्म नचल्नु र अबउप्रान्त फेसबुक नचलाउने निर्णय गर्नुबीच के सम्बन्ध हुन सक्छ ? फिल्मकर्मी, दर्शक मात्र होइन, सञ्चारकर्मीहरू पनि अलमलमा परेका छन् । हुन सक्छ, फिल्म नचलेकोमा फेसबुकको माध्यमबाट उनलाई कसैले ‘इरिटेट’ गरिरहेको पो छ कि ? मुख्य कुरा, एउटा माघले जाडो जाँदैन । पूजनाजस्ती ‘आध्यात्मिक’ निर्मात्रीलाई बुझाइरहनु नपर्ने हो । फेसबुक नचलाए पनि फिल्म बनाउन भने नछोडून् पूजनाले । उनको स्टाटसमा कमेन्ट गर्नेहरूले अनुरोध गरेका छन् ।

akroshitpujana

अभिनेता तथा निर्देशक निर्मल शर्माले निर्देशन गरेको यो फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको थियो । फिल्मले अपेक्षा गरे अनुसारको व्यापार नगरेको स्वयंम निर्माता प्रधानले बताएकी छिन् ।

फिल्मले सडक बालबालिकाको कथालाई पर्दामा देखाएको छ । फिल्मबाट उठेको सम्पुर्ण रकम ५० जना बालबालिकाको सहयोगार्थ खर्च गरिने पूजनाको भनाई थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...