एमाले दाङको बैठकमै नेताहरुबीच कुटाकुट !
नेकपा एमाले दाङको जिल्ला पार्टी कार्यालयमा भएको बैठकमै कुटाकुट भएको छ । जिल्ला कमिटीको जारी बैठकका क्रममा जिल्ला नेताहरुबीच नै कुटाकुट भएको हो ।
एमाले दाङको जिल्ला कमिटी बैठक पार्टी कार्यालयमा तीन दिनेदेखि चलिरहेको छ । जिल्ला पार्टीका बैठकमा कुटाकुट हुँदा एमाले केन्द्रीय सदस्य मेटमणि चौधरी पनि कुटिएका छन् ।
एमाले दाङ जिल्ला सचिवालय सदस्य विवेक श्रेष्ठ र रुकुम जिल्ला कमिटी सदस्य प्रेम बुढाबीच कुटाकुट हुँदा केन्द्रीय सदस्य चौधरीले पनि पिटाइ खाएका हुन् ।
एमाले बैठकमा नेताहरु घुस्सा खेलेपछि प्रहरीलाई बोलाइएको थियो । प्रहरीले प्रेम बुढालाई पक्राउ गरेको छ । एमाले जिल्ला अध्यक्ष अध्यक्ष जोगबहादुर रानाका अनुसार हात हालाहाल भएपछि प्रहरीले बुढालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला सदस्य मनोनयन र जिल्ला अधिबशेन तयारीका लागि एमाले दाङ्को बैठक बसेको हो । मनोनयनका विषयमा विवाद हुँदै गर्दा नेताहरु आपसमै घुस्सा खेलेका हुन् । बैठकमा चौधरीसहित केन्द्रीय सदस्यहरु खेममान खड्का र गुलाबजंग शाह पनि सहभागी छन् ।
