बुटवल,पुस ।
एकलाकी विमला मगर (नाम परिवर्तनले) आफ्नै जीवनसंगीवाट यति ठूलो धोका होला भनेर कहिल्यै पनि चिताईनन् । उनले चिताइनन् भयो ठ्याक्कै त्यही । विमलाका श्रीमान् भारतमा मजदुरी गर्थे ।
बेलाबेलामा घर आउथे । पैसा पनि पठाउथे । त्यही पैसाले उनले घरको खर्च चलाउथिइन् । उनी गाउँमा वसी सासु ससुरा र छोरछोरीको हेरचाह गर्थिनन् । उनी आफनो घर परिवारसँग खुसी थिइन । उनलाई लाग्थ्यो आफनो परिवार संसारकै खुसी र सुखी छ । जव उनका श्रीमान् २०६० सालमा कहिल्यै भारत नजाने गरी घर फर्कीए । श्रीमान घर आएपछि उनलाई निकै खुसी लाग्यो ।अब गाउँमै श्रीमान् श्रीमतीले दाउरा र मेलापात गर्न पाइने भयो भन्ने ठानिन् । तर उनको खुसी धेरै दिन टिक्न सकेन । उनका श्रीमान भारतमा विरामी भई गाउ फर्केका रहेछन् । नेपाल आएपछि पनि उनी विरामी परे । उपचार गर्न अस्पताल लगियो ।
अस्पतालमा उनको रगत परिक्षण गर्दा उनको रगतमा एचआईभी पोजेटीभ देखीयो । श्रीमानको रगतमा एचआईभी पोजेटिक देखीएपनि डाक्टरले उनको रगत पनि परिक्षण गर्न पठाए । उनको रगतमा पनि एभआईभी पोजेटिभ देखीयो । जव यो कुरा उनले थाहा पाईन । उनी छागाबाट खसे जस्तो भईन । उनले आफु बाच्नुको कुनै अर्थ नभएको सोचिन । उपचारको क्रममा २०६० सालमा उनको श्रीमानको मृत्यु भयो ।
तव उनका अझ दुखका दिनहरु सुरु हुन थाले । विमलालाई पनि एचआइभी एड्स लागेको कुरा गाउँमा फैलियो उनका घर परिवार र छरछिमेकीले हेर्ने दृिष्टकोणमा एकाएक परिवर्तन भयो । हिजोसगै घास दाउरा गर्ने छरछिमेकी उनीसँग टाढा हुन थाले । उनी नजिक पर्दा उनीबाट रोग सर्ने भन्दै टाढा टाढा पर्न थाले । मेलापात गर्दा पधेरोमा जादा उनलाई सबैले एक्लाउन थाले । यस्ता व्यवहारहरु दिन प्रतिदिन बढ्न थालेपछि उनलाई गाउँमा बस्न निकै गाहारो भयो ।
गाउँमा बस्नुको कुनै अर्थ नमानी उनी साना छोराछोरीलाई लिएर रुपन्देही झरीन । भेटहुदा उनका अफन्त र छरछीमेकी उनीसगँ राम्रैसँग बोलीचाली गर्छन् । तर पछाडि भने त्यस्तो व्यवहार नगरेको उनको भनाई छ । सुरुमा एचआईभी पोजेटीभ भन्ने थाहा पाउदा जो कोहि पनि डराउने गरेको उनी बताउछिन् । समाजमा यस्तो व्यवहार गर्दा नराम्रो लाग्ने गरेको दुखेसो गर्छिन् । रुपन्देहीको भलुहीकी बसन्ती थापा( नाम परिवर्तन) पनि एचआईभी सक्रमित हुन् । उनी आफ्नो श्रीमानबाट सक्रमित भएकी हुन् । उनका श्रीमान्को २०६० सालमा एचआइभी एड्सको कारण मृत्यु भएको हो । जव श्रीमानको मृत्यु भयो, छरछिमेकी आफन्त रोग सर्ने डरले कोहि पनि नजिक पर्न डराए । डरलाग्दो रोग लागी मृत्यु भएको भन्दै सबैजना टाढा टाढा भाग्न थाले । श्रीमानको मृत्यु पछि गाउँटोलमा हुने विवाह व्रतवन्ध जस्ता सामाजिक कार्यक्रममा समेत एक्लाउन थाले । विगतका दिन सम्झदै उनि भन्छिन् ‘जव श्रीमानको मृत्यु भयो श्रीमान्को लास कसैले पनि उठाएनन् । रोग सर्ने डरले लास उठाउन समेत पछि सरे । अन्त्यमा मरेको लासलाई घर तथा गाउँमा राख्न नहुने भन्दै वल्ल तल्ल लास समाएर घाटमा लगे । ’ श्रीमान्को मृत्युपछि जव वसन्तीमा पनि एचआईभी सक्रमण देखियो ।
