कला तथा साहित्य

भ्रष्टचार बिरुद्धमा बुटवलको शडकमा रचना बाचन

By news section

December 08, 2015

पारदर्शि सरोकार समुह बुटवलले अवसरमा भ्रष्टाचार बिरुद्धमा रचना वाचन कार्यक्रम गरेको छ । बुटवल ट्राफिक चोकमा भएको रचना वाचन कार्यक्रममा स्रष्टाहरुले नाका बन्दि संगै मौलाएको कालोबजारी र भ्रष्टचारलाई प्रहार गदै रचना बाचन गरेका थिए ।

उनिहरुले कमजोर राज्य र बलिया भ्रष्टचारीको कारणनै देशले दुर्दशा बेहोर्न परेको आशय व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका कार्यकारी प्रमुख धुर्व बहादु खड्काले जागरुक जनताले भ्रष्टचार अन्त्य गर्न सक्ने भन्दै सेवा प्रदायक संस्थाले जनताको सेवक हौ भन्ने सोचको भावना बिकाश हुन नसक्नु भ्रष्टचारले प्रश्रय पाएको बताए ।

स्रष्टा रचना बाचन कार्यक्रममा झपेन्द्र जिसी, दिपक ज्ञवाली, दल बहादुर गुरुङ्, ऋषी आजाद, डाक्टर आरसि आचार्य लगायतले रचना वाचन गरेका थिए। पारदर्शि सरोकार समुह बुटवलका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दिपक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा भएको कार्यक्रममा सह सचिबमहेन्द्र पाण्डेले धन्यवाद मन्तव्य राखेका थिए ।