छिमेकीले जिवा्रे टोक्ने थाले । आउजाउ गर्न छोडे । यसले गर्दा समाज वस्न गाह्रो भएको छ । उनलाई समाजमा आफु एचआईभी सक्रमित महिला हो भनेर कसैले पनि नचिनिदिए हुन्थ्यो जस्तो लाग्छ । भन्छिन् ‘समाजमा नराम्रो काम गरेर लागेको रोग हो भन्ने गलत सामाजीक धारणले गर्दा एचआईभी सक्रिमीतलाई समाजमा खुलेर हिड्ने वातावरण छैन ।’ म्हिला भएका कारण झन् समस्या छ । श्रीमान्का कारण आफूले सजाय भोग्नुपर्दा उनी दुःखीत छिन् । तथ्यांक अनुसार रुपन्देही जिल्लामा एचआईभी संक्रमित ब्यक्तिहरुका संख्या सात सय २५ जना छन्। लुम्बिनी अञ्चल अस्पतालमा रहेको एआरबी सेन्टरबाट एक हजार दुई सय ४० जनाले नियमित औषधी सेवन गर्दै आएका छन् ।
केन्द्रमा औषधी सेवनकर्ता संख्या प्रत्येक महिना १२ जनाका दरले वृद्धि हुदै गएका छन् । नियमित उपचार सेवन गर्नेहरुमध्ये पुरुष ६ सय ३४, महिला ५ सय २५, तेस्रो लिङ्गी ७ तथा बालक ५५ र बालिका ३३ जना रहेका छन । केन्द्रमा रुपन्देहीसहित लुम्बिनी अञ्चलका पाच जिल्ला र छिमेकी जिल्लाहरुबाट पनि सेवाका लागी आउने गर्दछन । गतवर्ष १ सय ७९ जना संक्रमित थपिएका रुपन्देहीमा यसआर्थिक वर्षमा १ सय ६० जना संक्रमित थपिएको जिल्ला जनस्वस्थ्य कार्यालयका सुचना अधिकृत मोती पौडेलले बताए । रुपन्देहीमा रहेका संक्रमित महिलाहरुका बारेमा गरिएको एक अध्ययनले श्रीमानबाट संक्रमितको संख्या ८५ प्रतिशत रहेको देखाएको छ । संक्रमितमध्ये अधिकाश पुरुषको मृत्यु भएको छ भने श्रीमतिहरु आफना छोराछोरीको लालनपालनमा कठिनाई भएको छ । उनीहरुले घरपरिवार र समाजबाट समेत राम्रो व्यवहार पाएका छैनन् । जिल्ला एड्स समन्वय समितिले जिल्लामा विभिन्न संघसंस्थाहरुले गरेका कामहरुको तथ्याकलाई वार्षिक रुपमा संकलन गर्ने र यसको आधारमा बेलाबेलामा हुने कार्यक्रममा जानकारी दिने काम बाहेक थप कार्यक्रम गरेको बारे आफुहरुलाई जानकारी नभएको संक्रमितहरु बताउछन । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सरकारी क्षेत्रबाट एचआईभी संक्रमितहरुका लागी आर्थिक वर्ष ०७१÷०७२ मा कुनै रकम छुट्टिएन । त्यसको अघिल्लो वर्षपनि जम्मा १० हजार रकम छुट्टिएको थियो ।
रकम नै नभएकाले काम गर्न समस्या परेको जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकृत मोती पौडेलले बताए ।रुपन्देहीमा एचआईभी एड्सको रोकथामका लागी भन्दै २२ वटा संघसंस्थाहरु दर्ता छन् । यसमध्ये १८ वटा संघसंस्था क्रियाशिल छन् । यी संघसंस्थाहरुले सम्ुदायमा रहेर एचआईभी संक्रमितहरुको स्वास्थ्य, शिक्षा, रोजगार र बालबालिकाको सामाजिक भत्तामा सहयोग गर्दै आएका छन् । सबै एचआइमी महिला संक्रमीतहरुको पहुंच गैर सरकारी सस्थासम्म नपुग्दा अवसरबाट वञ्चीत रहेका छन् । राज्यले नै सहयोग नीति नल्याएसम्म संक्रमीत महिलाहरुको समस्या कम नहुने उनीहरुको बुझाइ छ । आवाज फिचर सेवा , संचारिका समूह, लुम्बिनीबाट ।